Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको जेम स्कुलकी सृष्टि राई जिल्लास्तरीय चित्रकलामा प्रथम

हाम्रो कोशी आवाज
असार २२ २०८०, शुक्रबार
धरानको जेम स्कुलकी सृष्टि राई जिल्लास्तरीय चित्रकलामा प्रथम

धरानः धरान-१८ स्थित जेम सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा सुनसरी जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम बनेकी छिन् ।
कक्षा-५ मा अध्ययनरत छात्रा श्रृष्टि राई प्रथम बनेकी हुन् । प्रथम बन्दै उनले २५ तोलाको चाँदीसहितको रनिङ शिल्ड प्राप्त गरेकी छिन् । पहिलो राउण्डमा हरेक नगरमा उक्त राउण्डबाट छनौट भएकामध्ये १६ जनामा उत्कृष्ट बनेकी उनी धरानस्थित बुढासुब्बा मन्दिर परिसरमा आयोजित प्रातियोगितामा प्रथम बनेकी हुन् ।
सिट एण्ड ड्र नाम दिइएको कार्यक्रमको प्रमुख अतिथि प्याब्सन सुनसरीका उपाध्यक्ष सुमित थापा प्रमुख अतिथि थिए भने निर्णायकमा प्रणय दत्त र हरि उराव रहेका थिए । प्याब्सनका जिल्ला सचिवालय सदस्य दीपक घिमिरे कार्यक्रम संयोजक रहेका थिए भने जिल्ला अध्यक्ष अनुप योञ्जनको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: असार २२ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend