धरानः अब नेपालमै उत्पादन भएका सवारी साधन दर्ता गर्न मिल्ने भएको छ ।
यातायात व्यवस्था विभागले यातायात व्यवस्था कार्यविधि २०६० लाई संशोधन तथा थप गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै स्वदेशमै उत्पादन भएका र एसेम्बल गरिएका सवारीसाधनलाई पनि दर्ता गर्ने बाटो खुला गरेको जानकारी दिएको हो । यो व्यवस्थासँगै अब विदेशबाट पाटपुर्जा ल्याएर नेपालमै एसेम्बलिङ गरी तयार सावरीले पनि नेपालमा दर्ता पाउने छ ।