Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजारमा उचित मुल्य नपाएको भन्दै किसानले फाले गोलभेँडा

हाम्रो कोशी आवाज
असार ३ २०८०, आइतबार
बजारमा उचित मुल्य नपाएको भन्दै किसानले फाले गोलभेँडा

काठमाडौँ: सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर भ्याट लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा किसानले कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेँडा फालेर विरोध गरेका हुन् ।
जबकि, सरकारले आगामी आर्थिक वर्षको आर्थिक विधेयकमार्फत आन्तरिक उत्पादन बढाउने भन्दै प्याज र आलु लगायतका वस्तुमा भ्याट लगाउने निर्णय गरेको छ । यसबाट आन्तरिक उत्पादन बढ्ने अर्थमन्त्री डा। प्रकाशशरण महतको भनाई छ । तर, आन्तरिक उत्पादनको सिजनको समयमा गोलभेँडा उत्पादकले लागतअनुसारको मूल्य पाइरहेका छैनन् ।
यतिबेला कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा गोलभेँडाको थोक मूल्य ८ रुपैयाँ छ । यसको अर्थ किसानले खेतमा बढीमा प्रतिकिलो १ रुपैयाँदेखि २ रुपैयाँसम्म मात्रै भाउ पाउने गरेका छन् । यसैको विरोधमा कालीमाटीमा सडकमा गोलभेँडा फालेर किसानले विरोध जनाएका हुन् ।

प्रकाशित मिति: असार ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • ९ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • २३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

    धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend