Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि

हाम्रो कोशी आवाज
भाद्र ६ २०८०, बुधबार
जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि

सरकारले स्वर्गीय गायक जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि प्रदान गर्ने भएको छ ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गायक टुहुरेलाई जनगायकको उपाधि दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
यक जेबी टुहुरेलाई जनगायक मानिँदै आए पनि सरकारले औपचारिक रुपमा उपाधि दिएको थिएन।
आजबाट भने उनले सरकारबाट ‘जनगायक’को उपाधि पाएका छन्। सरकारले जेबीलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ।
बुधबार बसेको मन्त्रिपरिषद बैठकले टुहुरेलाई ‘जनगायक’को उपाधि दिने निर्णय गरेको हो।
टुहुरेको २ वर्षअघि ७८ वर्षको उमेरमा निधन भएको थियो। टुहुरेले जनआन्दोलनताका थुप्रै जनवादी गीत गाएका छन्।
जेबीले ‘आमा दिदी बहिनी हो’, ‘आँधीखोलैले’, ‘लाखौंको लागि उजाड छ यो देश’ लगायत दर्जनभन्दा बढी चर्चित जनवादी गीत गाएका छन्।

प्रकाशित मिति: भाद्र ६ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend