Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पहिलो प्रयासमै सफलता, रविको पार्टीका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्ततरसहित तनहुँबाट निर्वाचित

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
पहिलो प्रयासमै सफलता, रविको पार्टीका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्ततरसहित तनहुँबाट निर्वाचित

धरानः तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्ले प्रतिनिधिसभा सदस्य विजयी भएका छन्। १० वैशाखमा भएको उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेका वाग्ले ३४ हजार ४८० मतसहित विजयी भएका हुन्।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।
त्यस्तै, नेकपा एमालेबाट उम्मेदवार बनेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरेका छन्। स्वर्णिमले यहाँ सुरुवातदेखि नै अग्रता लिएका थिए।
वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको औपचारिक घोषणा गरेका थिए। सोही दिन उनलाई रास्वपाले तनहुँ–१ बाट उम्मेदवार बनाएको थियो।
त्यस्तै राप्रपाकी शोभा गुरूङले २१८, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६, नागरिक उन्मुक्ति पार्टीका भिमबहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर रानाले ८७, नेमकिपाका रामप्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन्। कुलमतमा ११८१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएको छ।
रास्वपाका विजयी वाग्लेले गत मंसिर ४ मा कांग्रेसका विजयी उम्मेदवार रामचन्द्र पौडेलले भन्दा करिब १० हजार बढी मत पाएका हुन्। पौडेलले २५ हजार ३ सय ६१ मत ल्याएर विजयी भएका थिए। उनका निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार एकबहादुर रानामगरले १९ हजार ९ सय ८१ मत ल्याएका थिए।
त्यस्तै तेस्रो स्थानमा रहेका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए। त्यस्तै राप्रपाका उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४ सय ८४ मत ल्याएका थिए। राप्रपाले यसपटक ३ सय मत पनि कटाउन सकेन। निर्वाचित वाग्लेले कांग्रेसको भन्दा बढी एमालेबाट मत तानेका छन्। यसपटक एमालेको मत खस्केको छ।
गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend