Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशका तराई भूभागमा अझै छ लूको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०८०, मंगलबार
देशका तराई भूभागमा अझै छ लूको सम्भावना, सतर्कता अपनाउन महाशाखाको अनुरोध

धरान: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा लूको सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
तातो दिन तथा लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो .आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागमा अधिकतम र न्यूनतम तापक्रम क्रमिकरूपमा बढ्दै जाने देखिन्छ।
तसर्थ, तराईका भूभागमा तातो हावाबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध छ,’ बुलेटिनमा भनिएको छ।लगातार पाँच दिनसम्म ४० डिग्रीभन्दा माथि ताफक्रम बढेमा लू चलेको मानिन्छ। वर्षा नहुँदा सुक्खापन चलेकाले तापक्रम बढेर लू चलेको बताइएको छ।
साथै, पहाडी भू-भागका उपत्यका तथा खोंचहरूमा समेत तापक्रम क्रमिकरूपमा बढ्न सक्ने सम्भावना रहेकाले महाशाखाबाट जारी सूचना तथा पूर्वानुमानमा अद्यावधिक रहन पनि महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ।
काठमाडौं उपत्यकालगायत देशका अन्य उपत्यकामा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको र देशको तराई भू-भागमा, मुख्यतयाः मध्यतराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
लूबाट हुने सम्भावित असर जस्तै थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसी दुख्ने, बान्ता आदि देखिन सक्ने भएकाले सोबाट बच्न आग्रह गरिएको छ।
लूबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, घाममा हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस/सर्वत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या आएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह-सुझाव लिन पनि महाशाखाले सुझाएको छ।
हाल देशमा पश्चिवी वायुको साथै भारतको बिहारमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। अहिले कोशी, मधेश र वाग्मती प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही कोशी तथा वाग्मती प्रदेशका केही स्थान साथै मधेश र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो मधेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।आज काठमाडौंको न्यूनतम तापक्रम १८ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ। रासस

प्रकाशित मिति: जेष्ठ ३० २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • ८ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • २२ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

    धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend