Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

साकेला गीत सार्वजनिक (भिडियोसहित)

हाम्रो कोशी आवाज
बैशाख २२ २०८०, शुक्रबार
साकेला गीत सार्वजनिक (भिडियोसहित)

धरानः युवा गायक नारायण राई, मन्दिप राई, गायिका मनमावी राई र रश्मी राईको युगल आवाजमा रहेको ‘विनायो मुर्चुङ्गा’ साकेला गीत किराती उभौली साकेला चाडको अवसरमा सार्वजनिक गरिएको छ ।
किरात राई यायोक्खा मकाउका अध्यक्ष तथा समाजसेवी गीतकार मंगल राई ‘साइला’ को शब्द रचना रहेको किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषयवस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत गीतकार राईको ‘सुम्निमा–पारुहाङ म्युजिक’ युटुव च्यानल मार्फत् सार्वजनिक गरिएको हो ।
युवा संगीतकार प्रियजन राईले संगीत भरेका गीत बलराम समालले ऐरेन्ज, राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका गीत स्टुडियो किङमा सुरेश राई र मनोज सामसोङ राईले रेकर्डिङ गरेका हुन् । सार्वजनिक साकेला गीतको छायाङ्कन विरान तिलुङ र ड्रोनमा विकास दहाल, प्रकाशमा समीर स्याङबो, इडिट–कलरमा दुर्गा बान्तावा राई, कोरियो ग्राफरमा देवु राई, निर्देशनमा प्रियजन राईले गरेका हुन् ।
कलाकारहरुमा राजु राई, लिकुहाङ राई, सन्देश राई, सुमिरन राई, सञ्जु राई, सिमरन राई, अंग राई, इन्द्र राई, सन्तोष राई, प्रविना राई, तेवा राई, अलिना राई, समीर राई, हरी चन्द्र राई, आइशा राई, जेनी राई, योगेन्द्र राई, शेषकुमार राई, मनिष राज श्रेष्ठ, रुपा जर्गा मगर र जसु श्रेष्ठ रहेका छन् । गीतकार राईले राजबल राई, दुर्गा बान्तावा राई, वीरबहादुर राई, शान्तीदेवी राई, नान थापा, चित्र कार्की, नवराज कटुवाल र उदयपुरे चाम्लिङ परिवारलाई विशेष आभार व्यक्त गरेका छन् ।

प्रकाशित मिति: बैशाख २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend