Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अनुमति नै नलिई भारतीयले नेपाली भूमि नापजाँच गरेकाेबारे छानबिन हुनुपर्छ: सांसद अर्याल

हाम्रो कोशी आवाज
असार ३ २०८०, आइतबार
अनुमति नै नलिई भारतीयले नेपाली भूमि नापजाँच गरेकाेबारे छानबिन हुनुपर्छ: सांसद अर्याल

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले यही असार १ गते भारतीय प्राविधिकहरूको टोलीले एकतर्फी रूपमा सो जमिनमा नापजाँच गर्दा पनि नेपालका सुरक्षाकर्मीहरुले सुइँकोसमेत नपाएको भन्दै आपत्ति समेत जनाए ।
उपसभापति अर्यालले नेपालको भूमि भारतीय पक्षले एकतर्फी रूपमा नापजाँच गर्ने काम सामान्य र स्वाभाविक नभएको उल्लेख गर्दै त्यसबारे तथ्य पत्ता लगाउन नेपाल सरकारले ढिलाइ गर्न नहुने बताए ।
उनले भने ‘म आज भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गरेको विषय यो सदनलाई जानकारी गराउन गइरहेको छु । असार १ गते भारतीय प्राविधिकहरूको टोलीले इन्डियन नेशनल हाईवे सर्भे गर्ने भन्दै कञ्चनपुरको भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूभाग नापजाँच गरे ।
सर्भेका सामानसहित आएका ती प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सिमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले भने सुईको समेत पाएनन् । के उनीहरूलाई जागिर खानका लागि मात्र सीमामा खटाइएको हो ? सम्माननीय सभामुखमार्फत म सरकारलाई प्रश्न सोध्न चाहन्छु । बरु सुरक्षाकर्मी भन्दा त्यहाँका स्थानीय धेरै जागरूक र सचेत देखिए सभामुख महोदय । उनीहरूले गलत काम भईरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
नेपाली पक्षसँग समन्वय नै नगरी एकतर्फी रूपमा धमाधम नापजाँच गर्नुलाई सामान्य र स्वाभाविक मान्न सकिँदैन सभामुख महोदय । त्यसैले त्यसको सत्यतथ्य छानबिनका लागि म सम्माननीय सभामुखमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु । ’उपसभापति अर्यालले सीमा क्षेत्रमा खटाइएका सुरक्षाकर्मीहरूलाई उचित परिचालन गर्न पनि सरकारलाई सचेत गराए ।

प्रकाशित मिति: असार ३ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • इटहरीमा नेपथ्यसँगै झुमे १० हजार बढी दर्शक

    धरानःनेपाली संगीत क्षेत्रको लोकप्रिय ब्यान्ड नेपथ्यले पहिलोपटक इटहरीमा भव्य सांगीतिक प्रस्तुति दिएको छ । इटहरी रंगशालामा आज (कात्तिक १८ गते) सम्पन्न ‘नेपथ्य इन कन्सर्ट २०२६’...

    • ९ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • जसले पाउँदैछन् सम्मानसहित तीन लाख बढीको पुरस्कार

    धरानः इलामस्थित जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठान (जनेप्र)ले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने घोषणा गरेको छ । प्रतिष्ठानले ‘आदर्श नागरिक सम्मान’ नगद राशि ७७ हजार ७७७...

    • २३ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • कोशी नदीमा सबै मोटरबोट तत्काल सञ्चालन रोक

    धरानः सप्तकोशी नदीमा आवश्यक कानुनी व्यवस्था, दर्ता प्रक्रिया र चालकको अनुमतिपत्रबिनै मोटरबोट सञ्चालन हुँदै आएको पाइएको छ। मोटरबोट सञ्चालनको नियमन, प्राविधिक अवस्था तथा सुरक्षासम्बन्धी विषयमा...

    • १ हप्ता अगाडी
    • ४ मिनेट पाठ
  • सुनसरीमा हत्या गरेर शव कार्पेटमा पोको पारेर फाल्ने समातिए

    धरानः प्रहरीले विगत ४० वर्षदेखि विराटनगरमा बस्दै आएका लालजीप्रसाद गुप्ताको हत्या आरोपमा तीनजनालाई पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका वडा नं. ६ धरान रोडमा...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • फुटबलमा जित्नेलाई साढे ४ लाख बढीको अलैंची दिइने

    धरानः फुटबल प्रतियोगिताका विजेता तथा उपविजेता टोलीलाई नगदको सट्टा अलैँची पुरस्कार प्रदान गरिने भएको छ। मिक्वाखोला गाउँपालिकाले आगामी मंसिर २ देखि ६ गतेसम्म आयोजना गर्न...

    • १ हप्ता अगाडी
    • २ मिनेट पाठ
  • धरानमा लागूऔषधको मुद्दा सबैभन्दा बढी

    धरानः प्रहरी र स्थानीयस्तरबाट लागूऔषध नियन्त्रणका लागि अभियान सञ्चालन भइरहे पनि धरानमा यसको प्रयोग र कारोबार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो तीन...

    • ३ हप्ता अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend