Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तिहार नजिक आएपनि खुशी छैनन् व्यापारीहरू

रुषा थापा
कार्तिक ७ २०८१, बुधबार
तिहार नजिक आएपनि खुशी  छैनन् व्यापारीहरू

हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड दीपावली वा तिहार आउन पनि केही दिन मात्र बाँकी छ । तिहार आएपनि व्यापारीहरु खुशी देखिएका छैनन् । अधिकांश व्यापारी भन्छन्, ‘दशैँमा त व्यापार भएन । तिहारमा झन् के नै होला ।’ दशैँमा आफ्नो गाउँघर फर्किएका कतिपय अझै पनि फर्किएका छैनन् । सायद उनीहरु नफर्किन पनि सक्छन् ।
किनकि फर्किएर पनि कसरी जीविकोपार्जन धान्नु ? विभिन्न स्थानमा घर खाली रहेको पाइन्छ । घरको झप्याल, ढोका वा भित्तामा घरधनीहरुले ‘कोठा खाली’, ‘सटर भाडामा’, ‘टुप्लेट’, ‘फ्ल्याट खाली’ लगायत लेखेर टाँसेको पाइन्छ । भाडा तिर्न नसकेपछि कतिपय व्यापारीले सटर छोडिरहेको पनि देखिन्छ ।
बजार झन् झन् मन्दीतर्फ मोडिएको छ । मानिसको चहलपहल ह्वात्तै घटेको छ । कोही गाउँ फर्किए त कोही विदेश पलायन भए । असोजमा दशैँ थियो । सो अवधिमा पनि ५३ हजारभन्दा बढी नेपाली युवा वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेको सरकारी तथ्यांक नै छ । कात्तिक ६ गते सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार नौं सय पुग्यो ।
सुनको मूल्य बढेको बढ्यै छ तर सुन पसलमा किन्ने कोही छैन । बेच्नेको मात्र भीड देखिन्छ । यता, व्यापारीहरु सुन किन्दैनन् । बरु एक तोला सुन राखेर ५० हजार ऋण दिन्छन् । त्यो पनि मासिक ३६ प्रतिशत ब्याजदरमा । कर्जा तिर्न तीन महिनाको समय दिइन्छ । अनि सो अवधिभित्र कर्जा चुक्ता नगरे ५० हजारमा सुन पचाउँछन् ।
यस्तै, कपडा पसल, ब्युट्री पार्लर, होटल, रेस्टुरेन्टहरुमा पनि एक जना ग्राहक देखिदैँन । हार्डवेयरको व्यवसायमा पनि मन्दी आएको छ । फलाम, डण्डी, सिमेण्टीको किनबेच ठप्प भएको छ । सार्वजनिक ठाउँहरुमा मीटरब्याजमा ऋण लिने–दिनेहरु यत्तिकै भेटिन्छन् । चौतारा, पार्कमा बस्दा अधिकांशले मीटरब्याजमा ऋण मागिरहेको सुनिन्छ ।
यसरी ऋण दिँदा एक लाखकै मासिक पाँच हजारदेखि ३० हजार ब्याज लिइन्छ । पहिल्यै ब्याज काटिन्छ । कर्जा तिर्न एक महिनादेखि तीन महिनाको समय दिएको हुन्छ । र, सो अवधिभित्र तीन फिर्ता नगरेमा गुण्डा लगाएर उठाइन्छ । यति गर्दा पनि नसके चेक बाउन्स मुद्दामा ऋणलाई जेल हालिन्छ । अहिले अधिकांश सहकारी, लघुवित्त, फाइनान्सको बोर्ड हटाइएको पाइन्छ ।
बोर्ड राख्दा आक्रोशित पीडित बचतकर्ताले तोडफोड वा आगलागी गर्न सक्ने डरले घरधनी आफैंले बोर्ड हटाएका हुन् । उनीहरुले बोर्ड फेरि राख्न दिएका छैनन् । सहकारी, लघुवित्त, फाइनान्स ठग, चोर हुन् भनेर अहिले सबैजसोले थाहा पाएका छन् ।
यी संस्था भागिसकेका छन् । त्यो पनि करोडौं बचतकर्ताको खर्बौ रकम लिएर । यता, बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । बैंकमा समस्या देखिसक्यो । त्यसैले त बैंकहरु धमाधम आफ्ना शाखा कार्यालय बन्द गरिरहेका छन् । तर, यो कुरा बाहिरिन भने दिइएको छैन । केही वर्षयता घरजग्गा, गाडीमा व्यापक मन्दी छ ।
सेयरमा त जहिल्यै दलालीले चलखेल गरेर सर्वसाधारण डुबाउँदै आइरहेका छन् । अहिले मालपोत र यातायात कार्यालयमा सेवाग्राही नै भेटिदैँन । सेवाग्राहीको भीडले थेगिनसक्नु हुने यी कार्यालयमा अचेल चहलपहल नै छैन । घरजग्गा कारोबार गर्ने दलाली, बिचौलिा, लेखनदासहरुको उठीबास भएको छ ।
घरजग्गा कारोबारमा मन्दी आउनासाथ उनीहरुलाई जीविकोपार्जन गर्न कठिनाइ भएको छ । अधिकांश त चिया खाने समेत पैसा नभएको बताउँछन् । गाडी र सेयरमा पनि उस्तै छ । गाडीको किनबेच ठप्प छ । सेयरमा भने दलालीहरुको चलखेल कायमै छ । अहिले भाटभटेनी, सुपरमार्केट, बिग मार्टमा आम नागरिक जान छोडेका छन् ।
एकातिर यहाँको सामान महँगो अर्कोतिर गुणस्तरहीन, कम तौल, म्याद सकिएको । यसैले पनि यी ठाउँमा सर्वसाधारण जादैँनन् । निजी संघसंस्था, होटल, रेस्टुरेन्ट, फर्म, पसल वा घरायसी काम गर्नेहरुले मासिक तीन हजारदेखि दश हजार तलबमा काम गर्छन् । बिडम्वना, उनीहरुले यँही तलब पनि वर्षौदेखि पाएका छैनन् ।
यता, घरधनीहरु चोकचोकमा डेरामा बस्ने खोज्दै हिँडेको भेटिन्छ । उनीहरु चिनजान भएका पसलहरुलाई भन्छन्, ‘कोही डेरामा बस्ने आएमा मेरो घरमा ल्याइदिनु ।’ अधिकांश घरधनीहरु भाडामा बसिरहेकाले पनि भाडा नतिरेको गुनासो गर्छन् । डेराबहाल भने कि हामीलाई भाडा तिरेको बिल दिऔं कि वडा, नगरपालिकामा जऔं । नभए हामी भाडा तिर्दैनौं भन्छन् ।
घरधनीहरुले आफुहरुलाई ठगेको र राज्यलाई राजस्व छलेको कुरा भाडामा बस्नेहरुले थाहा पाए । हुन त घरधनीहरुले डेराबहाललाई ठग्नु ठगेका छन् । एउटा अध्याँरो सानो कोठाको मासिक भाडा पाँच हजारदेखि २० हजारसम्म असुलिन्छ । एक फ्ल्याटको ३५ हजारदेखि तीन लाख र एउटा सटरको २५ हजारदेखि १९ लाखसम्म भाडा घरधनीहरुले उठाउँदै आएका छन् । खाली सटर त २० देखि ५०–६० लाखमा किनबेच गरिन्छ । घरधनीहरुले डेराबहालसँग यत्रो भाडा उठाएपनि वडा कार्यालयमा भने आफ्नो घर महिनौंदेखि खाली रहेको, सित्तैमा आफन्त बसिरहेको वा सस्तो भाडामा लगाएको भनेर कर छल्दै आएका छन् ।
यद्यपि, यो कुरा डेराबहालले थाहा पाउनासाथ उनीहरु घरधनीविरुद्ध उभिएका हुन् । अर्को कुरा चर्को भाडा लिएपनि डेराबहाललाई सेवासुविधा भने केही नदिने । पानी न कपडा सुकाउने ठाउँ । पानी नदिएपनि पैसा भने दोब्बर लिने । बिजुली, फोहोर, इन्टरनेटको पनि जथाभावी पैसा असुल्ने । घरधनीहरुको अत्याचारविरुद्ध डेराबहालहरु खरो रुपमा उत्र्रिन लागेका छन् ।
बजारमा अधिकांश भन्छन्, ‘घरधनीलाई भाडा नतिरौं । तिर्ने परे वडा, नगरपालिकामा जऔं ।’ अब सरकारले पनि कोठा, सटर र फ्ल्याटको भाडा निर्धारण गरिदिनु पर्यो । सँगै भाडामा बस्नेले पाउने सेवासुविधा पनि तोकिदिनुपर्यो । अहिले घरधनीहरुले भूकम्पले चर्काएका वा भत्किन लागेका घर पनि चर्को मूल्यमा भाडामा लगाएका छन् ।
त्यसैले, अब सरकारले यो रोकिदिनुपर्यो । घरको वर्गीकरण गर्नुपर्यो । साथै, चर्किएका वा भत्किन लागेका घर भाडामा लगाउन रोक लगाउनुपर्यो । डेराबहालहरु घरधनीले मागेजति पैसा तिरेर भाडामा बसेका हुन् । अनि घरधनीहरु भने जस्तो पनि घर भाडामा लगाएर उनीहरुको जीवनमाथि खेल गरिरहेका छन् ।
अब सरकारले चर्किएका, भत्किन लागेका घरहरु भाडामा लगाउने घरधनीहरुलाई कारबाही गर्नुपर्छ । कानूनमा पैसा लिएपछि बिल अनिवार्य रुपमा दिनुपर्ने व्यवस्था छ । तर, घरधनीहरु डेराबहालसँग चर्को भाडा उठाउँछन्, बिलभ नै दिदैँनन् । अनि राज्यलाई तिर्नुपर्ने दश प्रतिशत घरबहाल कर पनि तिर्दैनन् ।
पछिल्लो समय घरधनीहरुको निद्रा र भोक नै हराएको छ । एकातिर घर खाली हुदैँ गएको छ भने अर्कोतिर बसिरहेका डेराबहालले पनि भाडा तिर्दैन । अधिकांश घरधनीहरुले घर भाडामा लगाएर आएकै पैसाले जीविकोपार्जन गर्दै आएका छन् । तर, घर खाली भएपछि वा डेराबहालले भाडा नै नतिरेपछि के गर्ने ?
पैसा नदिई पसलेले सामान दिदैँन । अनि पैसा घरधनीसँग छैन । फेरि इट्टा, ढुंग, बालुवा, सिमेण्टी त खान पनि मिल्दैन । यति मात्र नभई घर बैंकको नाममा छ । बैंकको साँबा ब्याज तिर्न समेत पैसा छैन । घर बेचेर ऋण तिर्न बिक्री हुदैँन ।
चार वर्षअघि तीन करोडमा बिक्री हुने घर अहिले त्यसको आधा मूल्यमा समेत बिक्दैँन । जसका कारण घरधनीहरु तनावमा छन् । उता, घरधनीले किस्ता तिर्न नसक्दा यसको असर बैंकमा पनि परेको छ । बैंकको लगानी घरजग्गा, गाडी र सेयरमा छ भनेर सबैलाई थाहा छ ।
फेरि यँही क्षेत्रमा मन्दी छ । यसैले, सहकारीजस्तै अब बैंक पनि छिट्टै डुब्ने देखिएको छ । सरकार अझै पनि अर्थतन्त्र र बैंक ठिकठाक छ भनेर ढाँटिरहन्छ कि सत्य कुरा बताएर सर्वसाधारणलाई डुब्नबाट जोगाउँछ ? अब यो हेर्न बाँकी छ ।

प्रकाशित मिति: कार्तिक ७ २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend