Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चुनाव भएका एक वर्षः राज्यको ढुकुटीमा ‘साप’ बने प्रतिनिधि, हात लागेन उपलब्धि

अनुषा थापा
बैशाख २० २०८०, बुधबार
चुनाव भएका एक वर्षः राज्यको ढुकुटीमा ‘साप’ बने प्रतिनिधि, हात लागेन उपलब्धि

स्थानीय चुनाव सम्पन्न भएको झण्डै एक वर्ष हुन लागिसकेको छ । आगामी जेठ ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन भएको पनि ६ महिना हुन्छ । अर्बौं रुपैयाँ खर्च गरेर निर्वाचन आयोगले चुनाव गरायो । तर, यतिबेला आएर जनताले तिरेको कर वालुवामा पानी हालेझैं महसुश हुन थालेको छ । स्थानीय सरकारबाट पाउनुपर्ने सेवासुविधाबाट आम नागरिक वञ्चित छन् । यता, सांसद्हरुले पनि ऐनकानुन बनाउनमा चासो देखाएका छैनन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको पदभार सम्हालेको १२९ दिन भयो ।
यद्यपि, उनले सिन्कोसमेत भाँचेनन् । सदन चलेको ११० दिन भयो । सोहो अवधिमा एउटा ऐनकानुनसमेत बन्न सकेन् । माथिल्लो सदनले निजी संघसंस्थामा बस्नेहरुको सम्पत्ति छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने विधेयक पारित गरेको थियो । तर, व्यवसायीले दबाब दिएपछि प्रधानमन्त्री दाहाल नै पछि हट्ने देखिएका छन् । सरकारले उक्त ऐन पारित गर्न २०७६ सालमा सदनमा दर्ता गरेको थियो । तर, विभिन्न व्यवसायीको दबाबमा आएर सरकारले यसलाई पाखा लगाउँदै आएको थियो ।
बल्लतल्ल सदनसम्म पुगेको थियो । माथिल्लो सदनले पारित गरेको पनि खारेज गर्नुपर्ने स्थिति सिर्जना भएको छ । यत्रो दिनसम्म एउटा विधेयकसम्म पारित गर्न नसक्ने, ऐनकानुन बनाउन नसक्ने सांसद्हरुलाई जनताले कसरी हेर्ने ? कहिले सांसद्को उपस्थिति पुग्दैन्, विधेयक रोकिन्छ । सांसद् नआएपछि कतिपटक त बैठक नै स्थगित गर्नुपर्यो । सदनमै नआउने हो र ऐनकानुन नबनाउने हो भने सांसद् किन चाहियो ? सांसद्को काम जनताले तिरेको करबाट तलबभत्ता खाने र सरकारी सेवासुविधा लिने मात्र हो ?
आफ्नो जिम्मेवारी निष्ठापुर्वक निर्वाह गर्नुपर्दैन् ? एउटा ऐन पनि पारित नगरीकन तलबभत्ता खाने सांसद्लाई जनतालाई के भन्ने ? सरकारको ढुकुटीबाट खर्च भयो तर उपलब्धि पाइएन् । ऐनकानुन बनेन् भनेर सांसद्ले तलबभत्ता नलिएका होइनन् । बैठक भत्ता पनि खाए, सरकारी गाडी पनि चढे । सभामुख पनि असफल भए । एउटा पनि कानुन बनाउन नसक्ने सभामुखको के काम ? सांसद्ले मात्र होइनन्, सभामुखले पनि राज्यको ढुकुटी रित्याउनुबाहेक कुनै काम गरेनन् ।
जनताले तिरेको कर फोगट्टे खेर गयो । यता, प्रचण्ड सरकारले पनि केही उपलब्धि हात पार्न सकेन् । यत्रा दिनमा जनता र राष्ट्रको हितमा एउटा पनि काम भएको छैन् । कहिले एमाले त कहिले कांग्रेससंग मिलेर सरकार बनाउनमै प्रचण्ड व्यस्त छन् । अरु के गरुन् ? उनको सरकारमा भएका मन्त्रीहरु पनि त्यस्तै छन् । रामचन्द्र पौडेल राष्ट्रपति भएको दुई महिना हुन लाग्यो । यो अवधिमा उनले के काम गरे ?
मन्दिर दर्शन गर्दै एक महिना बित्यो । अर्को महिना भारतमा गएर उपचार गर्दै ठिक्क भयो । उपचार खर्च आफैंले व्यहोर्छु भनेर घोषणा गरेका पौडेलले तलबभत्ता त लिन्छन् । उनले काम नै गरेका छैनन् भने तलबभत्ता केका आधारमा दिने ? उनले पनि राज्यको ढुकुटी दोहन गर्ने काम गरेका छन् । उपचार खर्च त आफैंले व्यहोर्लान् । तर, अन्य खर्चचाँहि कसले व्यहोर्छ ? त्यहाँ जाँदा उनले सुरक्षाकर्मीसंगै अन्य थुप्रै कर्मचारी लगेका थिए । तिनको खर्चचाँहि कसले दिन्छ ?
भूपू राष्ट्रपति, मन्त्री, सभामुखलगायतले अहिले पनि तलबभत्ता लिइरहेका छन् । पदमा बस्दा त केही गर्न नसकेकालाई भूपू भइसकेपछि पनि तलबभत्तालगायत अन्य सरकारी सेवासुविधा दिनुपर्ने कस्तो नियम हो ? पदमा हुँदा काम नगरेर भ्रष्ट्राचार गर्नेहरुलाई किन दिने तलबभत्ता ? प्रदेशमा यत्रो सांसद् छन् । मुख्यमन्त्री, विभागीय मन्त्री छन् । तर, यिनीहरुले के चाँहि प्रगति गरे ? कँहीकतै विकास भएको देखिँदैन् । प्रदेशको अवस्था केन्द्रभन्दा पनि शिथिल छ ।
त्यहाँ पनि एउटा नीतिनियम बन्न सकेको छैन् । बेकारमा यत्रा प्रदेश सांसद् पाल्नुपरेको छ । ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिसमेत जनतामाथि थुप्रो बनेका छन् । मेयर, वडाध्यक्षलगायतले पनि तलब खाइरहेका छन् । भत्ता लिइरहेका छन् । यिनीहरुले त लिए लिए, राजाले समेत छोडेनन् । राजतन्त्र सिद्धिएको यत्रो वर्ष बितिसक्यो । तर, राजा जनतामाथि नै बोझ बनेका छन् । राजा पाल्नुपर्ने जिम्मा पनि जनतामाथि नै आइपरेको छ । मुलुकको हरेक सरकारी निकायमा बस्नेहरु राज्यको ढुकुटीमा ‘साप’ बनेका छन् ।
जनताले सकीनसकी जसरी भएपनि यिनीहरुको आवश्यकता पूरा गरेका छन् । तर, यिनले जनतालाई त्यसको नतिजा दिन सकेका छैनन् । संघीयता आएपछि सरकार झनै कमजोर हुँदै गइरहेको छ । विकासमा खर्च हुनुपर्ने बजेट सबै सांसद् र जनप्रतिनिधिहरुको असीमित आवश्यकता भर्पाइ गर्दै सकिएको छ । ‘गाउँगाउँमा सिंहदरबार’ भन्ने नारासहित स्थानीय तहको घोषणा गरियो । सबै अधिकार स्थानीय तहलाई दिइएको छ । यद्यपि, स्थानीय तह नै जनतामाथि भारी बन्न पुगेका छन् ।
स्थानीय तहले आफ्नो आवश्यकता आफैंले परिपूर्ति गर्न सक्नुपर्थ्यो । तर, त्यो हुन सकेको छैन् । राजस्व उठाउनतर्फ स्थानीय तह शुन्य छ । व्यापार व्यवसाय सञ्चालन गर्नेहरुबाट स्थानीय तहले राजस्व उठाउन सकेको छैन् । कतिपयले दर्ता बिनै पसल सञ्चालन गरेका छन् । यस्तालाई नियमन गरेर कानुनको दायरामा ल्याउन पनि स्थानीय सरकार असफल बनेको छ । आफ्नो कार्यक्षेत्रभित्र कति घर भाडामा लगाइएको छ ? यसको विवरण स्थानीय सरकारसंग छैन् ।
घरधनीहरुले राजस्व तिरेका छन् कि छैनन् ? जनप्रतिनिधिहरुलाई चासो छैन् । अधिकांश स्थानीय पालिकाका सरकारी, गुठी तथा सार्वजनिक जग्गा व्यक्तिको नाममा गइसकेको छ । त्यसलाई फिर्ता ल्याउन र ऐनकानुनविपरीत चल्नेलाई कानुनको कठघरामा उभिनसमेत जनप्रतिनिधिहरु असफल बनेका छन् । वास्तविक रुपमा भन्ने हो भने जनप्रतिनिधिहरु ‘निकम्मा’ छन् । यिनीहरु राज्यको ढुकुटी सखाप पार्न र भ्रष्ट्राचार गर्न मात्र आएका हुन् । घरजग्गा दलालीलाई जनप्रतिनिधि बनाउँदा पनि यो अवस्था सिर्जना भएको हो ।
जनप्रतिनिधिहरु वडा र नगरपालिकाको काममा नभई जग्गा प्लानिङ गर्नतर्फ व्यस्त छन् । यस्ता जनप्रतिनिधिले स्थानीय पालिकाको अनुहार फेर्छन् ? जनताले यस्ता नालायक जनप्रतिनिधिबाट सेवासुविधाको अपेक्षा गर्नु नै गलत छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले काम गर्न खोज्दा पनि कँहीकतैबाट साथ पाएनन् । थप खुट्टा तान्ने काम भयो । पाँच दशकदेखि कसैले हटाउन नसकेको फुटपाथ हटाएर देखाए । सुकुम्बासी हटाउन दुई पटक डोजर लिएर पुगे ।
तर, शेरबहादुर देउवा र पुष्पकमल दाहाल दुवैको सरकारले साथ सहयोग दिएन् । विपक्षी दलको सांसद् केपी शर्मा ओली एकदिन पनि सदनमा उपस्थित भएका छैनन् । उनले विपक्षी दलको भूमिकासमेत निर्वाह गर्न सकेका छैन् । बाहिर बस्ने अनि ‘वाहियात’ कुरा गर्ने । विपक्षी दलको भूमिकाबारे उनलाई जानकारी रहेनछ क्यारे । विपक्षी दलले सत्ता दललाई घुँडा टेकाउन सक्नुपर्छ । दरो भएर सदनमा उपस्थित हुनुपर्छ । तर, उनी आफैं भागिभागि हिँडेका छन् ।
अहिले ओलीले भन्दै आएका छन्, ‘यही सरकार रह्यो भने देशको अर्थतन्त्र टाँट पल्टिन्छ ।’ अर्थतन्त्र जोगाउन त आफूले के गरेको छु भनेर पहिला हेर्नुपर्यो नि । आफूचाँहि के नगर्ने अनि अरुमाथि हिलो छ्यापेर मात्रै हुन्छ । म सदनमा उपस्थित भएको छैन्, मैले काम गरेको छैन् भनेर उनले सोचेका छन् ? के आधारमा आफूले तलबभत्ता लिइरहेको छु ? भनेर सोच्न त सक्ने व्यक्ति विपक्षी दलको नेता । बोल्न पनि लाज लाग्नुपर्ने हो, यिनलाई । दुई पटक प्रधानमन्त्री भइसकेको व्यक्तिलाई के बोल्नुपर्छ भन्ने त थाहा छैन् भन्ने त्यस्ताबाट के अपेक्षा गर्ने ?
कहिले महिलाको बारेमा जथाभावी बोल्छन् त कहिले राजालाई गाली गर्छन् । मंसिर ४ अघि ओलीले भन्थे,‘देउवा सरकारले देश डुबायो । देश श्रीलंका भइसक्यो । पेन्सन र तलब दिन नसक्ने अवस्थामा देश पुगिसक्यो । अर्थतन्त्र जोगाउन पनि जनताले हामीलाई सरकारमा पठाउँछन् ।’ चुनावमा कांग्रेसले ८९, एमालेले ७८ र माओवादीले ३२ सीट पायो । सरकारमा जान बहुमत नपुगेपछि ओलीले पाँच दललाई फुटाएर प्रचण्डलाई आफ्नो पोल्टामा ल्याए । एमाले ६२ दिन सरकारमा बस्यो ।
त्यतिबेला चाँहि देश सकिएन् । सो अवधिचाँहि देशको अवस्था ठिकठाक थियो होइन् ? नौटंकी गर्ने पनि हद हुन्छ नि । अहिले सरकारबाट हटेपछि ओली देश सकियो । श्रीलंका बन्यो भनेर कराउँदै हिँडेका छन् । तीनै तहको सरकारले केही काम गरेको छैन् । जनताको आम्दानीको स्रोत छैन् । व्यापार व्यवसाय चौपट बनिसकेको छ । अझैपनि सरकारमा बस्नेहरुको चेत नखुल्ने हो देश सखाप हुन बेर लाग्दैन् । त्यसैले बेलैमा सचेत हौं । नभए यसले ठूलै क्षति निम्त्याउन सक्छ ।

प्रकाशित मिति: बैशाख २० २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend