Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल :ओली

हाम्रो कोशी आवाज
जेष्ठ ७ २०८०, आइतबार
नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल :ओली

काठमाडौं :प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम देशको प्रतिष्ठा बढाउने, देशको विकास गर्न सक्षम नभएको टिप्प्णी गरेका छन् ।
आज (आइतबार) को प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रम समर्थन गर्न नसकिने स्पष्ट पारे । उनले नीति तथा कार्यक्रमले केही नहुने दाबी समेत गरे । ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अहिलेको कार्यक्रम फिर्ता लिएर नयाँ बनाउन आग्रह गरे । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नीति तथा कार्यक्रमलाई समर्थन नगर्न सांसदहरूलाई अपिल गरेका छन् ।
कुनै नीति, सिद्धान्त र गन्तव्यबाट निर्देशित नभएको बजेटको नीति तथा कार्यक्रम कुनै हालतमा पास गर्न नहुने भन्दै ओलीले यसलाई अनुमोदन नगर्न सबै सांसदहरूलाई आग्रह गरेका हुन् । ‘पहिलो कुरा सम्माननीय प्रधानमन्त्रीले फिर्ता लिनुस् । फिर्ता लिनु हुन्न भने यसलाई छक्का हानेर पठाइदिनु पर्छ, रिङआउट’, ओलीले भने ।

प्रकाशित मिति: जेष्ठ ७ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend