Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सर्वसाधारणले किन लुकाउँदैछन् पैसा ?

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
सर्वसाधारणले किन लुकाउँदैछन् पैसा ?

–रुषा थापा

पछिल्लो समय बजारमा एउटा विषयले व्यापक चर्चा पाएको छ । त्यो हो, मुलुकमा सरकार छैन । केही समययता सहकारीमा व्यापक समस्या देखा परेको कुरा हामी सबैलाई थाहै छ । मुलुकभर सञ्चालित ३५ हजारभन्दा बढी सहकारी संघसंस्थामा २० खर्बभन्दा बढी रकम ९८ लाख बचतकर्ताको डुब्न पुगेको छ ।
रकम डुबेपछि अहिले यी बचतकर्ताहरु सुकुम्बासी हुनुपर्ने अवस्थामा पुगेका छन् । एउटै बचतकर्ताको एक लाखदेखि ९ करोडसम्म रकम एउटै सहकारीमा डुबेको छ । सहकारी संघसंस्थाहरुले बचतकर्ताको रकम फिर्ता नगरेपछि कति बचतकर्ता अस्पतालको बेडमा थलो परेका छन् भने कुनै मृत्युको दिन कुरेर बसिरहेका छन् ।
सहकारी संघसंस्थाका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले सजिलैसँग बचतकर्ताको रकम पचाइदिएका छन् । जताततै अहिले एउटै कुराको चर्चा छ, सहकारी भाग्यो, रकम फिर्ता गरेन । यता बचतकर्ताहरुलाई रातमा निन्द्रा कि दिनमा भोक भइरहेको छ ।
सहकारीले रकम फिर्ता नगरेपछि कति बचतकर्ताहरु उपचारबाट वञ्चित भएका छन् भने कतिको बालबच्चा शिक्षाबाट । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीलाई कानूनको दायरमा ल्याउन कुनै पहल गर्दिनन् ।
मन्त्री श्रेष्ठको अहिले सुकुम्बासीको नाममा हुकुम्बासीलाई सरकारी जग्गा बाड्ने र खेतीयोग्य जमिन खण्डीकरण गरी भूमाफियासँग कमिशन खाने काम भइरहेको छ । केही दिनअघि सरकारले जग्गाको कित्ताकाट खुल्ला गप्यो । तर, त्यसमा पनि मन्त्री श्रेष्ठले जग्गा माफियासँग ठुलो आर्थिक लेनदेन गरेको कुरा सुनिन्छ ।
मुलुकमा खेतीयोग्य जमिन सबै सक्किसकेको छ । अब केही समयपछि मुलुकमा भोकमारी निम्तिनेछ । तर मन्त्री श्रेष्ठलाई देश र जनताको मतलब नभई कमिशनको चासो छ । त्यस्तै, सहकारी विभागका महानिर्देशक नवराज घिमिरे सहकारी संघसंस्थाहरुले बचतकर्ताको बिल्लीबाँठ बनाउँदा पनि केही चासो छैन ।
राजधानीको मिनभवनस्थित सहकारी विभागमा दिनहुँ हजारौँ बचतकर्ता सहकारीले आफ्नो रकम फिर्ता नगरेको गुनासो लिँदै पुग्छन् । तर, महानिर्देशक घिमिरेलाई त्यसप्रति कुनै चासो छैन । अहिले सार्वजनिक सवारीसाधन, चौतारा, चिसा पसललगायतमा सहकारीहरुले यत्रो बचतकर्ताको बिजोग बनाउँदा पनि सम्बन्धित निकाय मौन रहेको भन्दे बहस चल्छ ।
९५ प्रतिशत सहकारी संघसंस्थाको कार्यालय बन्द भइसकेको छ । बाहिर बोर्ड झुण्डिए पनि भित्र महिनौं दिनदेखि कार्यालय बन्द हुन्छ । यता सञ्चालनमा रहेका सहकारीहरुका अध्यक्ष, सञ्चालक र कर्मचारीहरु पनि कार्यालय आउन छोडिसकेका छन् ।
केही बचतकर्ताले सहकारी डुब्ने खबर पाउनासाथ राजनीतिक आडमा वा गुण्डा लगाएर आफ्नो बचत निकाले । तर, जो बचतकर्ताको पहुँच थिएन, उसको बचत पनि डुब्यो । यता रकम फिर्ता नगरेपछि कति बचतकर्ताले सहकारीमा भएको सरसामानहरु उठाए ।
अहिले कति सहकारीका अध्यक्ष, सञ्चालकहरु बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि वा घर भाडा तिर्न नसकेपछि बचतकर्ताले कालोमोटो ढल्ने डरले वा गुण्डा लगाएर कुटपिट गर्ने डरले भागिभागि हिड्छन् । केही दिन अघि भक्तपुरको गठ्ठघरमा एउटा सहकारीको सञ्चालकलाई बचतकर्ताले कालोमाटो ढलेर जुत्ताको माला लगाइदिएको समाचार बाहिरियो ।
यो त उदाहरण मात्र हो । अब रकम फिर्ता नपाएपछि बचतकर्ताहरु सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीमाथि खनिनेछन् । पछिल्लो समय सहकारीमा व्यापारीदेखि सर्वसाधारण जनता सम्मले रकम जम्मा गर्न छोडिसकेका छन् । सहकारीमा पैसा निकाल्नेको त लाम छ तर राख्ने कोही छैन । बच्चादेखि बुढोसम्मले सहकारीलाई चोर र ठग भन्छ ।
सहकारीमा यत्रो बचतकर्ताको यतिधेरै रकम डुब्दा समेत विज्ञापन बोर्ड मौन रह्यो । बोर्डले सहकारीमा अब रकम नराख्नुस् भनेर सर्वसाधारणलाई सचेत गराएन । त्यस्तै, सहकारी विभाग, गाउँपालिका, नगरपालिका, महानगरपालिका आदिले पनि सचेत गराएन ।
सहकारी भाग्न थालेको वा डुब्न लागेको करिब डेढ वर्ष भइसकेको छ र डेढ वर्षदेखि बचतकर्ताको घरमा रुवाबाँसी नै चलिरहेको छ । यता हामी भाग्दैनौँ, हाम्रो आफ्रनै भवन छ भन्ने सहकारीहरु झन् रातारात फरार हुन पुगे ।
सहकारीकै जस्तो अवस्था अहिले बैंकमा पनि देखिन थालेको छ । त्यसैले, अब केही महिनाभित्रै कति बैंक भाग्नेछन् न कति बन्द हुनेछन् । सहकारीमा करोड रकम भएका बचतकर्ताहरु माग्न जाँदा सय रुपैयाँ फिर्ता नगरेको बताउँछन् ।
त्यसैगरी, बैंकमा पनि एक लाखको चेक लिएर गएको अवस्थामा २० हजार लिएर जानुस् भनिन्छ । अहिले नै बैंकमा बचत गर्नेभन्दा बचत निकाल्नेको लाम लागिसकेको छ । बैंक तथा वित्तिय संस्था टाट पल्टिको कुरा सर्वसाधारणको कान कानमा पुगेको छ ।
आफुसँग भएको रकम घरमै लुकाउन सुरु भइसकेको छ भने बैंक तथा वित्तिय संस्थामा भएको रकम धमाधम निकाल्न थालिसकेको छ । सरकारी मूल्य आनाको ५ हजार भएको खेतीयोग्य जमिनलाई जग्गा दलालीहरुले खण्डीकरण गरेर आनाकै ७० लाखमा बेचे ।
यता बैंकले सय रुपैयाँमा निष्काश गरेको सेयर दलालीहरुले ३२ हजार कित्तामा बेचे त भारतमा ५ लाख मूल्य पर्ने गाडी यहाँ गाडी बेच्ने कम्पनीले २० लाखमा बेचिदिए । फेरि बैंक तथा वित्तिय संस्थाहरुले घुस खाएर आँखा चिम्लेर यी क्षेत्रमा लगानी गरे । अहिले यी क्षेत्रमा मन्दी आएको कारण दुई वर्षअघि ७० लाख आनामा किनेको जग्गा त्यसको आधा मूल्यमा बिक्री हुदैँन ।
३२ सयमा किनेको सेयर अहिले हजार रुपैयाँमा बिक्री हुदैँन त २० लाखमा किनेको गाडी ५ लाखमा बिक्दैँन । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहनेहरु यत्तिकै छन् तर किन्ने कोही छैन । बैंकm तथा वित्तिय संस्थामा भएको बचतकर्ताको ९८ प्रतिशत कर्जा लगानी यीनै क्षेत्रमा रहेको छ ।
यता बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिने ऋणीहरुले एक वर्षदेखि साँवाब्याज तिरेका छैनन् । एक वर्ष अगाडि दुई करोड मूल्य पर्ने घरजग्गालाई बैंक तथा वित्तिय संस्थाले १० लाख घुस खाएर २ प्रतिशत सेवाशुल्क लिएर १८ देखि ४८ प्रतिशत ब्याजमा कर्जा लगानी गप्यो ।
तर, अहिले दुई करोड मूल्य पर्ने घरजग्गा त्यसको आधा मूल्यमा आयो तर बैंकको लोन बढेर डेढ करोड पुग्यो । त्यसैगरी, एक कित्ता सेयरको ३२ सय पुगेको बेला त्यँही सेयर धितो राखेर बैंकले २५ सय कर्जा प्रवाह गप्यो । २५ सयको साँवाब्याज नतिर्दा ३५ सय पुग्यो तर सेयर भने १५ सयमा आइपुग्यो ।
२० लाख मूल्य बराबरको गाडी रोक्का गरेर बैंक तथा वित्तिय संस्थाले १५ लाख कर्जा प्रवाह गप्यो । १५ लाखको साँवाब्याज नतिर्दा १८ लाख पुग्यो तर गाडी ५ लाखमा झप्यो । पछिल्लो समय सहकारी भाग्नु तथा डुब्नुको कारण पनि यही नै हो र अब डुब्ने पालो र भाग्ने पालो बैंकको हो ।
बैंकहरु पनि डुबिसकेको कुरा अहिले सबैले थाहा पाइसकेको छ । त्यसैले, अहिले बाँठाटाँठा बचतले बैंकबाट आफ्नो निक्षेप भटाभट निकालेका छन् । कति बैंकहरु घाटामा गएकोले अहिले उनीहरुले धमाधम आफ्नो शाखा बन्द गरेका छन् । त्यस्तै, बैंकहरुले लिलाम गरेको घरजग्गा, गाडी र सेयर किन्ने पनि अहिले कोही छैन । ब्याजको प्रलोभनमा सहकारीमा रकम राख्दा धेरै बचतकर्ताहरु सुकुम्बासी हुनुपर्ने अवस्थामा पुगे त धेरैको रुवाबाँस भयो ।
त्यसरी नै ब्याजको प्रलोभनमा बैंकमा रकम जम्मा गरेका बचतकर्ताहरुको पनि उठीबाँस लाग्ने छ । सर्वसाधारण जनताले आफुसँग भएको रकम आआफ्नो घरमा लुकाइसकेका छन् । जसले गर्दा बजारमा पैसाको हाहाकार छ । व्यापार व्यवसायदेखि हरेक क्षेत्रमा अहिले मन्दी छाएको छ ।
एक वर्षअघि दिनमा लाखौँको व्यापार गर्ने व्यापारीहरु अहिले हजारको व्यापार नहुने गुनासो गर्छन् । त्यस्तै, मालपोत र यातायात कार्यालयमा पनि सुनसान छ । मानौ, घरजग्गा र गाडीबाट मानिसहरु अगाइसकेका छन् । बजारमा खाद्यान्नको मूल्य हवात्तै बढेको छ भने घरजग्गा, गाडी र सेयरको मूल्य घटेको छ ।
यसरी आफ्नो घर चलाउन नसक्नेहरुलाई मुलुक चलाउने कुर्सीमा पुप्याउँदा आज देशको अर्थतन्त्र ड्यामाडुल हुन पुग्यो । हजार र पाँच सयको नोट प्रतिबन्भ लगाई दुई हजारको नयाँ नोट निकाल्नुपर्छ भनेर सर्वसाधारणले वर्षोदेखि आवाज उठाउदैँ आएका छन् । तर, यसप्रति अर्थमन्त्री, गर्भनर र प्रधानमन्त्री कसैको ध्यान जादैँन ।
नेपालमा व्यापार व्यवसाय गर्नेहरुले सबै रकम विदेश लगिसके त कति आफ्नो घरमा लुकाइसके । मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुग्दा अर्थमन्त्री, गर्भनर र प्रधानमन्त्री ढुक्क साथ बसेका छन् । ज्ञान वा अनुभव नभएको व्यक्तिहरुलाई मुलुक चलाउने कुर्सीमा बसाउँदा मुलुकको अस्तित्व नै संकत पर्छ भन्ने कुरा अहिले स्पष्ट भएको छ । साथै, अब बचतकर्ता वा सर्वसाधारणले बैंक तथा वित्तिय संस्थामा रकम राख्नुहुदैँन ।

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend