Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

यसपालि दशैँमा पानी पर्छ कि पर्दैन ?

हाम्रो कोशी आवाज
असोज २३ २०८०, मंगलबार
यसपालि दशैँमा पानी पर्छ कि पर्दैन ?

यस वर्ष दशैँको मुख्य दिनहरूमा मौसम सफा हुने मौसमविद्ले अनुमान गरेका छन् । भोलि मङ्गलवारदेखि देशका मध्य र पूर्वी भेगमा पानी पर्ने र एक/दुई दिन रोकिएर अर्को हप्ताको सोमवारदेखि बुधवारसम्म पुनः वर्षाको सम्भावना रहेको र त्यसपछि मौसम सफा हुने मौसमविद् विनोद पोखरेलले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापकसमेत रहनुभएका मौसमविद् पोखरेलका अनुसार अर्को बुधवार अर्थात् कात्तिक १ गतेदेखि मौसममा सुधार हुने देखिएकोले दशैँका मुख्य दिनहरूमा पानी नपर्ने अनुमान गरिएको हो ।
यस वर्षको मनसुन सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ । देशको पश्चिमी भागबाट बाहिरिएको मनसुन औसतमा एक हप्तासम्म देशको सम्पूर्ण भू–भागबाट बाहिरिने प्रवृत्ति रहेकोले दशैँ शुरु हुनुअघि नै यो वर्षको मनसुनले पूर्णरूपमा बिदा लिइसक्ने जल तथा मौसम विज्ञान विभागकी मौसमविद् गंगा नगरकोटीले बताइन् ।
यस वर्षको दशैँ असाेज २८ गतेदेखि शुरु हुँदैछ । घटनास्थापना २८ गते र विजयादशमीकाे टीका कात्तिक ७ गते परेकाे छ ।

प्रकाशित मिति: असोज २३ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend