Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

हाम्रो कोशी आवाज
साउन २२ २०८०, सोमबार
विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी

धरानः  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदारसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वउपप्रधान एवं भौतिक योजना मन्त्री विजयकुमार गच्छदार, राज्यमन्त्री सञ्जयकुमार शाह, पूर्वभूमि सुधार मन्त्री चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी लिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।
उनका अनुसार काठमाडौँ जिल्ला अदालतले आइतवार उनीहरूविरुद्ध पुर्जी जारी गरेको हो ।
सर्वोच्च अदालतले आइतवार नेपाल सरकार मन्त्रिपरिषदको निर्णय तथा निर्णय प्रमाणित गरी कार्यान्वयन तहमा प्रत्यक्ष संलग्न हुनेहरूमाथि अनुसन्धान गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै जग्गा प्रकरणमा मन्त्रिपरिषद्मा निर्णय गर्नेहरू पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र माधव नेपाललगायतमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने आफ्नो प्रधानमन्त्रीत्वकालमा भएको ललितानिवास जग्गा प्रकरण सम्बन्धी निर्णयको छानबिनमा पूर्णरूपले सहयोग गर्ने प्रतिक्रिया दिएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनमा पनि सहर्ष सहयोग गरेको जनाएका छन् ।
यता पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने आजै स्वीट्जरल्याण्ड प्रस्थान गरेका छन् । ललितानिवास जग्गा प्रकरणमा मन्त्रिपरिषद् बैठकका निर्णयकर्तामाथि पनि छानबिन गर्न सर्वोच्च अदालतले आदेश भोलिपल्ट सोमवार बिहान अध्यक्ष नेपाल विदेश प्रस्थान गरेका हुन् । उनले हालसम्म सर्वोच्चको आदेशपछि सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।

प्रकाशित मिति: साउन २२ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend