Hamro Koshi Aawaj

शुक्रबार, कार्तिक २० २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, शुक्रबार पनि ३ बजेसम्म कार्यालय खुल्ने

हाम्रो कोशी आवाज
माघ १६ २०८०, मंगलबार
आजदेखि सरकारी कार्यालय ५ बजेसम्म खुल्ने, शुक्रबार पनि ३ बजेसम्म कार्यालय खुल्ने

धरानः देशभरका सम्पूर्ण सरकारी कार्यालय आज देखि साँझ ५ बजेसम्म खुल्ने भएका छन् । सरकारले २०७९ साल चैत २ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी माघ १६ गतेदेखि कार्यालय समय बिहान १० देखि साँझ ५ बजेसम्म हुने जनाएको थियो ।
सरकारले गत कात्तिक १६ गतेदेखि यही माघ १५ गतेसम्म बिहान १० देखि अपराह्न ४ बजेसम्म तोकेको थियो । वैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ देखि चैत मसान्तसम्म कार्यालय समय साँझ ५ बजेसम्म सञ्चालन हुनेछन् । शुक्रबारका दिन बिहान १० देखि अपराह्न ३ बजेसम्म कार्यालय खुला रहने गृहमन्त्रालयले जनाएको छ । सरकारले दिउँसो १ः३० देखि २ बजेसम्म खाजा खाने समय निर्धारण गरेको छ ।

प्रकाशित मिति: माघ १६ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend