Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तातेन दशैं बजार

रुषा थापा
असोज २९ २०८०, सोमबार
तातेन दशैं बजार

दशैं सुरु भइसकेको छ । घर जानेहरुको संख्या बढेको झण्डै पन्ध्र दिन हुन लागिसकेको छ । उपत्यकाबाट दिनहुँ लाखौंको संख्यामा मानिसहरु बाहिरिएका छन् । दशैं मनाउन आफ्नो जन्मथलो फर्किएकाहरुमा पहिलाजस्तो खुशी देखिएको छैन ।
अहिले सार्वजनिक यातायातमा होस् या निजी प्लेटको सवारीसाधनमा आफ्नो गाउँघर जानेहरु पहिलाजस्तो नयाँ कपडा र भरिपूर्ण झोलाहरु बोकेर गइरहेको देखिदैँन । पुराना कपडा लगाएर मानिसहरु दशैं मनाउन गाउँघर फर्किएका छन् । यता, कतिपयको साथमा झोला देखेपनि पहिलाजस्ता सामानले भरिभराउ हुदैँन ।
त्यस्तै, खुट्टामा लगाएको जुत्ता, चप्पल पनि पुरानै देखिन्छन् । मानिसहरुले अनावश्यक रुपमा खर्च गरेको देखिदैँन । बरु खर्च कटौती गर्नतिर लागिपरेका छन् । यो अवस्था आउनुको प्रमुख कारण एकातिर काम गरेको ठाउँबाट तलब नपाउनु हो त अर्कोतिर जसोतसो बचत गरेको रकम पनि सहकारीले खाइदिनु हो ।
पैसा नभएपछि दशैं मनाउन आफन्त, साथीभाईसँग सरसापटी माग्दा उनीहरु आफ्रनै समस्या सुनाउँछन् । कोही घरजग्गामा लगानी गर्दा डुबियो भन्छन् त कोही सेयर र गाडीमा । यसपालिको दशैँ मनाउन धेरै सर्वसाधारणलाई गाह्रो भएको छ । ९५ प्रतिशत जनतालाई दशैं दशा बनेको छ ।
यता, ५ प्रतिशत सरकारी कर्मचारीहरु भने खुशीका साथ दशैं मनाइरहेका छन् । दशैं आएपनि मानिसहरुले घरमा आवश्यक पर्ने जिरामसलाबाहेक अरु केही किनेन् । न त नयाँ कपडा किने न त अनावश्यक खर्च नै गरे । जिरामसला समेत पाउमा किनेको मानिसहरु बताउँछन् । अहिले गाउँघर जान बसपार्कमा बसेका अधिंकाश मानिसहरु अब नफर्किने बताउँछन् ।
काठमाडौंमा एकातिर कोठा, सटर, फ्रल्याट भाडा महंगो, अर्कातिर रोजगारी र व्यापार छैन । त्यसकारण धेरैै मानिसहरु नफर्किने बताउँछन् । करिब दुई वर्षअघि दशैं आउन तीन महिना बाँकी हुदैँ मानिसहरु नयाँ कपडा, नयाँ झोला, जुत्तालगायत सम्पूर्ण सामान किन्थे । एक लाखले दशैं मनाउन पुग्नेमा मानिसहरु तीन लाखसम्म खर्च गर्थे ।
किनकि त्यसबेला रोजगारीका अवसर पर्याप्त थियो, काम गरेको ठाउँबाट महिना महिनामा तलब आउन्थ्यो, व्यापारव्यवसाय पनि उत्तिकै चलेको थियो । तर, अहिले महंगो, मन्दी र रोजगारीको अभावका कारण मानिसहरु दशैं मनाउन एक लाख लागेपनि २० हजारमा पुप्याउन खोजिरहेका छन् । जसरी भएपनि उनीहरु खर्च कटौती गर्नतर्फ लागेका छन् । गाउँघर जान बसपार्कमा आफ्ना अभिभावकसँग बसिरहेका बच्चाहरु च्याउच्याउ, बिस्कुटलगायत अन्य खानेकुरा मागिरहेका हुन्छन् ।
तर, अभिभावकहरु सुनेपनि नसुनेझैं बसेका हुन्छन् । बुढोपाकाले भन्थे, बच्चा रोइदिए पुग्छ, पाहुना आइदिए पुग्छ । अभिभावकसँग पैसा होस् या नहोस् तर बालबच्चा रोएपछि जसरी भएपनि उसले भनेको सामान किनिदिनु नै पर्छ । त्यस्तै, घरमा सामान होस् या नहोस् पाहुना आएपछि जहाँबाट भएपनि जोहो गरेर खुवाउनु नै पर्छ ।
मुलुकको अर्थतन्त्र नाजुक अवस्थामा पुगिसक्यो भनेर अहिले पनि प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गर्भनर स्वीकार गर्न तयार छैनन् । तर, बजारको हालको अवस्थाले मुलुकको अर्थतन्त्र जटिल बन्दै गएको प्रमाणित गर्छ । नेपालीहरु घुम्न तथा सामान किनमेल गर्न जाने भनेको काठमाडौंको न्यूरोड, ठमेल, महाबौद्ध, इन्द्रचोक, दरबारमार्ग हो ।
यहाँ स्वदेशी मात्र नभई विदेशी पनि त्यतिकै आइरहेका हुन्छन् । पछिल्लो समय यी ठाउँमा पनि धेरै सटर खाली भएको देखिन्छ । त्यस्तै, पसलहरुमा पनि एक जना पनि मान्छे सामान किन्न छिरेको देखिदैँन । अहिले सुनचाँदी पसलमा मानिसहरुको भीड देखिन्छ । तर, नयाँ सुन किन्न नभई आफुसँग भएको पुरानो सुन धितो राखेर पैसा लिनेको लर्को छ ।
अधिंकाशले आफुसँग भएको सुन धितो राखेर वा बेचेर त्यसबाट आएको पैसाले दशैं खर्चको जोहो गरेको देखिन्छ । हिजो ब्याजको प्रलोभनमा परेर मानिसहरुले सहकारीमा लाखदेखि करोडसम्म जम्मा गरेका थिए । अहिले भने सहकारी ब्याज र साँवा नै फिर्ता नगरी भागेको छ ।
बैंकमा पनि ५० हजारभन्दा बढीको चेक लिएर गएमा एकबाट अर्को शाखामा पठाइन्छ । तर, चेक भने साटिदैँन । बुढोपाकाले भन्थे, बलेको आगो सबैले ताप्छ, निभेर खरानी भएको आगो कसैले ताप्दैँन । अहिले कि त सरकारी कर्मचारी, राजनीतिक दलका नेतासँग छ कि त आफ्ना छोराछोरी अमेरिका, अस्टे्रलिया हुनेसँग छ ।
घरजग्गा, गाडी र सेयरमा लगानी डुबेको तथा व्यापारव्यवसाय चुलुम्मै भएको कुरा थाहा पाएपछि दशैं मनाउन दश हजार माग्दा समेत आफन्त, साथीभाईले नदिएको पनि सुनिन्छ । अहिले न त व्यापारव्यवसाय नै छ न त रोजगारी नै छ । दशैं सुरु भइसकेको छ । राष्ट्रपति र प्रधानमन्त्रीले दशैंमा सर्वसाधारणलाई दिने भनेको शुभकामना मात्र हो । उल्टै उनीहरु जनताले तिरेको करबाट दशैं मनाउँछन् । उनीहरुलाई जनताको केही मतलब छैन । उनीहरु त जनताले तिरेको करमा मोजमस्ती गर्न आएका हुन् ।
जनता भोकै बस्दा वा उपचार नपाएर रोग पालेर बस्दा समेत यो उनीहरुको चासोको विषय बन्दैन । अन्य मुलुकका नेता, खेलाडी तथा कलाकारले आफ्ना देशका नागरिक भोकै बसेको वा उपचार नपाएर रोग पालेर बसेको थाहा पाएमा आफुले कमाएको सम्पत्ति समेत दान गर्छन् ।
तर, हाम्रो देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने साढे दुई करोडको घडी हातमा बाध्छन् त राष्ट्रपति रामचन्द्र पौडेल पेट दुख्नेबित्तिकै जनताले तिरेको करबाट उपचार गर्न विदेश पुग्छन् । अन्य मुलुकका प्रधानमन्त्री, राष्ट्रपति सुरक्षाकर्मी नलिई सर्वसाधारण जसरी बजारको कुरा बुझ्रछन् ।
हाम्रा देशका प्रधानमन्त्री र राष्ट्रपति भने शौचालय जाँदा समेत चारैतिर सुरक्षाकर्मी राख्छन् । सुरक्षाकर्मीहरुले पनि जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । तर, उनीहरु मुलुकको भूमि संरक्षण गर्नतर्फ नलागि प्रधानमन्त्री, राष्ट्रपतिहरुको अघिपछि लागेर हिँड्छन् । नेपालको अधिंकाश भूमि छिमेकी मुलुक भनिने भारत र चीनले नै कब्जा गरिसकेको छ ।
तर, यसतर्फ कसैको ध्यान गएको छैन । सुरक्षाकर्मीले जागिर खाँदा देशको लागि मर्न तयार हुन्छु र जनताको सुरक्षा गर्छु भनेर कसम खाएको हुन्छ । छिमेकी मुलुकहरुले रातारात नेपालको भूमि कब्जा गरिसक्दा राष्ट्रको संरक्षण गर्न बसेका आर्मीहरु भने ब्यारेकभित्र जनताले तिरेको करबाट तलबभत्ता खाएर बसेका छन् ।
कि त राजनीतिक दलका नेताहरुको अघिपछि घुमेर बस्छन् । आर्मीले जनता र राष्ट्रको निम्ति केही काम नगरेपछि आर्मी हटाउनुपर्छ भनेर आवाज उठ्न थालिसकेको छ । अहिले पनि बाटो तथा मठमन्दिरमा धेरै मानिसहरु मागेर खान्छन् । राजनीतिक दलका नेता त्यो चाहेँ प्रधानमन्त्री प्रचण्ड नै हुन् या केपी ओली, शेरबहादुर देउवा बाटोमा हिँड्दा अघिपछि प्रहरीको गाडीको लाम लिएर हिँड्छन् ।
उनीहरु बाटोमा माग्न बसेका मानिसहरु देख्दैँन । यता, पूर्वराजा ज्ञानेन्द्र शाह पनि घरबाट बाहिर निस्कदा अघिपछि गाडीको लाम लिएर हिँड्छन् । उनलाई पनि जनताको केही मतलब छैन । पूर्वप्रधानमन्त्री नै होस् या पूर्वराष्ट्रपति सुरक्षाकर्मी नलिई एक्लै हिँडेको अहिलेसम्म सर्वसाधारण जनताले देख्न पाएका छैनन् । जो जनताले कर तिर्छ उही जनतामाथि सुरक्षाकर्मी लाँठी प्रहार गर्छ, राम्रो बोलीबचन गर्दैन तर जो जनताले तिरेको करमा मोजमस्ती गर्छ, भ्रष्टाचार गर्छ, उसलाई नै सुरक्षाकर्मीलाई सलाम ठोक्छ ।
विद्यालय गएपछि ज्ञान हासिल हुन्छ । राम्रो, नराम्रो कुराबारे थाहा पाइन्छ । अर्काेतर्फ विद्यालय जाँदा हिँड्नुपर्छ । बाटोमा हिँडेपनि सर्वसाधारणको जीवनबारे थाहा हुन्छ । तर, यहाँ प्रधानमन्त्री र राष्ट्रपति त कहिल्यै जनतासँग घुलमिल नै हुदैँन अनि कसरी उनीहरुले जनताको अवस्थाबारे थाहा पाउँछन् ।
बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा जनताको घरमा एक रात बिताउँथे । जनताको घरमा जे पाक्यो त्यही खान्थे । उनी हप्तामा एक पटक जनतासँग प्रत्यक्ष रुपमा कुराकानी गर्थे । जनताको गुनासो सुन्थे । अहिलेका राष्ट्रपति, प्रधानमन्त्रीलाई त जनताको घरमा जान लाज लाग्छ । जनतासँग कुरा गर्न उनीहरुसँग टाइम हुदैँन ।
तर, त्यँही जनताले तिरेको करमा मोजमस्ती गर्न भने उनीहरुलाई लाज लाग्दैँन । नेता भनेको त्यागी हुनुपर्छ अनि जनताले तिरेको करमा पेट दुख्नेबित्तिकै उपचार गर्न विदेश दौडिने र साढे दुई करोडको घडी लगाउने पनि नेता हुन्छ र । यस्ता शोषक, सामान्तीलाई जनताले कसरी प्रधानमन्त्री र राष्ट्रपति मान्ने ? जनता पनि यस्ताको विरोधमा कहिले सडकमा उत्र्रिने ? कहिले सञ्चारकर्मीहरुको उनीहरुको विरोधमा कलम चलाउने ?

प्रकाशित मिति: असोज २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend