Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

हाम्रो कोशी आवाज
बैशाख २७ २०८०, बुधबार
राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित

धरान: राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिध सभा बैठक स्थगित भएको छ। बुधबार प्रतिनिधि सभा बैठक सुरु हुनेबित्तिकै राप्रपा सांसद्‌हरुले उठेर विरोध जनाएका थिए।
भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर ठगी गरेको प्रकरणमा संसद्‌मा आवाज उठाउन पाउनुपर्ने भन्दै राप्रपा अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले सभामुखको ध्यानाकर्षण गराएका थिए।
तर सभामुख देवराज घिमिरेले प्रि–बजेट छलफल बाहेक संसद्‌मा अहिले अन्य विषय प्रवेश नगराउने सहमति भएको भन्दै निर्धारित कार्यसूचीअनुसार संसद् बैठक अगाडि बढाउन खोजेपछि राप्रपा सांसदहरुले अवरोध सिर्जना गरेका थिए।
राप्रपाका सांसद्‌हरुले वेल घेराउसहित अवरोधपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रकाशित मिति: बैशाख २७ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend