Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै कैदीको पोसाकमा नेविसंघको प्रदर्शन

हाम्रो कोशी आवाज
बैशाख ३१ २०८०, आइतबार
भ्रष्टाचारीलाई कारवाहीको माग गर्दै कैदीको पोसाकमा नेविसंघको प्रदर्शन

काठमाडौं: नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई निलम्बन गर्न नेविसंघले दबाब सुरु गरेको छ ।
पार्टी पदाधिकारीले पूर्व गृहमन्त्री समेत रहेका केन्द्रीय सदस्यलाई निलम्बनका लागि दबाब दिँदा ‘पक्राउ पर्दैमा अपराधी भन्न नमिल्ने’ जवाफ दिएका देउवामाथि भातृ संगठनले दबाब सुरु गरेको हो ।
आइतबार नेविसंघ त्रिचन्द्र क्याम्पस एकाइले कैदीको पोसाकमा सडकमै प्रदर्शन गरेर नक्कली भुटानी शरणार्थी प्रकरणमा छानविनका लागि सबै तह र तप्काबाट सहयोग गर्नुपर्ने धारणा राखेको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन गरिएको करोडौँ ठगी प्रकरणमा पक्राउ परेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाणविरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
नेविसंघ त्रिचन्द्रले सभापति देउवालाई तत्काल खाँणलाई पार्टीबाट निलम्बन गरी अनुसन्धानमा सहयोगका लागि पनि आग्रह गरेको हो । प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताले भ्रष्टाचार विरोधी प्लेकार्ड बोकेका थिए ।

 

 

प्रकाशित मिति: बैशाख ३१ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend