Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रवि लामिछानेले भने- आफू थप जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ

हाम्रो कोशी आवाज
बैशाख १२ २०८०, मंगलबार
रवि लामिछानेले भने- आफू थप जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ

धरानःनवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले सुशासनको ‘एजेन्डा’मा टेकेर समृद्धिको बाटो तय गर्ने बताएका छन् ।
चितवन क्षेत्र नं २ बाट पुनः निर्वाचित भएपछि प्रतिक्रिया दिंँदै आम नागरिकका अपेक्षा भनेको मौलाएको भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्ने पाएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेले सुशासनको आशा सबैभन्दा बढी गरिएको बताउँदै भने, ‘मेरो प्रमुख एजेन्डा सुशासन नै हो ।’
यही अपेक्षालाई आफूले शिरोपर गरेको उनको भनाइ छ। उनले भने, ‘यही अपेक्षालाई आम जनताले अनुमोदन गरेको मैले महसुस गरेको छु ।’ पहिलेको भन्दा धेरै मतका साथ विजयी हुँदै गर्दा जिम्मेवारी थपिएको भन्दै लामिछानेले राजनीतिक निर्णय गर्दा आफू थप जिम्मेवार भएर सोचेर गर्नुपर्ने अवस्थामा आएको बता‍ए ।
‘ठूला राजनीतिक निर्णय गर्दा आफू जिम्मेवार भएर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ। यसलाई जिम्मेवारीका साथ लिनेछु’, उनले भने । -रासस

प्रकाशित मिति: बैशाख १२ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend