Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भाटभटेनीका सञ्चालक समातिएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी जोखिममा !

रुषा थापा
असार २८ २०८०, बिहिबार
भाटभटेनीका सञ्चालक समातिएपछि बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी जोखिममा !

भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ? भनेर वर्षोदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद सकिएको, तौल कम भएको सामान बेच्छन् भनेर भन्थे ।
अहिले भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ समातिएपछि यो कुरा प्रमाणित भएको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा गुरुङलाई प्रहरीले समातेपछि अहिले भाटभटेनीमा सामान किन्न जानेको संख्या हवात्तै घटेको छ ।
केही महिनाअघि संघीय संसद भवनअगाडि भाटभटेनीका सञ्चालकले आफ्नो रकम फिर्ता नगरेको आरोप लगाउँदै प्रेमप्रसाद आचार्यले आत्मदाह गरेका थिए । अहिले सर्वसाधारण जनता भन्छन्, ‘भाटभटेनीका सञ्चालक गुरुङ ठग हुन् । उनले म्याद सकिएको, कम तौल भएको सामान त बेच्यो नै तर सरकारी जग्गा समेत छोडेन ।’
अधिंकाशले अब भाटभटेनी चल्न सक्दैन भनेर अनुमान लगाउन थालिसकेका छन् । साथै, मुलुकभर सञ्चालित भाटभटेनी वा सञ्चालक गुरुङको नाममा भएको सम्पत्ति पनि राज्यको नाममा जाने भनेर भनिन्छ । अहिले भाटभटेनीमाथि कर्जा लगानी गरेका बैंक तथा वित्तिय संस्था मारमा परेका छन् ।
उनीहरुको कर्जा जोखिममा परेको छ । यसले भाटभटेनीमाथि कर्जा लगानी गरेका बैंक तथा वित्तिय संस्था अब पक्कै पनि डुब्नेछ । अधिंकाश बैंक तथा वित्तिय संस्थाको भाटभटेनीमाथि कर्जा लगानी रहेको सुनिन्छ । यसरी भाटभटेनीमाथि आफुले बचत गरेको बैंक तथा वित्तिय संस्थाले पनि कर्जा लगानी गरेको थाहा पाएपछि बचतकर्ताहरुको लाम लागेको छ ।
ललिता निवासको १४३ रोपनी जग्गामा विभिन्न बैंक तथा वित्तिय संस्थाले त्यही जग्गा धितो राखी २ अर्ब ४५ करोड रुपैयाँ लगानी गरेका छन् । ललिता निवासको जग्गा अब सरकारको स्वामित्वमा आइसकेको छ । त्यसैले, त्यो जग्गामाथि कर्जा लगानी गरेका बैंक तथा वित्तिय संस्था अब नराम्ररी डुब्नेछन् ।
यी दुई वटा कारणले पनि अब मुलुकभर सञ्चालित सरकारी तथा निजी बैंक टाप पल्टिन्छन् । बैंक तथा वित्तिय संस्थाले यीबाहेक अन्य क्षेत्रमा पनि लगानी गरेका छन् । तर, त्यो पनि सबै जोखिमपूर्ण । घरजग्गा, गाडी र सेयर नै बैंक तथा वित्तिय संस्थाको मुख्य कर्जा लगानी हो ।
पछिल्लो समय यी क्षेत्रमा भने मन्दी छ । कारोबार ठप्पझैं भएको छ । त्यसकारण बैंक तथा वित्तिय संस्थाले यसमा गरेको कर्जा लगानी पनि डुब्ने अवस्थामा छ । बैंक तथा वित्तिय संस्था, नागरिक सञ्जय कोषलगायतले बचतकर्ताको रकम घुस खाएर एउटै व्यक्तिलाई अर्बो कर्जा लगानी गरेका छन् ।
तर, आज बैंक डुब्दा पनि असलमा डुब्ने त बचतकर्ता नै हुन् नि । अहिले जनताको सचेतनाको वृद्धि भएको छ । उनीहरुमा राम्रो र नराम्रो कुराको मूल्यांकन गर्न सक्ने क्षमताको वृद्धि भएको छ । उदाहरणका लागि भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको असली रुप बाहिरिएपछि अहिले जनता भाटभटेनीमा सामान खरिद गर्न जादैँनन् ।
राज्यको सम्पत्तिको दुरुपयोग गर्ने व्यक्तिकोमा गएर सामान खरिद गर्दा झन् उसलाई प्रोत्साहन मिल्ने र फाइदा हुने भएपछि जनता भाटभटेनी जान छोडेका छन् । पहिल्यैदेखि भाटभटेनीका सञ्चालक गुरुङले आफ्नो कर्तृत बाहिरिने डरले भाटभटेनीमा नेकपा माओवादी केन्द्र अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको लगानी रहेको प्रचारप्रसार गर्दै आएका थिए ।
अहिले माओवादीकै अध्यक्ष प्रचण्ड मुलुकको प्रधानमन्त्री भएको समयमा गुरुङलाई समातियो । जनता अहिले भन्छन्, ‘मिनबहादुर गुरुङ माओवादीका रहेनछन् । प्रचण्डको पनि भाटभटेनीमा लगानी रहेको रहेनछ ।’ भाटभटेनीका साहु गुरुङले विभिन्न बैंक तथा वित्तिय संस्थाबाट २२ अर्ब ऋण लिएको सुनिन्छ ।
मुलुकभर सञ्चालित भाटभटेनीमध्ये कति भाटभटेनी सरकारी जग्गामा बनाएको समेत सुनिन्छ । यसरी भाटभटेनीमाथि बैंक तथा वित्तिय संस्थाले गरेको २२ अर्ब कर्जा ऋण बालुवामा पानी हालेकोझैं भएको छ । भाटभटेनीमा काम गर्ने अधिंकाश कामदारहरु अहिले आफुहरुको जागिर कुन बेला खस्किने भन्ने डरमा छन् ।
देशको सरकारी, गुठी, मठमन्दिर, पार्टीपौवालगायतको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्नुमा भाटभटेनीका सञ्चालक गुरुङको मात्र हात छैन । यसमा नेपालकै अर्बपतिको रुपमा चिनिने विनोद चौधरी, उद्योग वाणिज्य महासंघका पूर्णअध्यक्ष शेखर गोल्छा र वर्तमान अध्यक्ष चन्द्र ढकालको पनि हात रहेको सुनिन्छ ।
मुलुकभरको बैंकमाथि २९ जना व्यक्ति तथा व्यापारीको कब्जा छ । उनीहरुले नै सर्वसाधारण जनताले बैंकमा राखेको पैसामा राज गरेका छन् । यति मात्र नभई राज्यलाई राजस्व छलेका छन् त गैरकानूनी काम समेत गर्दै आएका छन् ।
तीमध्ये एक जना भाटभटेनीका सञ्चालक गुरुङ समातिँदा त अहिले बैंकमा आंतक मच्चिएको छ भने सबै समातिँदा के होला ? सहकारी भाग्नुको कारण एउटै हो । घरजगगा, गाडी र सेयरमा गरेको लगानी । सहकारीले कृषि, कारखाना, उद्योगलगायतमा कर्जा लगानी नगरी घुसको लोभमा जोखिपूर्ण (घरजग्गा, गाडी र सेयर) क्षेत्रमा लगानी गरे ।
जसको परिणाम आज देखिएको छ । करोडौं बचतकर्ताको बिचल्ली भएको छ । हजारौं सडकमा उत्र्रिएका छन् । आन्दोलनमाथि आन्दोलन चलेको छ । तर, सरकार मौन छ । अब बैंक पनि सहकारीकै अवस्थामा पुग्ने पक्कापक्की भइसकेको छ । त्यसैले, बैंकका सञ्चालक, अध्यक्ष र कर्मचारीहरुले पनि भाग्नको लागि झोला ठिक पार्दा पनि हुन्छ ।
हप्ता दिनअघिदेखि सरकारी तथा प्राइभेट बैंकमा पैसा निकाल्नेको लर्को छ । बैंकमा धितो राखेर कर्जा लिएका ऋणीहरुले दुई वर्षदेखि साँवाव्याज तिरेका छैनन् । यता धितो छ ५० लाखको तर लिनु छ करोड । अहिले फेरि बैंकमा सर्वसाधारण जनताले बचत गरेको रकम बैंककै कर्मचारीले चोरेर उल्का छ ।
बैंकका कर्मचारीदेखि सञ्चालकसम्मै चोर, ठग हुन् भनेर भन्न पनि सर्वसाधारण जनताले अब लाज मान्नु पर्दैन । आफ्नो खातामा भएको रकम एकपछि अर्को गर्दै हराउन थालेपछि अधिंकाश बचतकर्ताले बचत निकालेका छन् । जनता अब सरकारी तथा निजी बैंकमाथि विश्वास गर्ने छैनन् ।
न आफुसँग भएको रकम राख्छन् न अरुलाई राख्न दिन्छन् । जनताबाट नङग्रिएपछि सहकारी एकाएक भाग्नुपप्यो । ३५ हजारबढी सहकारीमा करोडौं बचतकर्ताले राखेको खर्बो रकम डुब्यो । अब बैंकमा बचत गर्नेहरुको पनि सहकारीकै बचतकर्ताको जस्तो अवस्था हुनेछ ।
सडकको मान्छे सरकारी जग्गा दर्ता गरी राज्यलाई राजस्व छलेर खर्बपति बने । तर, खर्बपछि आज प्रहरी हिरासतमा छन् । लाज नभएको मान्छेलाई आफ्नो र आफ्नो परिवारको इज्जतको के चासो । यदि इज्जत थियो भने हिजो मिनबहादुरले सरकारी जग्गा दर्ता गर्दैनन् थिए ।
पहिलापहिलाका मानिसहरु भन्थे, ‘गल्ती गरेमा यो जुनिमा नभए पनि अर्को जुनिमा सजाय भोग्नुपर्छ ।’ तर, अहिले त गल्ती गर्नेहरु यहँी जुनिमा सजायको भागिदार भएका छन् । नेपाल सरकार व्यवसायीहरुलाई उद्योगी भन्छ । तर, नेपालमा उद्योगी को छ ?
यहाँ उद्योगी भनेकाहरु सबै विदेशीबाट सामान आयात गरी राज्यलाई राजस्व छली महंगोमा उपभोक्तालाई बेचेर ठग्छन् । उद्योगी त्यो हो जसले आफ्रनै मुलुकमा सामानको उत्पादन गर्छ । अरुलाई रोजगारी दिन्छ । राज्यलाई राजस्व तिर्छ । मुलुकको अर्थतन्त्रमा टेवा पुप्याउँछ ।
तर, यहाँ त उद्योगीको नाममा बिचौलिया, दलाली छन् । जो आफ्नो स्वार्थका लागि राष्ट्रघाती काम गर्दै आएका छन् । मुलुकको अर्थतन्त्रमा टेवा पुप्याउनुको त कुरै छोडौं, यीनीहरुले अर्थतन्त्र नै धरायसी बनाइदिएका छन् । एक सहकारीमा एउटै व्यक्तिको २० हजारदेखि २५ करोडसम्म डुबेको छ ।
यसले सर्वसाधारण जनताले बैंकमा पनि बचत गर्न छोडे । आफुले बचत गरेको रकम बैंकबाट निकाले । सँगै भाटभटेनी पनि यस्तो निस्किएपछि अब बैंक त डुब्नुबाहेक केही विकल्प छैन । बजारमा अब पाँच सय र हजारको नोट हाहाकार हुने छ । मन्दी झनै बढ्नेछ ।
मन्दीका कारण व्यापार व्यवसाय ठप्प हुँदा मुलुकका ६० प्रतिशत सटर, घर, कोठा खाली भएका छन् । अब स्थिति झनै नाजुक हुनेछ । अनि बैंक तथा वित्तिय संस्थाहरु पनि भाग्नेछन् । त्यसैले, आफुले बैंक तथा वित्तिय संस्थामा राखेको रकम निकालौं । किनकि बैंक तथा वित्तिय संस्थामा पैसा राख्नु भनेको जोखिम मौलाउनु हो ।

प्रकाशित मिति: असार २८ २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • सुनसरीको बसपार्कबाट प्रहरीले खोजीखोजी समात्यो

    धरानः सुनसरीको इनरुवाबाट प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ । इनरुवा–४ बसपार्कमा प्रहरीले खोजीखोजी युवालाई पक्राउ गरेको हो । पूर्व–पश्चिम राजमार्गमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend