Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कक्षा १२ को परीक्षा भोलिदेखि, तयारी पूरा

हाम्रो कोशी आवाज
बैशाख २५ २०८०, सोमबार
कक्षा १२ को परीक्षा भोलिदेखि, तयारी पूरा

धरानः मङ्गलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रूपमा परीक्षा सम्पन्न गर्न सबैमा आग्रह गरे ।
कक्षा १२ को यस वर्षको वार्षिक परीक्षामा देशभरबाट कुल ४ लाख ६७ हजार ३८९ विद्यार्थीले परीक्षा दिन लागेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाका लागि देशभर १ हजार ४ सय ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाका लागि केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्ष, निरीक्षक र सहायक निरीक्षक नियुक्त गरी परीक्षाका लागि परिचालन गरिएको शर्माले जानकारी दिए । ‘परीक्षाका लागि आवश्यक सामग्री जिल्लाजिल्लामा पुर्‍याइसकिएको छ’, शर्माले भने ।
यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी हुने भएका छन् । उनीहरूले जति विषयमा कम नम्बर आएको थियो, सोही विषयको मात्र ग्रेड वृद्धि परीक्षा दिनुपर्नेछ ।
तीन वा सोभन्दा बढी विषयमा ‘ननग्रेडेड’ ल्याएका विद्यार्थीले यो वर्ष पूरै विषयको परीक्षा दिनुपर्ने भन्दै ६ विषयकै परीक्षा फारम भरिए पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गरेसँगै अब ननग्रेडेड ल्याएका विषयको मात्रै परीक्षा दिए पुग्ने भएको छ ।
बोर्डले लागू गरेको लेटर ग्रेडिङ प्रणालीअनुसार दुईभन्दा बढी विषयमा ननग्रेडेड ल्याएका विद्यार्थीले पूरै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । यसो गर्दा गत वर्ष भएको ग्रेड वृद्धि परीक्षामा विद्यार्थीको सहभागिता घटेर ड्रप आउट हुने सम्भावना भएपछि मन्त्रालयले निर्देशिका संशोधन गरेको थियो ।

प्रकाशित मिति: बैशाख २५ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend