Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आउँदैछ एसईई परीक्षा, कसरी राम्रो नतिजा ल्याउने ? यस्ता छन् ९ टिप्स

हाम्रो कोशी आवाज
माघ २९ २०८०, सोमबार
आउँदैछ एसईई परीक्षा, कसरी राम्रो नतिजा ल्याउने ? यस्ता छन् ९ टिप्स

एसईई परीक्षामा कसरी राम्रो नतिजा ल्याउन सकिन्छ ? धेरै विद्यार्थीको मनमा यो प्रश्न हुनु स्वभाविक हो । परीक्षाको तिथि नजिकिंदैछ र यसको तयारी पनि गरिरहेकै होलान् ।
यद्यपि हाम्रा बालबच्चाको प्रवृत्ति के छ भने परीक्षाको बेला ‘टुपी बाँधेर’ वा ‘घुँडा धसेर’ पढ्ने, अनि अन्य दिनमा पढाइमा उति ध्यान नदिने । यसले परीक्षालाई सहज र नतिजा राम्रो बनाउँदैन, मात्र तनाव बढाउँछ ।
त्यसैले परीक्षामा राम्रो अङक ल्याउनका लागि कसरी पढ्ने भन्ने सही विधि अपनाउन जरुरी छ ।
१. समयतालिका तयार गरौं
पढ्नका लागि एउटा निश्चित समयतालिका तयार गरौं । एउटा सादा कापीमा राम्ररी तालिका बनाएर पढ्ने ठाउँमा टाँस्न सकिन्छ । यसरी तालिका बनाउँदा सबैभन्दा कठिन लाग्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ । यसरी तालिका बनाएर पढ्दा अनावश्यक कुरामा समय बर्बाद हुँदैन ।
२. पढेको कुरा मनन गर्ने र लेख्ने
हामीले जुन पाठ पढ्यौं त्यसलाई बुझ्ने प्रयास गरौं । अनि आफूले बुझेको कुरालाई कापीमा लेख्ने अभ्यास गरौं । कुनैपनि कुरालाई याद गर्ने सबैभन्दा प्रभावकारी विधि हो यो । यसरी अध्ययन गरिएको कुरा हामी सहज रुपमा लेख्न सक्छौं ।
३. स्वपरीक्षा लिने
आफूले पढेका पाठबाट आफैंले प्रश्न बनाउने र त्यसको जवाफ लेख्ने अभ्यास गरौं । यस्तो अभ्यास गर्दा हामीले परीक्षाकै शैली अपनाउन सकिन्छ । परीक्षामा झैं कुनैपनि कुरा नछुटाई बुँदा, उदाहरण आदि उल्लेख गर्दै आफैंले प्रश्न बनाएर आफैंले जवाफ लेख्ने अभ्यास गरौं । यसरी जवाफ लेख्दा हुबहु किताबको कुरा लेख्नेभन्दा पनि आफूले बुझेको कुरा मौलिक ढंगले लेखौं ।
४. अप्ठ्यारा कुरा नोट बनाएर भित्तामा टाँस्ने गरौं
कतिपय कुरा सहजै ग्रहण गर्न सकिंदैन । स्मरण गर्दा पनि नआउन सक्छ । त्यस्ता कुरालाई ठूलो अक्षरमा नोट बनाएर भित्तामा वा बोर्डमा टाँस्ने गरौं । त्यही कुरा बारम्बार देखिरहेपछि हामीलाई स्मरण गर्न सहज हुन्छ ।
५. आराम लिने
कुनैपनि कुरा एकोहोरो पढ्दा सबै कुरा हाम्रो मस्तिष्कले ग्रहण गर्दैन । त्यसैले निश्चित समयमा विश्राम लिने गर्नुपर्छ । धेरै तनाव लिएर वा जोड–जबर्जस्ती पढ्नेभन्दा आफूलाई सहज लाग्ने ढंगले पढ्नु प्रभावकारी हुन्छ । धेरै तनाव लिनै हुन्न ।
६. गहिरो सास लिने, पानी पिउने
हाम्रो स्वास्थ्य ठीक भयो भने मात्र पढेका कुराहरु हामीले बुझ्न सक्छौं । यसका लागि स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । पढिरहेको समयमा गहिरो सास लिने, पर्याप्त पानी पिउने, ताजा फलफूल खाने, हल्का व्यायाम गर्नेजस्ता अभ्यास एकदमै राम्रो हुन्छ ।
७. मनोरञ्जन र खेलमा पनि समय दिने
पढाइमा विश्राम लिएर बेलाबेला गीत सुन्ने, गीत गाउने, रमाइलो गर्ने वा आफूलाई जुन कुरामा मनोरञ्जन हुन्छ, त्यो गर्ने बानी राम्रो हो । गाउने, खेल्ने कुराले फूर्तिलो र ताजा राख्छ । यस्तो अवस्थामा पढेको कुरा सहजै ग्रहण गर्न सकिन्छ ।
८. पर्याप्त निद्रा पु¥याउने
परीक्षाको बेला कतिपय रातभर जागा रहन्छन् र एकोहोरो पढ्ने गर्छन् । यसरी पढ्नु उचित होइन । परीक्षाको बेला निद्रा पुगेन भने कुनैपनि कुरालाई सही ढंगले स्मरण गर्न र लेख्न सकिंदैन । त्यसैले पर्याप्त सुत्नुपर्छ । कम्तीमा सातदेखि आठ घण्टासम्म गहिरो निद्रा लिनैपर्छ ।
९. पढेको कुरामा छलफल गर्ने
आज हामीले जुन पाठ पढ्यौं, त्यस विषयमा साथीभाइ वा परिवारसँग छलफल गर्नु निकै प्रभावकारी हुन्छ । पढेको पाठमै केन्द्रित रहेर छलफल गर्दा त्यसलाई नयाँ आयामबाट बुझ्न र स्मरण गर्न सहज हुन्छ । साथै पढाइ मात्र होइन आफ्नो खानपान, जीवनशैलीमा पनि उत्तिकै ध्यान दिनुपर्छ । पढाइमा तनाव लिनु जरुरी छैन । बरु रचनात्मक ढंगले परीक्षा दिन्छु भनेर तयारी र अभ्यास गर्नुपर्छ ।

प्रकाशित मिति: माघ २९ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • लोभ, अहंकार र प्रतिशोध: सामाजिक तथा संस्थागत विनाशका कारण

    -तोमनाथ उप्रेती मानव समाजको विकासलाई स्थिर, न्यायपूर्ण र विश्वसनीय बनाउने आधार नैतिक मूल्य, सामाजिक विश्वास र जिम्मेवार व्यवहार हुन्। जब व्यक्तिको सोच र व्यवहारमा लोभ,...

    • ४ दिन अगाडी
    • ७ मिनेट पाठ
  • धरानलाई नठगिने बजार बनाउन सकिन्छ !

    बेदप्रसाद सापकोटा, धरान उपमहानगरपालिका बजारलाई गुणस्तरीय, स्वच्छ, पारदर्शी र उपभोक्तामुखी बनाउन व्यवस्थित बजार अनुगमन अपरिहार्य छ । व्यवसायीलाई व्यावसायिक मर्यादा र कानुनको परिधिभित्र राख्न तथा...

    • ५ दिन अगाडी
    • ६ मिनेट पाठ
  • ग्याँस नपाउँदा कोठाभाडामा बस्ने भोकै !

    अहिले सबै नागरिकको गुनासो एउटै छ–ग्याँस पाइएन । ग्याँस नपाउँदा डेरामा बस्ने झनै समस्यामा परेका छन् । सरकारले २१ सय ६५ रुपैयाँ तोकेको ग्याँस...

    • ५ दिन अगाडी
    • ७ मिनेट पाठ
  • लोककल्याणकारी विज्ञापन कटौटीः छापा पत्रकारिता संकटमा

    सरकारले लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने निर्णय गरेपछि नेपाली छापा पत्रकारिता फेरि एकपटक गम्भीर संकटको मोडमा पुगेको छ । सरकारका लागि यो बजेट व्यवस्थापन,...

    • ६ दिन अगाडी
    • १२ मिनेट पाठ
  • झापातर्फ: जहाँ धरतीले हरियालीमा इतिहास लेख्छ

    -तोमनाथ उप्रेती पूर्वको क्षितिजतर्फ जाने यात्राहरूमा एउटा अनौठो आकर्षण हुन्छ। सूर्य त्यतैबाट उदाउँछ। उज्यालो पनि त्यतैबाट आउँछ। त्यसैले पूर्वको यात्रा सम्भावनातर्फको यात्रा पनि हुन्छ। यही...

    • ७ दिन अगाडी
    • १८ मिनेट पाठ
  • भोटेकोशी महाप्रलय बित्यासः अब पाठ सिकौं

    पछिल्लो समय बजारमा व्यापक चर्चा छ–काठमाडौं उपत्यका छिट्टै भासिन्छ । चिया पसलदेखि सार्वजनिक स्थलसम्म यही कुरा भइरहेको सुनिन्छ । यद्यपि, यो सत्य हो या...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend