Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

७७ वटै जिल्लाका सीडीओलाई वैदेशिक रोजगारीमा हुने ठगीको कारबाही गर्ने अधिकार दिइने

हाम्रो कोशी आवाज
असार १८ २०८०, सोमबार
७७ वटै जिल्लाका सीडीओलाई वैदेशिक रोजगारीमा हुने ठगीको कारबाही गर्ने अधिकार दिइने

वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरु सीडीओलाई दिने तयारी गरिएको छ । सरकारले हाल वैदेशिक रोजगार विभागमा रहेको उक्त अधिकारी अब देशभरका ७७ वटै जिल्लाका सीडीओलाई दिने तयारी गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ठगीका घटनामा उजुरी दिन विभागमा आउनुपर्ने बाध्यता अन्त्य गर्न लागिएको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले सीडीओमार्फत कारबाही गर्ने प्रावधान ल्याउन लागिएको बताएका हुन् ।
वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीको क्रममा हुने ठगीका घटनामा वैदेशिक रोजगार विभागमा मात्र उजुरी गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा पीडितहरु काठमाडौँ आउनुपर्ने बाध्यता छ । सरकारले ठगीका घटना न्यूनिकरण गर्न तथा पीडितले छिटो, छरितो तथा सहज तरिकाले न्याय पाउनुपर्छ भन्ने मान्यताका साथ सीडीओलाई नै मुद्दाको अनुसन्धान गर्ने अधिकार दिन लागिएको हो ।
त्यसका लागि ऐन संशोधनको प्रक्रियामा रहेको मन्त्री भण्डारीले बताए । हामी सेवा प्रवाहलाई आधुनिक सूचना प्रविधियुक्त बनाउँदै लगिरहेका छौं । ठगीका मुद्दामा भने उजुरी दिन काठमाडौँ नै आउनुपर्छ । ७७ वटै जिल्लामा प्रहरीका छन् । सीडीओ कार्यालय छन्, मन्त्री भण्डारीले भने, उनीहरुले नै कारबाही गर्न पाउने भयो नि काठमाडौँ आउनुपर्ने बाध्यता हुन्थ्यो । अहिले विभागमा २० हजार भन्दा बढी उजुरी थन्किएर बसेका छन् । अब सीडीओलाई नै कारबाही गर्ने अधिकार दिने हो ।ु
पछिल्लो समय वैदेशिक रोजगारीमा हुने ठगीका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । विशेषगरी एजेन्ट मार्फत यस्ता खालका घटना बढिरहेको पाइएको हो ।
ठगी नियन्त्रण गर्नका लागि विभागले प्रहरीसँगको समन्वयमा छापा मार्ने, ठगी गर्नेहरुलाई पक्राउ गरेर मुद्दा चलाउने जस्ता कार्य गर्दै आएको छ । तरपनि यस्ता घटना दिनप्रतिदिन बढिरहेका छन् । यसलाई रोक्न मन्त्रालयले ऐन संशोधन गरेर कारबाही गर्ने अधिकारी सीडीओलाई समेत दिन लागेको हो ।

प्रकाशित मिति: असार १८ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend