काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नक्कली शरणार्थी प्रकरणको निष्पक्ष छानविनका लागि संसदीय समिति बनाउन माग गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले संसद्को आकस्मिक समयमा बोल्दै यस्तो माग गरेका हुन् । ‘भ्रष्टाचारका विषयमा बारम्बार कुरा उठाउँदै आएका थियौँ । तीन दल खुसुखुसु बस्दा हामीले आशंका नगरेका होइनौं’, उनले भने, ‘अनुसन्धान गर्ने अधिकारी र प्रमुखको नाम आउँदा पनि अनुसन्धान गर्न किन डराएको उनले अँध्यारो कोठामा नभई दिउसै सिंहदरबारदेखि बालुवाटारसम्म लेनदेन भएको बताएका छन् ।
अँध्यारोमा होइन दिनको उज्यालो, सिंहदरबार र बालुवाटारमा लेनदेन भएको छ’, उनले भने, ‘अब विश्वासको वातावरण बन्द भएको छ । संसदीय विशेष समिति बनाउनुपर्छ । जसजसको नाम आएको छ छानबिनको दायरामा ल्याउन किन डराएको गृहमन्त्री किन डराएको मुटु कहाँ गयो ।