Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज प्रजातन्त्र दिवस, यस्ताे छ गणतन्त्र नेपालमा प्रजातन्त्र दिवसको महत्व

हाम्रो कोशी आवाज
फाल्गुन ७ २०८०, सोमबार
आज प्रजातन्त्र दिवस, यस्ताे छ गणतन्त्र नेपालमा प्रजातन्त्र दिवसको महत्व

आज राष्ट्रिय प्रजातन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ।
गणतन्त्र स्थापनापछि केही समय ओेझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ। दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।
दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ।
सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ।
वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ।
प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो। उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो। तर गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो।
सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निणर्य गरेको हो। संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ।
सरकारले घरघरमा दिपावली बाल्न र राष्ट्रिय झण्डा झुकाउन समेत आह्वान गरेको छ।

नेपाली राजनीतिक इतिहासमा परिर्वतनकारी पहिलो खुड्किलो विसं २००७ साललाई मानिन्छ। नेपालमा शासन गर्दै आएको १०४ वर्षको राणा शासनको अन्त्य भई पहिलोपटक प्रजातन्त्र आएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि राजा त्रिभुवनले तत्कालीन राजनीतिक दललाई सहयोग गर्दै राजमुकुट नै छोडेर भारतमा गएका थिए ।
तत्कालीन नेपालका राजा त्रिभुवन भारत गएसँगै नेपाली राजनीतिक दलमा हौसला आयो । फलस्वरुप नेपालमा एकतन्त्रिय राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको पनि सुरुवात हुन पुग्यो ।
भलै, नेपालमा प्रजातन्त्रको बहाली गर्न सहयोग पुर्याएका त्रिभुवनकै सन्तान तत्कालिन राजा ज्ञानेन्द्रलाई २०६२ र ०६३ सालमा १९ दिनसम्म चलेको जनआन्दोलनले हटाएको थियो ।
यससँगै नेपालको राजनीतिक ढाँचा र स्वरुप बदलिएर सङ्घीय गणतन्त्र नेपाल भएको छ। मुलुकमा गणतन्त्र घोषणा भएको १४ वर्ष पुग्दा पनि प्रजातन्त्र दिवस मनाउन भने छाडिएको छैन।
जनआन्दोलनको जगमा भएको निर्वाचनबाट गठित संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय गणतन्त्र घोषणा गरेको थियाे। तरपनि नेपाल सरकारले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको छ।
गणतन्त्र नेपालमा प्रजातन्त्रको महत्व
२००७ सालमा प्रजातन्त्र आएको मुलुकमा लोकतन्त्र हुँदै सङ्घीय गणतन्त्र स्थापना भइसकेको छ। नेपालको राजनीतिक भौगोलिक संरचनादेखि संविधानसम्म गणतन्त्रको छाप परिसकेको छ। तर,प्रजातन्त्र दिवसको अस्तित्व भने कायम रहँदै आएको छ।
प्राध्यापक डा. सुरेन्द्र केसीका अनुसार प्रजातन्त्रले नेपालमा पहिलो पटक संवैधानिक राजतन्त्रको व्यवस्थाको सुरुवात गर्यो । उनका अनुसार ‘बेग्लाबेग्लै परिघटना भए पनि प्रजातन्त्रको जगमा आधुनिक गणतन्त्र नेपाल हुन सम्भव भएको हुनाले प्रजातन्त्रको महत्व रहेको छ।’
परिवर्तन हुन नसकेको नेपाल
नेपालमा प्रजातन्त्र स्थापनाका लागि गरिएको आन्दोलनदेखि गणतन्त्रसम्मको इतिहास हेर्ने हो भने प्रत्येक दश वर्षमा आन्दोलन हुँदै आएको छ। प्रजातन्त्रले नेपालमा एक युगान्तकारी परिवर्तनको बाटो बनाएको थियो। तर, बाटो धुमलिएर नेपालको विकासमा अनेक बाधा उत्पन्न हुन पुग्यो।
यसैबीच संघीय गणतन्त्र नेपालमा प्रजातन्त्रले भिन्न प्रकारको महत्व राख्दै आएको छ। डा. केसी भन्छन् –‘प्रजातन्त्रले संवैधानिक राजतन्त्रको व्यवस्था गर्यो, तर लामो समय टिक्न सकेन। अहिले गणतन्त्रको हालत पनि त्यस्तै रहेको छ।’ उनी थप्छन्, –‘प्रजातन्त्रको अवधिमा नै राजनीतिक दलको इच्छाशक्ति नहुनु विडम्वनाको कुरा हो। अहिले पनि हालत उस्तै छ।’
कुनै फरक छैन
नेपालमा २००७ सालमा आएको प्रजातन्त्रको व्यवस्था र अहिले गणतन्त्रको अवस्था उस्तै रहँदै आएको डा. केसी बताउँछन् । उनले भने,–‘प्रजातन्त्रको समयमा दलहरु सत्तामा जाने खेल अहिलेसम्म उस्तैगरि चल्दै आएको छ। पछिल्लो समयमा सत्ता खेल मात्र होइन भ्रष्ट्राचार, अन्याय, अत्याचार, शोषण बढ्दै गएको छ।’

प्रकाशित मिति: फाल्गुन ७ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • १० घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend