Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

रविको आक्रोश- घण्टीले बजाउन पनि जानेको छ

हाम्रो कोशी आवाज
जेष्ठ ११ २०८०, बिहिबार
रविको आक्रोश- घण्टीले बजाउन पनि जानेको छ

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा उनले यस्तो आक्रोश व्यक्त गर्दै घण्टी बजाउन मात्रै नभई घण्टीले बजाउन पनि जानेको चेतावनी दिएका छन् ।
बिहीबार बिहान सामाजिक सञ्जालमा उनले एक स्टाटस राख्दै यस्तो बताएका हुन् ।
यस्तो छ उनको स्टाटस
मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१. सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।

प्रकाशित मिति: जेष्ठ ११ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend