Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

निकै राम्रा नीति तथा कार्यक्रम समेटिएको तर कार्यान्वयनमा भने शंका छ: माधवकुमार नेपाल

हाम्रो कोशी आवाज
जेष्ठ ८ २०८०, सोमबार
निकै राम्रा नीति तथा कार्यक्रम समेटिएको तर कार्यान्वयनमा भने शंका छ: माधवकुमार नेपाल

काठमाडौँ :पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकारको नीति तथा कार्यक्रम धेरै राम्रा कार्यक्रमहरू समेटेर आएको बताएका छन् । सङ्घीय संसदमा जारी आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम माथिको छलफलमा सोमवार आफ्नो राय राख्दै नेपालले यसमा निकै राम्रा कार्यक्रमहरू समेटिएको तर कार्यान्वयनमा भने आफूलाई शङ्का लागेको बताए ।
‘आर्थिक वृद्धि, कृषि उत्पादन, पर्यटन प्रवर्द्धन, विकास निर्माणसँगै सामाजिक न्याय यस्ता धेरै कार्यक्रमहरू नीति तथा कार्यक्रममा समेटिएका छन् । धेरै राम्रा योजनाहरू समेटिएका छन् तर यहाँ शङ्का कार्यान्वयनको हो’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘हाम्रोमा बोल्ने एक तर गर्ने अर्को संस्कृति छ । यसलाई सरकारले ख्याल गर्नुपर्छ ।’
सोही अवसरमा नेपालले बजेटमा हावादारी र लोकप्रिय कार्यक्रमहरू समेत समेट्ने परिपाटी रहेको बताउँदै त्यस्तो कार्यक्रम नल्याउन सरकारलाई आग्रह गरे ।
‘मैले मनन गरिरहेको छु, कुनै सरकारको पालामा मिति नै तोकेर रेलको टिकट कटाइयो, पानी जहाजको ठुलठुला गफ चुटियो । अर्बौ लगानीको टावर खडा गरियो । तर त्यो अर्बौको टावरबाट के हेर्ने हो ? कुनै पत्तो छैन’ पूर्व प्रधानमन्त्री नेपालले भने, ‘म पनि प्रधानमन्त्री भइसकेको मान्छे हुँ’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंकित गर्दै उनले भने, ‘आफ्नो पालामा चाहिँ सबै राम्रो भएको तर अर्कोको पालामा सबै बिग्रियो भन्ने ? मेरै पालामा निजगढ विमानस्थलको निर्माणको डीपीआर तयार भएको हो । अहिले यो बजेटको प्राथमिकतामा परिरहेको छैन ।

प्रकाशित मिति: जेष्ठ ८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend