Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

छोराछोरी विदेश जाँदा र त्यहाँ पुगेर काम गर्दा रमाउने हामीहरू

रुषा थापा
कार्तिक ४ २०८१, आइतबार
छोराछोरी विदेश जाँदा र त्यहाँ पुगेर काम गर्दा रमाउने हामीहरू

अवसरको खोजीमा नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ । अहिले रोजगारी र शिक्षाका निम्ति जोकोही पनि विदेश पलायन भएको पाइन्छ । रोजगारीका लागि अधिकांश युवाहरु खाडी मुलुक पुग्ने गरेका छन् भने शिक्षाका लागि विकसित देश ।
अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकहरु पछिल्लो समय नेपाली युवाहरुको प्लस टु अध्ययनपछि शिक्षा प्राप्तिको अर्को गन्तव्य बनिरहेको छ । यी देशमा शिक्षाकै लागि ठूलो संख्यामा नेपाली विद्यार्थी गएका छन् ।
यता, आफ्ना छोराछोरीले त्यता गएर ठुलो प्रगति गरेको भन्दै स्वदेशमा रहेका आमाबुबाले गुनगान गउने गरेका छन् । उनीहरु भन्छन्, ‘अमेरिका, अस्ट्रेलिया, क्यानडा कति विकसित भइसक्यो । खाडी समेत विकास भइसक्यो । तर, नेपाल ज्यूँको त्युँ अवस्थामा छ ।’
विडम्बना, उनीहरु आफ्ना छोराछोरीले मुलुकको विकास र समृद्धिका लागि गरेको कामबारे केही बोल्दैंनन् । नेपाली आमाको कोखबाट जन्मिएको शिशु पनि नेपाली हो । जन्मिएको १६ वर्षपछि सरकारले उसलाई नागरिकता दिन्छ । शिक्षा, स्वास्थ्य प्रदान गर्छ ।
राज्यबाट त उपलब्ध सेवासुविधा उपलब्ध गर्छन् तर जब उनीहरुको पालो आउँछ राज्यको साथ दिने तब देशमा केही नभएको भन्दै विकसित मुलुक पलायन हुन्छन् । के साँच्चिकै नेपालमा केही पनि छैन त ? यहाँ उच्च शिक्षा हासिलका लागि विश्वविद्यालयहरुको अभाव छ ?
नेपाल सरकारले नै बनाइदिएको राहदानी बोकेर विदेशिन्छ । तर, विदेशमा सेटल भएपछि नेपाली नागरिकता नै त्यागिन्छ । यतिसम्म कि विदेशमा बसेर नेपालबारे अनावश्यक कुरा गरिन्छ अनि आफ्नो नेपालमा भएका अभिभावकलाई पनि विदेश बोलाइन्छ ।
अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा जान अहिले एउटै विद्यार्थीले १५ लाखदेखि ४० लाख रुपैयाँसम्म खर्चिएको पाइन्छ । यी मुलुक जाने भन्नासाथ आफन्त, साथीभाइले पनि तत्काल ऋण वा सापटी दिन्छन् । तर, नेपालमै केही गर्छुभन्दा घरपरिवारले समेत साथ दिदैंनन् ।
यी देश गएकाहरुले पहिल्यै नेपालबाट यत्रो पैसा लैजान्छन् । विडम्बना, त्यहाँ कमाएको रकम भने एक सुको नेपालमा पठाउँदैनन् । उल्टै यहाँ भएको आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर उत्तै लैजान्छन् । अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडालगायत विकसित मुलुकमा नेता, कर्मचारी, व्यापारीहरुकै सन्तति रहेको पाइन्छ ।
उनीहरुले आफ्ना छोराछोरीसहित गैरकानूनी रुपमा आयआर्जन गरेको सम्पत्ति पनि विदेश पठाएका छन् । अनि यहाँ बसेर आफ्ना छोराछोरीले दिनरात कमाएर अमेरिका, अस्ट्रेलिया, क्यानडामा घर जोडेको दाबी गर्छन् । जबकी त्यो कालोधनले घर जोडिएको हुन्छ ।
भनिन्छ, ‘जन्मदिने आमा र जन्मभूमि कहिल्यै नबिर्सिनु ।’ तर, यो शब्दमै सीमित हुन थालेको छ । अहिले अमेरिका, अस्ट्रेलिया, क्यानडा पुगेका नेपाली नागरिकहरु आफुलाई नेपाली भन्न समेत लजाउँछन् । हुन त उनीहरुले नेपाली नागरिकता नै त्यागिसके ।
राजनीतिक दलका नेताहरुले देशै बेचिसके । नेपाल धितो राखेर विदेशीसँग २७ खर्ब ऋण लिइसकेका छन् । तर, यसको विरोधमा न मुलुकमा भएका जनता सडकमा उत्र्रिन्छन् न विदेशमा गएका नेपाली नै । कसैलाई पनि देशको मतलब छैन ।
सबैलाई आफ्नो स्वार्थ पुरा गर्न पाए पुग्यो । नेता र कर्मचारीलाई विदेशीसँग ऋण लिएर मोजमस्ती गर्न पाए पुग्छ भने हामी जनता यो र त्यो पार्टीको कार्यकर्ता भन्दै हिँड्छौं । उता, खाडीमा भएका नेपाली युवाको अर्कौ दुःख छ ।
दिनरात रगतपसिना बगाएर कमाई पठाएको रेमिट्यान्स पनि यहाँका दलहरुले केही राखेनन् । अर्कोतिर वर्षौसम्म विदेशमा रहँदा पारिवारिक सम्बन्धमा दरार आएको छ । हुन त उनीहरु पनि कमाउन गएका हुन् । तर, यो बुझ्ने कसले ? जब परिवारले सदस्यले बुझदैनौं, बाहिरबाट त के नै आशा गर्नु ?
सय वर्षअघि नेपालको भूभाग धेरै थियो । तर, भारत र चीनले कब्जा गरेर लियो । बाँकी भएका भूभाग पनि राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुले विदेशीसँग धितो राखेर ऋण लिएर खाइसकेका छन् । यीनीहरुले भारत र चीनलाई भूभाग बेचेर ल्याएको पैसासहित विदेशीसँग नेपाल धितो राखेर ल्याएको २७ खर्ब ऋण पचाइसकेका छन् ।
यति मात्र नभई जनताले तिरेको कर र विदेशबाट नेपालीले पठाएको रेमिट्यान्स पनि झवाम बनाए । यत्रोले पनि अझै पुगेको छैन । अहिले पनि विदेशीसँग ऋण लिइरहने सोचमा दलहरु छन् । नेपाली जनतालाई भेडाबाख्राझैं विदेशमा बेच्ने राजनीतिक दलका नेता र कर्मचारी नै हुन् ।
अन्य मुलुकमा विकास हुनुको कारण नेताहरु इमान्दार हुनुका साथै जनता शिक्षित हुनु हो । सरकारले गलत काम गर्नेबित्तिकै पार्टी नहेरी त्यहाँका जनताले विरोध गरे । जसले गर्दा देशको भूभाग पनि बेच्यो र विकास पनि भयो । तर, हाम्रोमा यस्तो भएन ।
सरकारले देशै बेचेपनि आफ्नो पार्टीको भएमा हामी विरोध गदैनौं । जसको फाइदा नेता र सरकारी दुवै उठाइरहेका छन् । यीनीहरुले देश बेचिसक्दा समेत नेपाली जनताहरु चुपचाप छन् । हुन त यहाँ जनता एक जना पनि छैन । सबै पार्टीका कार्यकर्ता छन् ।
यदि मुलुकमा जनता भएको भए नेता र कर्मचारीले देश बेचिरहँदा यति शान्त हुदैँन्थो । किनकि जनता भनेको त देशको रक्षक बराबर नै हुन् । जसरी आफ्नो सन्ततिलाई चोट लाग्दा आमालाई दुख्छ, त्यसरी नै आफ्नो मातृभूमि बेचिन लाग्दा जनतालाई पनि चोट लाग्छ ।
तर, यहाँ त देश बेचिन लागिसक्दा समेत कोही पनि नेता र कर्मचारीको विरोधमा सडकमा आएको देखिदैँन । ‘देश बेच्न पाइदैँन, विदेशी ऋण चाहिदैँन’ भन्दै एउटै नागरिक पनि सडकमा प्रदर्शन गरेको भेटिदैँन । न त सुनिन्छ नै ।
अब सरकारले विदेशीसँग लिएको ऋण तिर्न सक्दैनन् । किनकि त्यो साँबाब्याज तिर्न आम्दानीको कुनै स्रोत नै छैन । अहिले त सरकार एउटासँग ऋण लिएर अर्कोको साँबाब्याज तिरिरहेको छ । तर, कहिलेसम्म यस्तो चलिरहन्छ ?
यहाँँ ३६ हजार जनप्रतिनिधि छन् । एउटै जनप्रतिनिधिले मासिक ५० हजारदेखि पाँच हजार रुपैयाँसम्म तलब खान्छन् । सेवासुविधा छुट्टै छ । पाँच लाखदेखि २५ करोड पर्ने गाडी चढ्छन् । यो जनताले तिरेको करबाट खरिद गरिएको हुन्छ ।
यता, अलिकति पेट दुखेमा जनताले नै तिरेको करबाट विदेशमा उपचार गर्न जान्छन् । जनप्रतिनिधिजस्तै लाखौं संख्यामा पेन्सन खाने कर्मचारी छन् । एउटै पूर्वकर्मचारीले महिनौंको लाखौंसम्म पेन्सन थाप्छन् । बहालवाला र करार कर्मचारी पनि त्यत्तिकै छन् ।
यस्तै, सुरक्षाकर्मी पनि लाखौं छन् । उनीहरुलाई तलबसँगै रासन पनि दिइन्छ । यो रासन जनताले तिरेकै करबाट दिइन्छ । यसमा मात्र दैनिकै करोडौं रकम खर्चिने गरेको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने मात्र झण्डै ४० लाख छन् ।
एउटैले चार हजार भत्ता प्राप्त गर्छन् । अनि यत्रो खर्चको आम्दानीको स्रोत के ? सरकार राजस्व उठाउनतर्फ चासो दिदैँनन् तर खर्च भने बढेको बढ्यै छ । सरकारमा बसेकाहरु विदेशीसँग ऋण ल्याएर जनप्रतिनिधि, कर्मचारीलाई तलबभत्तादेखि ज्येष्ठ नागरिकलाई भत्ता दिन्छन् त हामी नागरिक पनि त्यँही देश बेचेर ल्याएको पैसा उपभोग गछौं । अब पनि हामी सर्वसाधारण सडकमा उत्रिने कि आँखामा पट्टी बाँधेर बस्ने !

प्रकाशित मिति: कार्तिक ४ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend