धरानः अब कक्षा-१२ तीन वर्षमै उत्तीर्ण हुनुपर्ने नियम लागू गरिने भएको छ । लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो ।
नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने भएका छन् ।
निर्देशिकाको दफा ७ मा भनिएको छ–नियमित वा ग्रेडवृद्धि परीक्षामा तोकिएको ग्रेड प्राप्त गर्न नकेका परीक्षार्थीले जुन विषयमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेको हो, सोही विषयमा मात्र तीन वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् ।’
राष्ट्रिय परीक्षा बोर्डले यसैवर्ष २०८० को कक्षा–१२ को परीक्षाबाटै सो नियम कार्यान्वयन गर्न विद्यालयहरुलाई निर्देशन दिइसकेको छ । यसअघि, कक्षा–१२ को ग्रेडवृद्धिका लागि पाँच पटकसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो ।