Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा अबदेखि कलेज पढ्ने सबै विद्यार्थीलाई निःशुल्करुपमा ‘एक विद्यार्थी एक ल्यापटप’ धमाधम बाँडिदै

हाम्रो कोशी आवाज
फाल्गुन ५ २०८१, सोमबार
धरानमा अबदेखि कलेज पढ्ने सबै विद्यार्थीलाई निःशुल्करुपमा ‘एक विद्यार्थी एक ल्यापटप’ धमाधम बाँडिदै

धरानः धरानमा अबदेखि कलेज पढ्ने छात्रछात्रा (विद्यार्थी) लाई एक विद्यार्थी एक ल्यापटप निःशुल्क बाँडिने भएको छ ।
धरान–१६ स्थित युएन, नवोदय कलेजमा प्लस २ पढ्ने विद्यार्थीहरूले अबदेखि निःशुल्क ‘ब्रान्डेड’ ल्यापटप प्राप्त गर्ने भएका हुन् । त्यसको लागि प्लस टु भने युएन, नवोदयबाट पास गरेको हुनुपर्ने छ । केहीदिनअघि होटल म्यानेजमेण्टअन्तर्गत बिएचएम प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क ‘डेल ब्रान्ड’ का ल्यापटप वितरण गरिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए ।
पब्लिक रिलेसन अफिसर रामबहादुर लिम्बूका अनुसार हालसम्म बिएचएम पढ्ने १४ जना छात्रछात्रालाई निःशुल्क ल्यापटप बाँडिएको छ । शिक्षण सिकाईलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उनीहरूलाई कम्प्युटर बाँडेपछि अभिभावक समेत हर्षित बनेको उनले जानकारी दिए ।
‘युएन, नवोदयमा प्लस टु पास गरेर बिएचएम पढ्ने सबै विद्यार्थीहरूले अबदेखि निःशुल्क ब्रान्डेड ल्यापटप प्राप्त गर्नेछन्’, उनले भने, ‘तर युएन, नवोदय कलेज नै अध्ययन गरेको विद्यार्थी भने हुनुपर्छ ।’
क्याम्पस प्रमुख तुम्बापोले अबको समय सूचना र प्रविधि, च्याट जिपिटि, एआई र डिपसिकको समय भएकोले ल्यापटप दिएपछि विद्यार्थीहरूलाई अध्ययन साथै अनुसन्धानमा सहयोग पुग्ने विश्वास लिइएको बताए ।
होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले ल्यापटपले विद्यार्थीमा पढाइको स्तर उकास्न सहयोग पुग्ने बताउँछन् । ‘खासमा ल्यापटपमा सबै कुरा सहजै भेट्न सकिन्छ, यसले विद्यार्थीको पढाइको स्तर अझ बढ्ने विश्वास गरेका छौं ।’
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले ल्यापटप अझै बाँडिने र त्यसले विद्यार्थीमा पढाइमा थप हौसला मिल्ने आशा राखेको बताए । उनका अनुसार कलेज कोशी प्रदेशकै उत्कृष्ट कलेजका रुपमा स्थापित भएको बताउँदै सोहीअनुसार विद्यार्थी र अभिभावककै हित साथै शैक्षिक गुणस्तरीयता वृद्धिमा थप टेवा पुग्नेछ ।

प्रकाशित मिति: फाल्गुन ५ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend