Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चितवन-२ मा रवि लामिछानेले दोब्बर मतले अग्रता लिए

हाम्रो कोशी आवाज
बैशाख ११ २०८०, सोमबार
चितवन-२ मा रवि लामिछानेले दोब्बर मतले अग्रता लिए

चितवन: चितवन -२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् ।
उपनिर्वाचनको जारी मतगणनाको प्रारम्भिक मत परिणाममा नेकपा एमालेका रामप्रसाद न्यौपानेले सुरुवाती अग्रता लिए पनि अहिले भने लामिछाने झण्डै दोब्बर मतले अघि लागेका हुन् ।
पछिल्लो मतपरिणाम अनुसार रास्वपाका सभापतिसमेत रहेका लामिछानेले ११५५ मत पाएका छन् । साथै एमालेका न्यौपानेले ६५५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका छन् । हाल इच्छाकामना गाउँपालिकाको हात्तीवङ र भार्लाङको मतगणना भइरहेको छ ।

प्रकाशित मिति: बैशाख ११ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend