Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाँडा किन्ने बहाना छिरेका झापाका विनोदले गरेका थिए निराको हत्या

हाम्रो कोशी आवाज
बैशाख १७ २०८०, आइतबार
भाँडा किन्ने बहाना छिरेका झापाका विनोदले गरेका थिए निराको हत्या

धरानः सरस्वतीनगरकी निरा आचार्यको हत्यामा संलग्न झापाका विनोद विश्वकर्मालाई आज प्रहरीले सार्वजनिक गरेको छ।
विश्वकर्मालाई सार्वजनिक गरेको प्रहरीले घटना उनी एक्लैले घटाएको जानकारी पत्रकार सम्मेलनमार्फत दिएको हो।
प्रहरीका अनुसार घटनाको दिन विनोद सात बजे बस चढेर केएल टावर चाबहिल पुगेका थिए। त्यसपछि उनी निराको पसल पुगेको प्रहरीको भनाइ छ।
पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले घटना घटाउनु अघि अभियूक्तले भाँडा किन्न मोलमोलाइ गरेको र त्यसपछि पैसा ल्याउने भन्दै निस्केका थिए।
पसलबाट निस्केको १०-१५ मिनेटपछि पसल फर्किएका उनले २ बजेर ४४ मिनेटमा आचार्य हमला गरेका थिए। उनले पसलमा बिक्रीका लागि राखेको चक्कुले नै आक्रमण गरेका थिए।
घटना घटाएपछि विश्वकर्मा त्यही लुगा फेरेर टेम्पु चढि निस्केका थिए। सोक्रममा उनले निरीको साथबाट एक तोलाको सिक्री र पसलमा भएको ११-१२ सय रूपैयाँ लुटेका थिए।
प्रहरी समक्ष उनले आफ्नो अपराध स्वीकार गरेका छन्। उनले ऋण लागेकाले लुटपाट गरेको बयान दिएका छन्।
प्रहरीले अनुसन्धानका क्रममा विश्वकर्माको विवाहइत्तर सम्बन्ध भएको खुलेको पनि जनाए।
हत्या आरोपी विश्वकर्मा झापाको एक क्यासिनोमा काम गर्थे। सोही क्रममा जुवाको लत बसेपछि उनलाई ३ लाख रूपैयाँ ऋण लागेको थियो। त्यसपछि काठमाडौं आएका उनी एक नाइट क्लबमा बाउन्सरको काम गर्थे।
प्रहरीले विनोदको मृतकसँग कुनै व्यक्तिगत चिनाजानी नभएको बताएको छ।
उनी हत्या गरेको ६ दिनसम्म काठमाडौंमै बसेको जानकारी पनि प्रहरीले दिएको छ।

प्रकाशित मिति: बैशाख १७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend