Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक तथा सहकारीलाई किन जनताले पत्याउन छाडे ?

अनुषा थापा
साउन १ २०८०, सोमबार
बैंक तथा सहकारीलाई किन जनताले पत्याउन छाडे ?

आम सर्वसाधारणले आफ्नो रकम सुरक्षित हुने र सँगै ब्याज पनि आउने प्रलोभनमा बैंक तथा वित्तिय संस्थामा रकम जम्मा गर्छन् । तर, पछिल्लो समय बैंकका कर्मचारीहरुले नै बचतकर्ताको रकम खाताबाटै उनीहरुलाइए थाहै नदिई गायब गर्न लागेका छन् ।
अहिले आफुले बैंकमा रकम जम्मा गरेको छ र दुई–तीन महिनासम्म बैंक नगए रकम नै गायब भएको हुन्छ । बैंकका कर्मचारीहरुको मिलोमत्तोमा अहिले रातारात बचतकर्ताको रकम चोरी भइरहेको छ । हामी बचतकर्ता एक पटक बैंकमा खाता खोलेर रकम जम्मा गरेपछि ढुक्क भएर बस्छौं ।
आफ्नो रकम घढबढ भएको समेत हामी महसुस गर्दैनौं । तर, अब यस्तो अवस्था छैन । बैंकमा बचत गरेपछि अब बचतकर्ताले आफ्नो रकमको सुरक्षा आफैंले गर्न आवश्यक भइसकेको छ । बचतकर्ताले रकम सुरक्षित रहेको विश्वाससाथ आफ्नो घरमा बस्छन् ।
तर, कसलाई थाहा कि बैंककै कर्मचारीले बचतकर्ताको खाताबाट रकम गायब गर्छन् भनेर । जोकोही अहिले बैंकबाट आफ्नो रकम हराएको आरोप लगाउँछन् । उनीहरु मौन छन् । बैंकमा गएर आफ्नो रकम हराएको भनेर कर्मचारीहरु छैन कि उसै बचतकर्तालाई नै गालीगलौज गर्छन् ।
जसले गर्दा उनीहरु अलमली भई चुपचाप गर्छन् । अहिले बैंकका कर्मचारीदेखि सञ्चालक समेत चोर भएका छन् । आम सर्वसाधारणले विश्वासका साथ आफुले दुःखले कमाएको रकम बैंकका सञ्चालक र कर्मचारीको मिलोमत्तोमा गायब भइरहेकको छ ।
त्यसैले, अब जनता सरकारी बैंकमा नै होस् या प्राइभेटमा आफ्नो रकम छ भनेर ढुक्क भएर बस्नुहुन्न । किनकि बैंकका कर्मचारीहरुले रातलाई नै दिन बनाएर बचतकर्ताको रकम खाताबाटै गायब गर्दै आएका छन् ।
जनताले अब आफ्नो रकम कतै गडबढ त भएको छैन भनेर महिनामा दुई पटक चेकजाँच गर्नुपर्छ । बैंकमा आफ्नो रकम सुरक्षित रहेको भन्दै घरमा निदाएर बस्ने दिन अहिले गएको छ । बैंककै कर्मचारी अहिले लुटेरा भएका छन् । बचतकर्ताले विश्वासका साथ राखेको रकम उनीहरु धमाधम चोरी गरिरहेका छन् ।
पहिलापहिला जग्गा दलाली, भूमाफिया र बिचौलियाहरुले जग्गा धनीलाई थाहै नदिई किर्ते गरेर अन्यलाई बेच्ने गरेको सुनिन्थ्यो । त्यसरी नै अहिले बजारमा बैंकका कर्मचारीहरुले बचतकर्ताको रकम खाताबाटै गायब पारेको प्रशस्तै सुनिन्छ ।
सर्वसाधारण जनताले बैंक तथा वित्तिय संस्थामा विश्वास गर्ने दिनको अहिले अन्त्य भएको छ । अधिंकाश नागरिक अहिले पनि बैंक तथा वित्तिय संस्थामा खाता खोल्नबाट वञ्चित छन् । तर, अहिले त बैंकमा खाता खोलेका मानिसहरुले पनि आफ्नो खाता बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
बैंकका सञ्चालक र कर्मचारीहरु लोभी हुँदा पनि आज आम सर्वसाधारणको रकम डुब्ने अवस्थामा पुगेको हो । अझै पनि बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले बचतकर्तासँग घात गर्ने हो भने कोहीले पनि बचत गर्ने छैनन् । पछिल्लो समय बैंकका कर्मचारीले नै बचतकर्ताको खाताबाट रकम गायब पारेको समाचार बाहिरिएको छ ।
बैंकका कर्मचारीहरुले वर्षेदेखि यस्तो गैरकानूनी काम गर्दै आएका थिए । तर, अहिले आएर मात्र बचतकर्ताले यो कुरा थाहा पाएका हुन् । साथै, बचतकर्ताहरु लामो समयसम्म बैंकमा आफ्नो रकम निकाल्न वा हाल्ने नगएमा अथवा बचतकर्ताको मृत्यु भई उसले आफ्नो आफन्त वा परिवारलाई आफ्नो बैंकमा रकम रहेको भनेर नभने बैंकका कर्मचारी र सञ्चालकले सो रकम झवाम पारिदिन्छन् ।
अहिले बैंक तथा वित्तिय संस्थामाथि विश्वास गर्ने कुनै आधार नै छैन । जनताले आफ्नो घरमा रकम चोरी हुने डरले बैंकमा बचत गरे । तर, बैंककै कर्मचारी यस्तो निस्किन्छन् भनेर कसले सोचेको थियो र । अब सरकारले कि त बैंकका कर्मचारीलाई कारबाही गर्नुपर्छ होइन भनेर आफ्नो रकम आफैं घरमा सुरक्षित राख्नुस् भनेर भन्नुपर्छ ।
सहकारीका सञ्चालक र कर्मचारीका कारण आज करोडौं बचतकर्ताको बिचल्ली भएको छ । उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । अहिले बजारमा बैंक पनि डुबेको हल्ला चलेको छ । जसले गर्दा आम सर्वसाधारणले बैंकमा बचत गर्न छोडेका छन् ।
अहिले विस्तारैविस्तारै जनताले बैंक तथा वित्तिय संस्थाामाथिबाट आफ्नो विश्वास गुमाइसकेका छन् । उनीहरुले थाहा पाइसकेका छन् कि बैंकका कर्मचारीदेखि सञ्चालकसम्म चोर हुन् । एक छाक मिठो नखाई दुःख गरेर कमाएको रकम आपतकालीन समयमा काम लाग्ने आशामा बैंकमा बचत गरियो ।
तर, सोही रकममा बैंकका कर्मचारी र सञ्चालकले मोजमस्ती गरे । रातारात बचतकर्ताको रकम खाताबाटै गायब बनाइदिएका छन् । अहिले ३५ हजार भन्दा सहकारीमा करोडौं बचतकर्ताले राखेको खर्बो रकम बालुवामा पानी हालेझै भएको छ । यसको जिम्मेवारी अब कसले लिन्छ ?
सहकारीका सञ्चालकदेखि बैंकका कर्मचारी, चेयरम्यानहरु अहिले बचत फिर्ता माग्न जाँदा एउटै जवाफ दिन्छन्, ‘हाम्रो कर्जा लगानी घर, गाडी र सेयरमा छ । अहिले यसको कारोबार ठप्प भएको हुँदा समस्या परेको हो । तर, बिक्री हुनेबित्तिकै तपाईँहरुको रकम फिर्ता गछौं ।’
के हिजो बचतकर्ताले आफ्नो रकम घरजग्गा, गाडी र सेयरमा लगानी गर्न भनेर जम्मा गरेका थिए । उनीहरुले थोरै भएपनि ब्याज आउने प्रलोभनमा बचत गरे । तर, थोरैको लोभ गर्दा आज जीवनभरको कमाइ गएको छ । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढोस् कि घटोस्, यसको मतलब बचतकर्तालाई छैन ।
तर, बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा कर्मचारीहरु यसको मूल्य घटेको हुँदा बचत फिर्ता गर्न नसकेको बताउँछन् । अब यसको मूल्य कहिले बढ्ने र कहिले उनीहरुले बेचेर बचतकर्ताको रकम फिर्ता गर्ने ? अहिले यसको ठेगान छैन ।
सरकारले च्याउ उम्रिएझैं बैंक तथा वित्तिय संस्था खोल्न अनुमति दियो । सरकार करको लोभमा पप्यो । अनि बैंकतथा वित्तिय संस्थाका कर्मचारी र सञ्चालकको आँखा बचतकर्ताको रकममाथि पप्यो । जसले गर्दा आज उनीहरुले करोडौं बचतकर्ताको रुवाबासी बनाइदिए ।
बैंकहरुले यस्तो लापरबाही गरेर बचतकर्ताको रकम डुबाइदिँदा समेत राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी मौन छन् । यता, यत्रो बचतकर्ताको रकम सहकारीले खाइदिँदा समेत सहकारी मन्त्री रन्जिता श्रेष्ठ चुपचाप छिन् । सहकारी पीडित बचतकर्ताहरु अहिले माइतीघर मडलामा आन्दोलित छन् ।
त्यसरी नै अहिले बैंकका पीडित बचतकर्ताहरु पनि बैंकको यस्तो रबैयाविरुद्ध आन्दोलन गर्ने तयारीमा छन् । बैंकबाटै बचतकर्ताको रकम चोरी हुन्छ भनेर सुन्दा सर्वसाधारण जनता छक्क पर्छन् । केही दिनअघि विभिन्न बैंकमा बचत गरेका बचतकर्ताको खाताबाटै रकम गायब भएको कुरा बाहिरिएको थियो ।
माछापुच्छ्रे बैंक, प्रभु बैंक, सिन्धु बैंक, एभरेष्ट बैंकलगायतमा खाताबाटै लाखौं रकम हराएको बचतकर्ताको आरोप छ । त्यसैले, अब बचतकर्ताहरु बैंकमा रकम सुरक्षित छ भनेर ढुक्क भएर बस्नुहुन्न । समय समयमा बैंकमा आफ्नो रकम सुरक्षित छ कि छैन भनेर चेकजाँच गर्न आवश्यक परिसकेको छ ।
सहकारीहरुले कसरी बचतकर्ताको खाताबाटै रकम गायब बनाउँछन् भनेर भन्नुपर्दा राजधानीको पुतलीसडकमा रहेको सिन्सियर सेभिङ एण्ड के्रेडिट कोअपरेटिभका बचतकर्ताको कुरा सुन्दा स्पष्ट हुन्छ । सिन्सियरका बचतकर्ता त आफ्नो रकम खाताबाट गायब भएको भन्छन् नै तर धितो राखेर ऋण लिएका ऋणी समेत तिरेको किस्ता खाताबाटै हराएको बताउँछन् ।
आफुले महिनामहिनामा ऋणको किस्ता तिरेपनि साँबाव्याज नघटेको र तिरेको रकम समेत खाताबाटै गायब भएको उनीहरुको आरोप छ । बैंक तथा वित्तिय संस्थाको लुटतन्त्र खुलेआम छ । उनीहरुले बचतकर्ता र ऋणीको आँखामा दिउँसै धुलो हालेका छन् । रातलाई दिन बनाएर ठगेका छन् ।
अहिले पनि अधिंकाश मानिस अशिक्षित छन् । उनीहरुले बैंक तथा वित्तिय संस्थामा खाता खोलेर बचत त गर्छन् । तर, कुन मितिमा कति रकम राखेको भनेर थाहा पाउँदैनन् । जसले गर्दा बैंकका कर्मचारीहरुले उनीहरुको खाताबाटै रकम गायब बनाइदिन्छन् ।
बैंक तथा वित्तिय संस्थाका सञ्चालक र कर्मचारी आफ्नो स्वार्थका लागि बचतकर्ता र ऋण दुवैलाई कंगाल बनाउने काम गरिरहेका छन् । त्यसैले, अब जनता सचेत हुन आवश्यक छ । आप्नो रकम बैंकमा सुरक्षित छ भनेर बस्नुहुन्न । साथै, बचत गडबढ भएको यकिन भएमा उनीहरुविरुद्ध उजुरी र मुद्दा दायर गर्नुपर्छ ।

प्रकाशित मिति: साउन १ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ३ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ५ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend