Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही

हाम्रो कोशी आवाज
बैशाख १४ २०८०, बिहिबार
अब विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही

धरानः विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड, २०७७ बमोजिम त्यस्ता नागरिकको अनिवार्य निःशुल्क उपचार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।
मापदण्डको दफा ७० ‘घ’ अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत विपन्न तथा असहाय नागरिकका लागि छुट्ट्याउनुपर्ने हुन्छ । उनीहरूको निःशुल्क उपचार गर्नुपर्ने व्यवस्था छ ।
सो मापदण्डबमोजिम नगर्नेे सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई कारबाहीको दायरामा ल्याइने मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति: बैशाख १४ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend