Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बजारमा अझै म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

रुषा थापा
माघ २६ २०८०, शुक्रबार
बजारमा अझै म्याद गुज्रिएका सामान छ्यापछ्याप्ती

बजारमा म्याद गुज्रिएका खाद्य सामग्री, औषधी फेला परिरहेका छन् । आम सर्वसाधारण व्यापारी तथा व्यवसायीहरुले आफ्नो स्वार्थको लागि म्याद गुज्रिएका सामान समेत बेचिरहेको गुनासो गर्छन् । मासु पसलेहरुले पनि खसीको भनी बोका र राँगाको भनी भैंसीको मासु बेचिरहेको सुनिन्छ ।
सिमेण्टी, डण्डी र रंगमा पनि त्यस्तै छ । म्याद सकिएको सिमेण्टी र रंग बेचिन्छ । डण्डी पनि कमसल र तोकिएको बमोजिमको तौल हुदैंन । फलफूल, दही, दूध पसलेहरुले पनि कुहिएको, बासी वा म्याद गुज्रिएको सामान बेचिरहेका छन् । होटल, रेस्टुरेन्ट, मिठाई पसलहरुमा त सबै कुहिएको, सडेको सामान बेचिन्छ ।
व्यापारीहरुले खानै नहुने सामान समेत महंगो शुल्क लिएर बेचिरहेको आम उपभोक्ताको गुनासो छ । पछिल्लो समय विवाह, व्रतबन्ध, बर्थ डे सबै पार्टी प्यालेन्समा मनाइन्छ । तर, पार्टी प्यालेन्स व्यवसायीहरुले सर्वसाधारणको स्वास्थ्यको ख्याल नगरी खानै नहुने कुहिएको, सडेको वा गुणस्तरहीन खानेकुरा खाना खुवाएको पाइन्छ ।
पार्टी प्यालेन्समा खाना खाएकाहरु अधिंकाश बिरामी पर्ने गरेका छन् । कतिपयको त त्यँही खानाका कारण ज्यानै समेत गएको पनि घटना छन् । भाटभटेनी,, सुपरमार्केट, बिगमार्टमा पनि म्याद गुज्रिएको, सामानको तोकिएबमोजिम तौल हुने नगरेको आम उपभोक्ता बताउँछन् । अहिले सर्वसाधारण यहाँ सामान किन्न जादैंनन् ।
साना किराना पसलेदेखि ठूला व्यापारीले समेत म्याद गुज्रिएको, गुणस्तरहीन र कम तौल सामान बेचिरहेका छन् । यतिसम्म कि व्यापारी तथा उद्योगीहरुले सामानको उपभोग मिति सकिएपछि मेसिनमार्फत सो मेटाएर नयाँ लेभिङ गरेर समेत खाद्य सामग्रीलगायत विभिन्न वस्तु बिक्रीवितरण गरेको पाइन्छ ।
यता, ब्यूट्री पार्लरहरुले राम्रो बनाउने नाममा विभिन्न केमिकल मिसिएका वा म्याद गुज्रिएका मेकअपका सामग्री प्रयोग गरी मानिसको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । विशेषतः महिलाहरुको । मेकअप गर्नुञ्जेलसम्म त राम्रो देखिन्छ । तर, केही समयपछि त्यसले मानिसको छालामा विभिन्न दाग वा छालासम्बन्धी रोग समेत निम्त्याउने गरेको छ ।
यसले एकातिर मानिसहरुको पैसा खर्चिने गरेको छ त अर्कातिर छालासम्बन्धी रोग समेत निम्तिने गरेको छ । अहिले स्वस्थ मानिसलाई समेत निजी अस्पतालहरुले विभिन्न रोग छ भन्दै उपचार गर्ने नाममा लुट्ने क्रम बढ्दो छ । कतिपयको त उपचार गर्दागर्दै पैसासँगै ज्यानै समेत गएको पनि थुप्रै घटना छन् । कानूनमा लोकल रक्सी बेच्न पाइन्न ।
तर, भट्टी पसलेहरुले खुलेआम लोकल रक्सी बेचिरहेका छन् । राँगाको हड्डी, जुत्ता, झुठो भात वा फोहोर कपडाको प्रयोग गरी रक्सी बनाएर आफ्नो फाइदाका निम्ति आम सर्वसाधारणको स्वास्थ्यमाथि यीनीहरुले खेलबाड गरिरहेका छन् ।
पछिल्लो समय बजारमा पाइने सबैजसो सामान केमिकल वा विषादी औषधी मिसाएको पाइन्छ । व्यापारीहरुले पैसाको लागि सर्वसाधारणको ज्यानै जोखिममा पारेका छन् । पढलेख नभएका सिधासाधीलाई आफु कमाउनका लागि जबरजस्ती ट्याटु बनाउन लगाइन्छ । ट्याटु बनाउँदा कतिपयको नसा वा हड्डीमा लाग्छ ।
त्यसले, विभिन्न प्रकारका रोग समेत निम्त्याउने गरेको छ । अहिले पनि धामीझाँक्री र माताको नाममा सर्वसाधारणलाई ठगेको पाइन्छ । आफ्नो वडा वा नगरभित्र के भइरहेको छ ? भनेर वडाध्यक्ष र मेयरलाई थाहा छैन । आफ्नो एरियाभित्र कसले कालोबजारी गरिरहेको छ ? कसले कसरी ठगिरहेको छ ? कसले सार्वजनिक सम्पत्तिको दोहन गरिरहेको छ ? भनेर प्रहरी प्रशासनलाई समेत केही थाहा छैन ।
यता, सिडियो र सरकारलाई त केही मतलब नै छैन । बजार अनुगमन गर्न सम्बन्धित निकाय चासो दिदैंन । बजारमा अधिंकाश पसल दर्ता बिनै सञ्चालन भइरहेका छन् । चिसा पसलदेखि किराना पसल, शैलुन, डेरीलगायत दर्ता वा स्वीकृति बिनै सञ्चालन भइरहेको पाइन्छन् । बजार अनुगमन गर्ने नाममा कर्मचारीहरु तलबभत्ता खान्छन् । र, सेवासुविधा लिन्छन् ।
तर, बजार अनुगमन गर्न भने कहिल्यै कर्मचारीहरु बाहिर निस्किदैंनन् । पेट्रोल पम्प व्यवसायीहरुले पेट्रोलको सिल तोड्ेर पेट्रोल बेचेका छन् । सर्वसाधारणले पैसा महंगो र्तिछन् तर तोकिएअनुसार पेट्रोल पाउँदैनन् । यता, ग्याँस पनि कम तौलको आउन थालेको छ । हरेक वस्तु तथा सेवामा सर्वसाधारणलाई ठगिएको छ ।
यातायात व्यवसायीहरु पनि यात्रुलाई ठग्नु ठग्छन् । सरकारले एक किलोमिटरबाट पाँच किलोमिटरसम्म १९ रुपैयाँ भाडा तोकेको छ । तर, व्यवसायीहरुले यात्रुसँग चढ्नेबित्तिकै २५ रुपैयाँ असुल्छन् । २० वर्ष कटेका थोत्र्रा, पुराना र कबाडी गाडी बाटोमा धुँवाको मुस्लो फ्रयालेर गुडिरहेका छन् । यद्यपि, ट्राफिक भने देख्दैंन ।
ट्राफिक अनुगमन गर्दैन । बाटोमा जतातिर घाम चर्किएको हुन्छ, त्यतैतिर ट्राफिक बसिरहेको देखिन्छ । यता, यातायात व्यवस्था विभागका कर्मचारीहरु त झनै अनुगमन गर्दैनन् । सायद, उनीहरुलाई त अनुगमनको मतलब पनि थाहा छैन होला । सरकारले राष्ट्र सेवक भन्ने कर्मचारीहरुलाई घुस खान र भ्रष्टाचार गर्न बाहेक केही आउँदैन ।
उनीहरु जनताले तिरेको करबाट तलबभत्ता खान्छन् । पोसक लगाउँछन् । सरकारी गाडी चढ्छन् । तर, तीनै जनताको काम गर्न अल्छी र लाज मान्छन् । काम अघि नै उनीहरुलाई घुस चाहिन्छ । बजारमा म्याद गुज्रिएका सामानहरु छ्यापछ्याप्ती भेट्न्छिन् । व्यापारीहरुले आफ्नो फाइदाको लागि सर्वसाधारणको जीवनसँग खेलबाड गरिरहेका छन् ।
बिडम्वना, सरकार केही गर्दैन । सर्वसाधारणको स्वास्थ्य खेलबाड होस् या महंगी बढोस्, सरकारी कर्मचारीलाई मतलब हुन्न । किनकि सरकारले विदेशीसँग ऋण लिएर भएपनि यीनीहरुलाई तलबभत्ता खुवाउँछ । कर्मचारीहरुले अनुगमन नगर्दा व्यापारीहरुले सर्वसाधारणको स्वास्थ्यमाथि त खेलबाड गरिरहेकै छन् सँगै राज्यलाई समेत ठगेका छन् ।
अर्बो राजस्व छलेका छन्, व्यापारीहरुले । तर, कर्मचारीहरुले अनुगमन नगर्दा वा कारबाही नगर्दा यीनीहरुलाई झन् प्रोत्साहन मिलेको छ । वडा र नगरपालिकासँग आफ्नो कार्यक्षेत्रभित्र कति घर बनाइएको छ ? र, कति घर भाडामा लगाइएको छ ? भन्ने विवरण छैन ।
अहिले घरधनीहरु घर बनाएर महंगोमा भाडामा लगाउँछन् । तर, घर बनाएको र भाडामा लगाएबापतको राजस्व सरकारलाई तिर्दैनन् । एउटै कोठाको मासिक पाँच हजारदेखि पन्ध्र हजार भाडा असुल्छन्, घरधनीहरु । त्यस्तै, एउटा सटरको ३० हजारदेखि १६ लाख, एक फ्रल्याटको २० हजारदेखि दुई लाख भाडा असुल्छन् ।
सार्वजनिक जग्गा समेत भाडामा लगाएर घरधनीहरुले भाडा असुलेको पाइन्छ । यद्यपि, सरकारको फितलो अनुगमन वा काम कारबाहीका कारण घरधनीहरु राज्य र जनता ठग्न सफल भइरहेका छन् । घर भाडामै लगाएर महिनाको लाखदेखि करोड उठाउँछन, घरधनीहरु ।
तर, राज्यले यसबाट सुको कर पाउँदैन । एउटा घरमा करोडदेखि अर्बसम्म लगानी गरिएको छ । त्यसको पनि घरधनीहरु राज्यलाई कर तिर्दैनन् । अब सरकारले दश लाखभन्दा बढी लगानी गरिएको घरधनीलाई अनिवार्य रुपमा घरेलु र कम्पनीमा दर्ता गरी पञ्जीकरण गर्नुपर्ने व्यवस्था लागू गर्नुपर्नेछ । अटेरी गर्ने घरधनीहरुको राज्यबाट उपलब्ध हुने सेवासुविधा कटौती गरिदिनुपर्छ । घर सम्पन्नताको प्रमाणपत्र खारेज गर्नुपर्छ वा दिनुहुन्न ।
केही वर्षयता जताततै घरैघर देखिन्छ । जोकोहीको घरजग्गामै लगानी छ । तर, राज्य भने राजस्वविहीन भइरहेको छ । घरजग्गमा मात्र मानिस तथा बैंक तथा वित्तिय संस्थाको लगानी छ । औद्योगिक क्षेत्रमा गर्नुपर्ने लगानी घरजग्गामा गएर फ्रिज हुँदा आज मुलुकमा बेरोजगारी बढेको छ । अर्थतन्त्र संकटमा परेको छ ।
सबै स्थानीय तहमा आआफ्नो प्रहरी छ । कर्मचारी पनि छन् । तर, बजारमा के भइरहेको छ ? भनेर स्थानीय तहहरुका प्रहरी र कर्मचारीहरु अनुगमन गर्न निस्किएको पाइदैंन । अहिले व्यापारीहरु आफू भरपुर कमाउँछन् । राज्यलाई भने कर तिर्दैनन् । जनता पनि महंगी, बेरोजगारीका कारण कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।
कर नै नउठेपछि सरकारी खर्च धान्न पनि मुस्किल हुन्छ । कर्मचारीहरु १० बजे कार्यालय पुग्नुपर्नेमा १२ बजे पुग्छन् । अनि बेलुका ५ बजेसम्म बस्नुपर्नेमा २ बजे नै निस्किन्छन् । कार्यालय गएपनि हिटर ताप्ने, गफ गर्ने वा अफिसको फोनबाट आफन्तसँग कुरा गर्ने बाहेक कर्मचारीहरुको केही काम हुदैंन ।
अनि कर्मचारीहरुले काम नै नगरेपछि कसरी राजस्व उठ्छ ? कसरी जनता ठगिनबाट जोगिन्छन् ? र, कसरी देश विकास हुन्छ ?

प्रकाशित मिति: माघ २६ २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • मेस्सीका छोरा खेल्दैछन् फुटबल

    धरानः लियोनल मेस्सीका जेठा छोरा थियागो हाल १३ वर्षका भए । मेस्सीले खेल्ने अमेरिकी क्लब इन्टर मियामीको एकेडेमीमा मिडफिल्डरको रूपमा खेल्ने थियागोले बुबाकै प्रतिष्ठित...

    • ३ दिन अगाडी
    • ८ मिनेट पाठ
  • रास्वपाकी सांसद नै आएर बाँडिन् सुकुम्बासीलाई धनीपुर्जा

    धरानः अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको...

    • ४ दिन अगाडी
    • २ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • धरानको पिण्डेश्वरमा लोकल बम

    धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) देखिएका छन् । पहिलो सोमबार लोकल (स्थानीय) भक्तजन त्यहाँ पुगेका हुन् । प्रत्येक वर्ष...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ
  • शिक्षकले छात्रालाई अश्लील म्यासेज पठाएपछि खैलाबैला

    धरानः मोरङको सुन्दरहरैंचामा विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैंचा नगरपालिका १० का ४० वर्षीय प्रदीप भट्टराई, सुन्दरहरैंचा...

    • ७ दिन अगाडी
    • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend