Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा युवालाई खुकुरी हान्ने युवायुवती सार्वजनिक

हाम्रो कोशी आवाज
माघ ७ २०८१, सोमबार
धरानमा युवालाई खुकुरी हान्ने युवायुवती सार्वजनिक

धरानः धरानमा खुकुरी प्रहार गर्ने युवायुवती पक्राउपछि सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिम्सिनाकाका अनुसार गत ५ गते धरान–१५ सदनरोडमा धरान–१५ बस्ने २१ वर्षीय रिजन राईमाथि धारिलो हतियार खुकरी प्रहार भएको थियो ।
सो घटनामा संलग्न रहेकाहरूमध्ये धरान–१३ बस्ने १८ वर्षीय उत्सव मगर, २१ वर्षीया विश्रान्ति मगर, धरान–८ बस्ने २२ वर्षीय रोमन गुरुङ, १७ वर्षीय प्रस्थान राई, धरान–५ बस्ने २१ वर्षीय सुदीप तामाङलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । ।
खुकुरी प्रहारबाट बाटोमा लडिरहेको अवस्थामा रहेको सूचना स्थानीयले दिएपछि प्रहरी त्यहाँ पुगेको थियो । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट प्रहरी सहायक निरीक्षक हरिनारायण राजवंशीको कमाण्डमा प्रहरी टोली खटेको थियो ।
घाइतेलाई तत्काल उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको र उपचार भइरहेको प्रहरीले जनाएको छ । राईको टाउको, बायाँ कुम, बायाँ हातको हत्केला र कुहिनामा काटिएको अवस्था तत्काल बोल्न नसक्ने गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रिजनलाई धारिलो हतियार प्रहार गरी उनीहरू भागेका थिए । धारिलो हतियार प्रहार गर्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय धरान तथा अन्य कार्यालयका समेत प्रहरी परिचालन गरी खोज्ने क्रममा प्र.१–०२–०५२ प ८९८५ नम्बरको स्कुटरसहित घटनामा संलग्नलाई पक्राउ गर्न सफल बनेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि पाँच दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । के कारणले घटना घटेको हो भन्नेबारेमा बुझ्न खोज्दा इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगूले फोन उठाएनन् ।

प्रकाशित मिति: माघ ७ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend