Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बैंक तथा वित्तीय संस्थाको आतंक !

हाम्रो कोशी आवाज
असार १९ २०८१, मंगलबार
बैंक तथा वित्तीय संस्थाको आतंक !

सरकारी कार्यालय सार्वजनिक बिदाबाहेक बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ला रहनुपर्ने कानूनी व्यवस्था छ । तर, कर्मचारीहरु बिहान १२ बजे आउँछन् अनि ३ बजे नै घरतिर लाग्छन् । यसबाट सर्वसाधारणमा पर्ने असरबारे कर्मचारीहरुलाई केही मतलब छैन । कर्मचारीहरु काम गर्न होइन, गफगाफ गर्न र दिन कटाउन कार्यालय आउने गरेका छन् ।
त्यसमाथि सेवाग्राहीको काम त उनीहरु गर्दै गर्दैनन् । जनताले तिरेको करबाट तलबभत्ता, सेवासुविधा वा गाडी प्रयोग गर्छन् । यद्यपि, तीनै जनताको काम गर्न उनीहरु मान्दैनन् । एउटा सानो कामको लागि समेत महिनौं दिन अड्काउँछन् । यता, निजी संघसंस्था, प्राइभेट बैंक तथा वित्तियहरुमा काम गर्नेहरु बिहान ९ बजे नै कार्यालय पुग्छन् । र, बेलुका ७ बजेसम्म काम गर्छन् ।
कानूनमा समेत निजी संघसस्था, कम्पनीमा काम गर्नेहरुलाई समेत बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मात्र काम लगाउन पाइने उल्लेख छ । त्यस्तै, सार्वजनिक बिदाको दिन छुट्टी दिनैपर्छ । तर, निजी संघसंस्था, बैंक तथा वित्तिय संस्थामा काम गर्नेहरुलाई यस्तो छैन । उनीहरु तोकिएभन्दा बढी समय त काम गर्न बाध्य छदैं छन् सँगै तलब पनि कम दिइन्छ ।
यता, अहिले बजारमा अधिकांश सर्वसाधारण बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुले ऋणलाई राति १० बजे समेत फोन गरेर थर्काउने गरेको बताउँछन् । यति मात्र नभई सार्वजनिक बिदाको दिन समेत फोन गरेर टचर दिने, बिहानै ऋणीको घरमा आइपुग्नेजस्ता काम पनि गर्ने गरेको बताइन्छ । यसले ऋणीलाई थप पीडा दिएको छ ।
बैंक तथा वित्तिय संस्थाहरुको यस्तो टर्चरका कारण कतिपय ऋणी आत्महत्या मर्नुपर्ने अवस्थामा समेत पुगेका छन् । अनि उनीहरुले भोलि आत्महत्या गरे त्यसको जिम्मा कसले लिन्छ ? केही वर्षअघि उपत्यका बाहिर लघुवित्तबाट ऋण लिएकाहरु व्यक्तिहरु साहु वा लघुवित्तका कर्मचारीहरुका कारण दिनभर जंगलमा बस्ने राति मात्र घरमा आउने गरेको सुनिन्थ्यो ।
अहिले त काठमाडौं उपत्यकाभित्र यस्तो घटना सुनिन्छ । उपत्यकाभित्रै बैंक तथा वित्तिय संस्थाका कारण सर्वसाधारणमा आतंक सिर्जना भएको छ । दिनरात बैंकका कर्मचारीहरुले ऋणीलाई फोन गरेर थर्काउनुका साथै उनीहरुको घरमै पुगेर हातपात समेत गर्ने गरेको सुनिएको छ । हिजो घुस खाएर बढी ब्याज र सेवाशुल्क लिएर बैंकले कर्जा प्रवाह गर्यो ।
उदाहरणका लागि एक करोड ऋण दिँदा दश लाख घुस, दुई–तीन प्रतिशत सेवाशुल्क अनि ४८ प्रतिशतसम्म ब्याज लिए । घुस पाएपछि बैंकका सञ्चालक, कर्मचारीहरुले कमसल धितोलाई समेत करोडौं रुपैयाँ कर्जा प्रवाह गरे । सबै कर्जा घरजग्गा, गाडी र सेयरमै लगानी गरे । बैंक, वित्तिय संस्थाहरुले कृषकलाई कर्जा दिएनन् ।
उद्योगधन्दा खोल्न पनि कर्जा दिएनन् । दिए त घरजग्गा, गाडी र सेयरलाई मात्र । तर, केही वर्षयता यी क्षेत्रमा पनि मन्दी आएपछि बैंकको टाउको दुखेको हो । हिजो चार हजार कित्तामा किनेको सेयर अहिले सय रुपैयाँमा बिक्री हुन्न । करोडमा किनेको घरजग्गा र गाडी पनि लाखमा बिक्री हुँदैन । ऋणीले धितो बेचेर बैंकको ऋण चुक्ता गर्न चाहेपनि धितो किन्ने कोही छैन । बजार पूरै मन्दीमा छ ।
अहिले दैनिक होस् या सप्ताहिक पत्रपत्रिकामा घरजग्गा, गाडी र सेयर लिलामीका सूचना यत्तिकै देखिन्छन् । यो पत्रिकामा निकाल्दा लागेको पैसा पनि बैंकले ऋणलाई नै तिराउँछ । बैंक, वित्तिय संस्थाहरु अहिले ऋणीहरुलाई असार मसान्तभित्र रकम चुक्ता गर्न दबाब दिइरहेका छन् । नत्र धितो लिलाम गर्ने, तीन पुस्ता पत्रिकामा निकाल्नदिने र कालोसूचीमा राख्ने भनेर डर, त्रास देखाइरहेको बताइन्छ ।
जोकोहीले पनि ऋण लिएपछि त्यो तिर्नैपर्छ । तर, ऋण लिएकै भरमा उसलाई दिनरात धम्क्याएर आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्याउने अधिकार कसैसँग पनि छैन । कानूनले समेत बैंक तथा वित्तिय संसथालाई ऋणीले ऋण तिर्न नसके उसको धितो कानूनसम्बत लिलाम गर्ने अधिकार दिएको छ । यद्यपि, बैंक, वित्तिय संस्थाहरु धितो त लिलाम गर्छन् नै सँगै ऋणीलाई यति टर्चर दिन्छन् कि उस आत्महत्याको बाटोतिर लाग्छ ।
यहाँ करोडौं मानिसले बैंक तथा वित्तिय संस्थाबाट ऋण लिएका छन् । ९९ प्रतिशत सर्वसाधारणको घरजग्गा, गाडी र सेयर बैंक तथा वित्तिय संस्थाकै नाममा छ । हिजो बैंक, वित्तिय संस्थाहरुले आफ्नो फाइदाका लागि मिठो बोलेर, हाँसीहाँसी ऋण भिडायो । आम नागरिकले पनि विश्वास गरे अनि बैंकले भनेजसरी ऋण लिए । करोड मूल्य पर्ने धितो राखे ।
तर, सीधासाधी जनताले बैंक, वित्तिय संस्थाको रणनीति बुझेनन् । बैंक तथा वित्तिय संस्थाहरुले पहिल्यै ऋणको तीन किस्ता तिर्न नसके धितो लिलाम गर्ने भनेर कागजपत्र गराएका हुन्छन् । यता, ऋण दिने बेला चाँहि जहिले तिरेपनि हुनेजसरी फर्काउँछन् । अनि तीन किस्ता नतिर्नेबित्तिकै दिनरात फोन गरेर धम्क्याउनुका साथै करोडको धितो लाखमै पचाइदिन्छन् ।
अहिले ऋणी अर्थात् व्यक्तिको सबै चलअचल सम्पत्ति बैंक तथा वित्तिय संस्थाहरुले आफ्नो नाममा लगिसकेका छन् । यसले सुकुम्बासी समेत बढ्दै गएका छन् । कोही आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेका छन् त कोही बाटोमा माग्नुपर्ने अवस्थामा पुगेका छन् । यो राष्ट्रिय समस्या नै बनेको छ । सर्वसाधारण जनता भन्छन्, ‘बैंक, सहकारी, लघुवित्त र फाइनान्स चोर, ठग, दलाली हुन् ।’
तर, राज्य यो कुरा सुन्न तयार छैन । सरकारलाई जनताको मतलब छैन । दलाली, माफियाप्रति सरकार लागेको छ । यीनीहरुकै मतमा सरकार निर्णय गर्छ । बैंक, वित्तिय संस्था ठग, चोर हुन् भनेर जनताले बुझिसकेका छन् । त्यसैले, यसप्रति सर्वसाधारणको विश्वास घट्दै समेत गएको छ । चार दलालीहरुले करोडौं जनताको घरमा रुवाबासी गराएका छन् ।
बैंक, वित्तिय संस्था दलाली, घरजग्गा दलाली, गाडी दलाली र सेयर दलालीहरुका कारणआज करोडौं जनता घरबारविहीन भएका छन् । उनीहरु सडकछाप बनेका छन् । बैंक तथा वित्तिय संस्थाबाट घरजग्गा, गाडी र सेयर धितो राखेर ऋण लिएकाहरुलाई अहिले मर्नु कि बाँच्नु भइरहेको छ । यता, बचतकर्तालाई पनि यस्तै भएको छ ।
सहकारी भाग्यो । करोडौं बचतकर्ताको खर्बौ रकम सहकारीमा डुबेको छ । सहकारीकै कारण बचतकर्ताहरुको सडकमा बास भएको छ । अहिले बैंकमा बचत गरेका बचतकर्ताहरुमा समेत त्रास बढ्दै गएको छ । सहकारीजसरी कतै बैंक पनि त भाग्ने होइन भन्ने डर सर्वसाधारणमा बढ्दै गएको छ । अर्कोतर्फ बैंककै कर्मचारीले बचतकर्ताको रकम चोर्न थालेपछि त यसले झनै विश्वास पाएको छ ।
अहिले बैंकले धितो त धमाधम लिलाम गरिरहेको छ । तर, त्यो किन्ने कोही छैन । अब बजारमा झन् मन्दी आउँछ भनेर आम सर्वसाधारणले थाहा पाइसकेका छन् । अहिले बैंक, वित्तिय संस्थाको दर्ता खारेज गर्नुपर्छ भनेर जनआवाज उठिसक्यो । यद्यपि, सरकार सुनिरहेको छैन । सरकार अहिले पनि दलाली, माफियाकै हितमा लागेको छ ।
सरकारले अब कि त बैंक तथा वित्तिय संस्थाको आतंक बन्द गर्नुपर्छ । होइन भने ऋणीहरु सबै सडकमा उत्रिने छन् । जनताबाट चुनिएर आएका जनप्रतिनिधि र राजनीतिक दलहरु पनि बैंक तथा वित्तिय संस्थाको विरोधमा बोल्नुपर्छ ।

प्रकाशित मिति: असार १९ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend