Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्युतीय सवारी साधनः आजको आवश्यकता

रुषा थापा
कार्तिक १२ २०८०, आइतबार
विद्युतीय सवारी साधनः आजको आवश्यकता

दलालीहरुको लहैलहैमा नलागौं, विद्युतीय सवारीसाधनमा लगानी गरौं

नेपाल सरकारले २०७८ सालमा डिजेल र पेट्रोलबाट सञ्चालित सवारीसाधन २०८८ सालभित्र मुलुकभरबाट विस्थापन गरिसक्ने भनेर कानून बनाई राजपत्रमा निकालिसकेको छ । तर, अहिले यातायात कार्यालयहरुमा डिजेल र पेट्रोलबाट चल्ने हजारौं निजी प्लेटका सवारीसाधन दिनहुँ दर्ता भइरहेको छ ।
डिजेल र पेट्रोलबाट सञ्चालित सवारीसाधन तीन लाखदेखि २५ करोडसम्ममा खरिदबिक्री भइरहेको छ । बैंक तथा वित्तिय संस्थाले पनि यस्ता सवारीसाधन धितो राखेर ८० प्रतिशतसम्म कर्जा प्रवाह गरेको छ । सरकारको निर्णयानुसार अबको सात वर्षपछि यस्ता सवारीसाधन चल्न पाइन्न ।
अटो शोरुमहरुले भने डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधन धमाधम बेचिरहेका छन् । आफ्नो फाइदाको निम्ति अटो शोरुमहरुले सर्वसाधारण फसाउने र बैंक डुबाउने काम गरिरहेको छ । कतिपय जनतालाई अझै पनि सरकारको सो निर्णय थाहा छैन । जसका कारण उनीहरुले अटो शोरुमहरुको लौंलौंमा लागेर वा थाहा नभएर पनि यस्ता सवारीसाधन किनिरहेको पाइन्छ ।
अटो शोरुमहरुले बैंकका सञ्चालक र कर्मचारीहरुलाई घुस वा कमिशन दिएर पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई कर्जा मिलाइरहेको पाइन्छ । जनतासँग भएको रकम अटो शोरुमले उठाएको छ भने बैंकको ऋण पनि बोकाइरहेको छ । उदाहरणका लागि एक करोडको गाडी किन्दा व्यक्तिसँग २० लाख मात्र छ भने अटो शोरुम आफैंले ८० लाख रुपैयाँ मासिक किस्ता र ब्याज तिर्ने सर्तमा बैंकबाट मिलाइदिन्छ ।
यता, चार लाखको सवारीसाधनमा ८० हजार सर्वसाधारणसँग लिएर तीन लाख २० हजार बैंकबाट लोन मिलाइदिइन्छ । बैंकको ब्याज भनिने बेला १६ प्रतिशत भनिन्छ । तर, हिसाब गर्ने बेला ४८ प्रतिशत हुन्छ । त्यस्तै, सवारीसाधन बीमाको रकम पनि वर्षेपिच्छे लाखौं तिर्नुपर्छ । तीन किस्ता नतिर्नेबित्तिकै बैंकले गाडी तानेर लग्छ ।
बैंकका चेयरम्यान र कर्मचारीहरुलाई घुस भए पुग्छ । अटो शोरुमहरुले बैंकका सञ्चालक र कर्मचारीलाई लोन मिलाएबापत दिने रकम पनि गाडीमै जोडेको हुन्छ । अटो शोरुमहरुले यस्तो ठग्दा समेत अझै जनताको आँखा नखुले कहिले खुल्ने ? हिजो आनाको दुई लाख पर्ने जग्गा बैंकबाट कर्जा मिलाइदिने भन्दै दलालीहरुले ६० लाखमा बेचे ।
बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर ३५ सयमा भिडाइयो । यति महंगो मूल्यमा घरजग्गा र सेयर किन्नेहरुको आज रुवाबासी चलेको छ । उनीहरुलाई मर्नु कि बाँच्नु भइरहेको छ । बैंकमा भएको पैसा सर्वसाधारण जनताको हो । आफ्नो पैसा सुरक्षित हुनुका साथै ब्याज आउने लोभमा जनताले बैंकमा बचत गरेका हुन् ।
तर, बैंकका सञ्चालक र कर्मचारीहरुले घुस र बढी ब्याजको प्रलोभनमाआँखा चिम्लेर घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा बचतकर्ताहरुको रकम जोखिममा परेको छ । हिजो यँही क्षेत्रमा लगानी गर्दा सहकारीहरु रातारात भाग्नुपरेको थियो । करोडौं बचतकर्ताको खर्बो रकम डुब्यो । अब बैंकका बचतकर्ताहरु पनि यँही पीडाबाट गुज्रिने चिन्ता पैदा भएको छ ।
विकसित मुलुकमा पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ । किनकि यस्ता सवारीसाधनले वातावरण प्रदूषण गर्नुका साथै मुलुकमा व्यापार घाटा समेत हुदैँ आएको छ । नेपालमा २०७२ असोज ३ गते संविधान बन्यो । संविधान बनेलगत्तै भारतले नाकाबन्दी गप्यो । कारण थियो, उसको इच्छाअनुरुप नेपालमा संविधान बनेन् ।
भारतको नाकाबन्दीलगत्तै नेपालमा पेट्रोल र डिजेलबाट सञ्चालित सवारीसाधन थन्किन पुग्यो । ग्याँस अभावका कारण कतिपयले दाउरामा खाना पकाएर खाए त कतिपयले विद्युतीय चुलोबाट । यता, पेट्रोल र डिजेल नभएपछि भने सबै सवारीसाधन थन्किन पुग्यो । कतिपय त महंगो पैसा तिरेर पेट्रोल र डिजेल आफ्नो घरमा राखेका थिए । पछि आगो लागेर उनीहरुको परिवार नै सखाप हुन पुग्यो । यसले गर्दा त्यतिखेर पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन किन्ने सर्वसाधारण र सरकारको आँखा खुल्यो ।
विद्युतीय गाडी किनेको भए भारतले नाकाबन्दी गर्दा समेत केही हुदैँन थियो भन्ने सोच सर्वसाधारण र सरकारमा आयो । विद्युतीय गाडी हुँदा एकातिर आफ्रनै मुलुकमा पर्याप्त विद्युत पाइने र भारतबाट इन्धनका निम्ति बिन्ति गर्नु नपर्ने त हुने अर्कोतिर वातावरण पनि स्वच्छ रहने । इन्धनबाट चल्ने सवारीसाधनले वातावरण प्रदूषण गर्नुका साथै मानिसको स्वास्थ्यमा समेत नकारात्मक असर पार्दै आएको छ ।
त्यसमाथि यस्ता सवारीसाधन किन्दा मुलुकले ठूलो व्यापार घाटा बेहोनुपरेको छ । भारतले इन्धनको मूल्य बढाएर पठाउनेबित्तिकै नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाउँछ । त्योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउँछन् । त्यसकारण विद्युतीय सवारीसाधन हुँदा भाडा पनि सस्तो हुन्छ अनि यात्रुले पनि सेवासुविधा पाउँछन् ।
सर्वसाधारण जनताले अब पेट्रोलर डिजेलबाट चल्ने सवारीसाधन किन्नुहुदैँन । बैंकले पनि यस्ता सवारीसाधनलाई कर्जा प्रवाह गर्नुहुन्न । यसो गरेमा बैंकले टाट पल्टिने छ । अब सरकारले विद्युतबाट चल्ने कालो र हरियो प्लेटको नयाँ ट्याक्सीको दर्ता मुलुकभर खोल्नुपर्छ । त्यस्तै, विद्युतबाट चल्ने फोस्टक ट्याम्पो र ढुवानी गाडी पनि दर्ता खोल्नुपर्छ ।
विद्युतीय सवारीसाधनलाई बैंकले पनि प्रोत्साहन गर्दै कर्जा प्रवाह गर्नुपर्छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनमा एक दिनमा दुई हजारको इन्धन लाग्छ । तर, विद्युतीय सवारीसाधन सयदेखि डेढ सयमा चार्ज गरी दिनभर चलाउन सकिन्छ । यसरी विद्युतीय सवारीसाधन किन्दा धेरै नाफा हुन्छ ।
यता, विद्युतीय सवारीसाधन आफ्रनै घरमा चार्ज गर्दा पनि हुन्छ । पेट्रोल पम्प धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुन्छ । उपत्यकाभित्र होस् या बाहिर ४५ प्रतिशत वातावरण प्रदूषण डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनक भएको बताइन्छ । जाडो महिनामा यस्ता सवारीसाधनको प्रदूषणका कारण उपत्यका पूरै ढाकिन्छ ।
कतिपयलाई त प्रदूषणका कारण विभिन्न रोग समेत लाग्छ । त्यसैले, अब सरकारले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन ०८८ सालभित्र हटाइसक्ने भनेर गरेको निर्णय विज्ञापन बोर्डले सर्वसाधारणलाई जानकारी गराउनुपर्छ । सञ्चारमाध्यमहरुले पनि जनतालाई यसप्रति सचेत गराउनुपर्छ । सरकार आफैंले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन अबको केही वर्षभित्रै मुलुकभरबाट हटाउने निर्णय गरिसकेको छ ।
तर, सरकारी निकायहरुले अझै पनि यस्ता सवारीसाधन दर्ता गरिरहेका छन् । त्यो पनि करको लोभमा । हिजो समयमै खेतीयोग्य जमिन खण्डीकरण गर्न नदिएको भए वा घर बनाउन नदिएको भए दलालीहरुले सर्वसाधारणलाई फसाउन पाउँदैनन् थिए । दलालीहरुले त्यँही जग्गा खण्डीकरण गरेर सर्वसाधारणलाई लाखदेखि करोडसम्ममा बेचे ।
यत्रो महंगोमा जग्गा किन्ने व्यक्ति र त्यो जग्गामा लगानी गर्ने बैंक दुवै डुब्ने अवस्थामा पुगेको छ । सरकारकै कमीकमजोरीका कारण बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर पनि दलालीहरुले सर्वसाधारणलाई ३५ सयमा बेचे । सरकार राजस्वको लोभमा पर्दा आज लाखौं जनताको उठीबास भएको छ । बैंक टाट पल्टिने अवस्थामा छ ।
अझै पनि सरकारले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन दर्तामा रोक नलगाउने हो भने यस्तो गाडी किन्ने व्यक्ति र यसमा लगानी गर्ने बैंक दुवै नराम्ररी डुब्नेछ । उदाहरणका लागि बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी सरकारी जग्गा भूमाफियाहरुले व्यक्तिको नाममा जग्गा गरे । अहिले त्यो जग्गा किन्ने व्यक्ति र त्यो जग्गामा अर्बो लगानी गर्ने बैंक पनि डुबेको छ । दलालीहरुले यसरी सर्वसाधारण फसाउँछन् भन्ने यो त एउटा उदाहरण मात्र हो ।
अब सरकारले पनि कि त पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन २०८८ सालभित्र हटाउने भनेर गरेको निर्णय फिर्ता लिनुपर्छ होइन भने यस्ता सवारीसाधन दर्तामा रोक लगाउनुपर्छ । जनता र बैंक डुबाउने काम बन्द गर्नुपर्छ । अटो शोरुमहरुले त आफ्रनो फाइदाका निम्ति जनता र बैंकदुवै डुबाइरहेका छन् । जनताले पनि अब सरकारको निर्णयलाई ख्यालठट्टामा लिनुहुन्न ।
२०८८ सालपछि सरकारले पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनको रोडपर्मिेट र दर्ता खारेज गरिदिनेछ । त्यसैले, सरकारले दश वर्षअघि नै यसबारे जनतालाई सचेत गराएको छ । तर, जनता मनोमानी ढंगले यस्तो सवारीसाधन किन्छन् भने त्यसमा राज्यको केही दोष रहदैँन । अटो शोरुमहरुको पोलिसीमा सर्वसाधारण फसिरहेका छन् अनि बैंक डुबिरहेको छ ।
सरकारले निर्णय बेवास्ता गरेर धमाधम कर्जा प्रवाह गर्दा अधिंकाश बैंक डुब्ने अवस्थामा पुगेको छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन बेच्ने अटो शोरुमहरुको आफ्रनै बैंक पनि छ । उनीहरु आफैं नाफा खाएर यस्ता गाडी बेच्छन् अनि बढी ब्याज खान कर्जा पनि मिलाइदिन्छन् ।
त्यसैले, अब आफु पनि पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन नकिनौं र अरुलाई पनि जोगाऔं । सरकारको निर्णयलाई मध्यनजर गर्दै विद्युतीय सवारीसाधन किनौं र लगानी गरौं । अब सर्वसाधारण जनता आफैं सचेत बन्नुपर्छ । पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधन बेच्ने अटो शोरुमको पछि नलागौं । सरकारको निर्णयबारे जानकार रहौं अनि विद्युतीय सवारीसाधन किनौं ।

प्रकाशित मिति: कार्तिक १२ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ८ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend