Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सडकमा सवारी साधन र घरमा टायलले लिँदै सर्वसाधारणको ज्यान, सरोकारवाला निकायको छैन ध्यान !

अनुषा थापा
कार्तिक २९ २०८१, बिहिबार
सडकमा सवारी साधन र घरमा टायलले लिँदै सर्वसाधारणको ज्यान, सरोकारवाला निकायको छैन ध्यान !

पछिल्लो समय सवारी दुर्घटना ह्वात्तै बढेको छ । केही दिनयता दर्जनौं सवारी दुर्घटनाका ठूला घटना भएका छन् । जसबाट सयौं यात्रुले अकालमा ज्यान गुमाउनुपरेको छ । यहाँ दिनहुँ सवारी दुर्घटना हुन्छ । तर, दुर्घटना न्यूनिकरण गर्नतर्फ सरकारको ध्यान केन्द्रित हुन सकेको छैन् ।
सवारी दुर्घटनाबाट आफन्त नगुमाएका वा अङ्गभङ्ग नभएका कमै होलान् । जसका कारण अब सवारी साधन चढ्न डराउनुपर्ने स्थिति बनेको छ । भगवान्को नाम जप्दै सवारी साधन चढ्नुपरेको छ । यता, कलिलै उमेरमा अकालमा सवारी दुर्घटनामा परेर ज्यान गुमाउँदा राज्य र परिवारलाई ठूलो क्षति पुगेको छ ।
दुर्घटना कसरी कम गर्ने ? सरोकारवाला निकायको चासोको विषय बनेको छैन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, स्थानीय पालिकाले दुर्घटना कम गर्न योजना बनाएर कार्यान्वयनमा ल्याउनुपर्यो । यातायात व्यवसायीले सीटभन्दा बढी यात्रु खाँदिरहेका हुन्छन् । गुन्द्रुक कोचेभन्दा बेस्सरी कोचिन्छ, यात्रु ।
त्यसता सवारी साधनलाई कारबाही गर्न ट्राफिक प्रहरीले तदारुकता देखाएको छैन् । यता, सवारी चालकले यात्रुको ज्यानसँग लापरवाही गर्छन् । थोत्रा, पुराना २० वर्ष कटेका सवारी साधनहरु चलाइरहेको अवस्था छ । तर, नियामक निकायको यसतर्फ आँखा गएको छैन् । उपत्यकाभित्र होस् या बाहिर, सवारी दुर्घटनामा परेर दैनिक दर्जनौंको अकालमा ज्यान गइरहेको छ ।
अंगभंग हुने त कति हुन् कति । सर्वोच्च अदालतले सीटभन्दा बढी यात्रु नहाल्न भनि आदेश दिएको छ । तर, कसले टेर्ने ? ट्राफिककै आँखाअगाडि ढोकासम्म खाँदेर गाडी दौडाइन्छ । यद्यपि, ट्राफिकले कारबाही गर्दैन् । टुलुटुलु रमिता हेर्छ । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे सवारी साधन दुर्घटनामा बिते ।
उनको अहिलेसम्म लाशसमेत भेटिएको छैन् । सर्वसाधारण मर्दा त सरकारले चासो दिएन्, तर ठूल्ठूला व्यक्तिले ज्यान गुमाउँदासमेत सरकार हात बाँधेर बसेको छ । घरबाट बाहिर निस्किएपछि त्यो मान्छे सध्ये फर्किन्छ कि फर्किँदैन् ? भन्न सकिन्न । सरकार त जनताको अभिभावक हो ।
जनताको ज्यान बचाउनु सरकारको दायित्व हो । तर, सरकार आफ्नो दायित्वबाट भागिरहेको छ । जसका कारण दुर्घटना घट्नुको साटो झनै बढिरहेको छ । मुलुकको सडकको अवस्था निकै दयनीय छ । सडकहरु जीर्ण छन् । जेब्राक्रसहरु मेटिएका छन् । जसका कारण ज्यानको जोखिम मोलेर सडक काट्नुपर्ने बाध्यता छ ।
ट्राफिक लाइटहरु व्यवस्थित छैन् । आकाशे पुल पनि टाढा–टाढा छन् । त्यसले गर्दा जथाभावी बाटो काट्ने क्रम बढ्दो छ । जहाँ बार देख्दैन्, त्यहीबाट बाटो काटिन्छ । बाटोमा ट्राफिक प्रहरी हुन्छन् । तैपनि उनीहरु ट्वा परेर हेरेर बस्छन् । सडक अनुशासन पालना गराउन उनीहरुको ध्यान नै जाँदैन् ।
ट्राफिक अब जिम्मेवार बन्नुपर्यो । सीटभन्दा बढी यात्रु हाले सवारीलाई धमाधम कारबाही गर्नुपर्यो । सवारी साधनको कागजपत्र चेकजाँच गर्नुपर्यो । प्रदूषण फाल्ने, कण्डिशन ठीक नभएका गाडीलाई कानुनको दायरामा ल्याउनुपर्यो । सरकारले जनताले तिरेको करबाट खम्बापिच्छे सिसीटिभी क्यामेरा राखेको छ । त्योसँगै ट्राफिक प्रहरी पनि खटिएको छ ।
तर, उपलब्धि के ? दोहोरो खर्च मात्र भइरहेको छ । एकातिर सिसीटिभीको खर्च, अर्कोतिर ट्राफिकको । स्पिडमा गाडी गुडाइराखेको हुन्छ । नो पार्किङ्गमा पार्क गरिरहेको हुन्छ । मापसे र लापसे गरेर सवारी साधन गुडाइरहेको हुन्छ । सरकारको खर्च बढिरहेको छ तर न दुर्घटना कम भयो न कानुन उल्लङ्घन गर्ने सवारी साधन कारबाहीलाई कारबाही भयो ।
देखाउनका लागि ट्राफिक र सिसीटिभी राखिएझैं देखिएको छ । पञ्चायतकालमा सरकारी कर्मचारीहरु ‘सरकारी काम, कहिले जाला घाम ?’ भन्थें, गणतन्त्रमा पनि त्यही नै भयो ।
टाइलले लिँदै ज्यान
केही समययता घरहरुमा टाइल हाल्ने क्रम बढेको छ । घरलाई सुन्दर बनाउनका निम्ति छत, भर्याङ्ग, ट्वाइलेटमा टाइल र मार्बल हालिन्छ । ती टाइल काल बनिरहेको छ । चिप्लिएर कतिबेला लड्ने हो, अङगभङग हुने वा ज्यान गुमाउने हो भन्न सकिन्न । स्वर्गीय प्रधानमन्त्री सुशील कोइरालाकै ट्वाइलेटमा चिप्लिएर ज्यान गयो ।
पूर्वसभामुख सुवास नेम्वाङको पनि ट्वाइलेटमै चिप्लिएर ज्यान गएको हो । त्यसअघि एमाले सांसद बालकृष्ण ढुंगेलको पनि ट्वाइलेटमै चिप्लिएर मृत्यु भयो । देशका प्रमुख व्यक्तिहरुले नै टाइलका कारण ज्यान गुमाए । तैपनि सरोकारवालाको आँखा त्यसतर्फ नजाँदा आश्चर्यचकित लाग्छ । दिनहुँ दर्जनौं नागरिकले ट्वाइलेटमा चिप्लिएर, भर्याङ्गबाट लडेर ज्यान गुमाउँछन् ।
भने कतिपय घाइते हुन्छन् । जाडो महिना आउँदै छ । जाडोमा ज्यान गुमाउनेको संख्या झनै बढ्छ । तातो पानीको लागि राखिएको गिजरकै कालको साधन बन्छ । हरेक वर्ष गिजरले ज्यान लिएको घटनाहरु हामी सुनिरहन्छौं । तैपनि मान्छेमा सचेतना जाग्दैन् न सरकारले सचेतना जगाउन सक्छ ।
तातो पानीका लागि थुप्रै माध्यम छ तैपनि गिजरको प्रयोग गरिन्छ । निस्सारिएर धेरैको बाथरुममै ज्यान जान्छ । सरकारले जनसचेतना फैलाएर जनताको ज्यानको सुरक्षा गर्नुपर्ने हो । विडम्बना, त्यसो गर्न सकिरहेको छैन् । जनताको के कारणले ज्यान गइरहेको छ ? सरकारले अध्ययन गर्नुपर्यो ।
अनि त्यसलाई सुधार गर्ने कि प्रतिबन्ध लगाउने ? त्यसरी अगाडि बढ्नुपर्यो । देशमा सदन छ । जनताबाट चुनिएर गएका सांसदहरु छन् । तिनलाई जनताले ऐनकानुन बनाउन त्यहाँ पठाएका हुन् । तर, उनीहरु कानुन नै बनाउँदैनन् । जनता मरेपनि उनीहरुलाई मतलब छैन् । हरेक मन्त्रालयमा मन्त्री छन् ।
विभाग, कार्यालय छ । जनताले गाँस कटाएर तिरेको करबाट तलब खुवाएर महानिर्देशक, कार्यालय प्रमुख राखिएको छ । तिनको काम के ? नाम मात्रको मन्त्री र महानिर्देशक छन् । एउटा निर्णय गर्नसक्ने क्षमता छैन् । यस्तालाई कुन मुखले मन्त्री र महानिर्देशक भन्ने ? जनता जाऊन् भाडमा, भ्रष्टाचार गर्न पाउँदा मख्ख ।
जनताको ज्यानको सुरक्षा गर्ने राज्य हो । राज्यले सबै जनतामाथि निगरानी राख्न सक्दैन् । तर, ऐनकानुन बनाएर, त्यसलाई कडिकडाउ रुपमा कार्यान्वयनमा लगेर जनताको ज्यानको सुरक्षा गर्न त सक्छ । विडम्बना, राज्यले त्यति पनि गर्न सकिरहेको छैन् । सवारी दुर्घटना रोक्नलाई त्यति धेरै कसरत गर्नुपर्ने नै देखिँदैन् ।
एसईई पास गरेकालाई मात्र लाइसेन्स दिने व्यवस्था गरौं । उमेर पनि २१ वर्ष नाघेको होस् । गाडीको अवस्था नियमित चेकजाँच गर्नुपर्ने, रोगीलाई लाइसेन्स नदिने, थोत्रा गाडी चलाउन नदिने व्यवस्था गरेर कडा रुपमा कार्यान्वयनमा लगौं । सीटभन्दा बढी यात्रु हाल्न नदिऔं ।
सवारी चालकलाई नियमित अभिमुखीकरण गरौं । ठाउँ–ठाउँमा चेकिङ्ग गरौं । जनता मरिसकेपछि लाश गन्ने होइन् । अंग्रेजीमा एउटा कथन छ,‘प्रिभेन्सन इज बेटर द्यान क्योर ।’ यो कथन लागु हुने हो भने कति राम्रो हुने थियो । तर, यसका लागि सरकार, नागरिक सबै आ–आफ्नो तहबाट जिम्मेवार बन्नुपर्यो ।
सरकारको मुख ताकेर मात्र हुँदैन् । जनता आफैंपनि सचेत बन्न जरुरी छ । दुर्घटना हुने वस्तुहरुबाट जनता आफैं टाढा बस्नुपर्छ ।

प्रकाशित मिति: कार्तिक २९ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ३ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • ७ दिन अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend