Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सामाजिक सञ्जाल बन्दले जोखिम‍‍, आफन्तसँगको सम्पर्क टुट्दै

हाम्रो कोशी आवाज
भाद्र २० २०८२, शुक्रबार
सामाजिक सञ्जाल बन्दले जोखिम‍‍, आफन्तसँगको सम्पर्क टुट्दै

धरानः सरकारले दर्ता नभएका फेसबुकसहितका सामाजिक सञ्जाल निष्क्रिय बनाएको छ ।

सर्वोच्च अदालत र मन्त्रिपरिषदको निर्णय अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरू निष्क्रिय बनाएको हो । सामाजिक सञ्जाल निष्क्रिय बनाएपछि यसले जोखिम निम्त्याउने खतरा बढेको छ । साइबर अपराध, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप र व्यापार व्यवसायमा धक्का पु¥याउने लगायतका जोखिम निम्त्याउने देखिन्छ ।

सरकारले सामाजिक सञ्जाल नियन्त्रण होइन, नियमन गर्नुपथ्र्यो । तर नेपालमा दर्ता हुन नआएको बहाना बनाएर सरकारले सबै भन्दा बढी चल्तिका सामाजिक सञ्जालहरु नियमनको साटो नियन्त्रण गर्ने बाटो रोजेको छ । सरकारविरुद्ध आउने अभिव्यक्तिहरु तत्कालका लागि बन्द त होलान् । तर यसले दिर्घकालीन रुपमा भने ठूलो असर पार्ने देखिएको छ ।

सामाजिक सञ्जालमाथि सरकारले लगाएको अंकुश अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दा फरक नपर्ला । अर्कोतर्फ सामाजिक सञ्जालहरु मुलुकको विद्यमान कानून अनुसार प्रक्रियामा आउनुपर्छ । त्यसो नहुँदा अहिले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने कदम चालेको छ । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे दर्ता हुन नआएको सामाजिक सञ्जालहरु बन्द गर्ने सरकारको निर्णय आपत्तिजनक रहेको बताउनुभएको छ । जसको माओवादी केन्द्रले विरोध गर्ने समेत उहाँले बताउनुभयो ।

सरकारले प्रचार-प्रसारका लागि सामाजिक सञ्जाललाई नै माध्यम बनाइरहेको थियो । आफूले गरेका काम र परिणाम जनतालाई थाहा दिन सरकारले सामाजिक सञ्जालको सहारा लिदै आएको थियो । अर्कोतर्फ प्राकृतिक विपदजन्य गतिविधिको सूचना प्रवाहमा समेत यसको ठूलो भूमिका रहेको थियो । बाढी-पहिरो जस्ता प्राकृतिक प्रकोपको पूर्वसूचना प्रवाह फेसबुक लगायतका सामाजिक सञ्जालबाट हुँदै आएको थियो ।

अब सूचना प्रवाहमा पनि समस्या आउने देखिएको छ । अर्कोतर्फ अधिकांश नेपालीहरु रोजगारीको सिलसिलामा विदेशमा छन् । फेसबुक, मेसेन्जर र ह्वाट्सएप जस्ता सञ्जाल उनीहरुलाई परिवारसँग प्रत्यक्ष जोड्ने सशक्त माध्यम बनेका थिए । यी सञ्जाल निष्क्रिय भएपछि उनीहरुको सम्पर्क माध्यम महँगो हुने देखिएको छ ।

यति मात्र होइन, यो कदमले व्यापार र व्यवसायमा समेत धक्का लाग्ने देखिएको छ । सर्वसाधारणले यिनै सामाजिक सञ्जाललाई माध्यम बनाएर देश विदेशमा समेत व्यापार व्यवसाय विस्तार गर्दै आएका थिए । युट्युब बन्द हुँदा साना ठूला मिडियाहरुको आम्दानी समेत प्रभावित हुने भएकाे छ । सामाजिक सञ्जालबाट सर्वसाधारणले मात्रै फाइदा उठाएका थिएनन् सामाजिक सञ्जालमा हुने विज्ञापन वापत राज्य पनि कर उठाउँदै आएको थियो ।

अब त्यो पनि बन्द हुने भएकाे छ । सामाजिक सञ्जाल बन्द गर्दा मानिसको जीवन शैलीदेखि आर्थिक क्षेत्रमा पर्ने असरको ख्यालै नगरी सरकारले फगत दर्ता हुन नआएको विषयलाई इगोको रुपमा लिनु आफ्नै खुट्टामा बञ्चरो हान्नु नहोला भन्न सकिंदैन । –नरेन्द महतारा

प्रकाशित मिति: भाद्र २० २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend