Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने

हाम्रो कोशी आवाज
जेष्ठ १ २०८०, सोमबार
अब विदेशबाट फर्किँदा दुईवटा मोबाइल ल्याउन पाइने

धरानः विदेशबाट फर्केका नेपालीले आजबाट २ वटासम्म मोबाइल ल्याउन पाउने भएका छन्।
दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) (आज) जेठ १ गतेबाट लागू गरेपछि दुई वटासम्म मोबाइल नेपाल ल्याउन पाउने भएका हुन्।
‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्किएका नेपाली नागरिकले थप १ थान मोबाइलसमेत ल्याएमा कुनै महसुल नलाग्ने गरी वैशाख २६ गतेको मन्त्रिपरिषद्‌आाट निर्णय भएको छ,’ भन्सार विभागले जारी गरेको सूचनामा भनिएको छ। तर, यो सुविधा वैदेशिक रोजगारीबाट फर्केकाले मात्र पाउने विभागको भनाइ छ।
निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ को पुरानो व्यवस्थालाई संशोधन गर्दै २ वटा मोबाइल ल्याउन दिने गरी नयाँ व्यवस्था गरेपछि यो सुबिधा अब प्रत्येक नेपालीले पाउन लागेका हुन्।
‘व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमस प्रणालीमा स्वत दर्त हुने व्यवस्था गरिएको छ,’ प्राधिकरणले सर्वसाधारणका लागि भनेको छ, ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७ बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयमले दर्त गर्न सक्ने छन्।’
यसरी ल्याइएको मोबाइल दर्ताका लागि राहदानी वा नागरिकता विदेशबाट फर्किँदा राहादानीको पृष्ठ वा बोर्डिङ पास अपलोड गर्नुपर्ने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: जेष्ठ १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend