धरानः अन्तिम सिट्टी बज्नेबित्तिकै, लियोनेल मेस्सीमा भावना उर्लियो । उनले आफ्नो अनुहार खोलेको क्षण, सबैले आँशु बगेको देखे । उनी भावशुन्य वा भनौं स्थिर देखिन्थे ।
खेलको अन्तिम सिट्ठी बज्दा उनी भावविहवल देखिए; मानौं, २०२२ मा कतारमा आयोजित विश्वकपको उपाधि जितेपछि उनले फेरि यस्तो भावनात्मक उतारचढावको अनुभव गर्नुपर्ला भन्ने सोचेका थिएनन् । जब उनका टोलीका साथीहरूले उनलाई बधाई दिए र उनीहरूले दर्शकदीर्घामा रहेका अर्जेन्टिनाका समर्थकहरूसामु नृत्य गरे, तब उनका आँखाबाट आँसु झरे र उनले आफ्नो जर्सीले आँखा पुछे ।
१९ मिनेटअघि मात्रै उनी विश्वकप मञ्चमा अप्रत्याशितरूपमा नआउलान् वा अन्त्य हुँदैछ जस्तै देखिन्थ्यो । उनले पेनाल्टी गुमाए र अर्जेन्टिना राउन्ड अफ १६ मा इजिप्टसँग २–० ले पराजित भयो, आफ्नो विश्व उपाधिको रक्षा चकनाचुर भएको जस्तो देखिन्थ्यो । दोस्रो हाफमा केही समयको लागि, उनी स्तब्ध देखिन्थे, मानौं उनी र उनको टोलीलाई के भइरहेको छ भनेर बुझ्न असमर्थ थिए । र त्यसपछि केही क्लिक भयो । उनको भित्र आगो बलिरहेको जस्तो थियो । अनि लगभग आँखा झिम्क्याउनै लाग्दा, अर्जेन्टिना ३–२ ले अगाडि थियो र पहिलोपटक विश्वकप क्वार्टरफाइनलमा पुगेर इतिहास रच्ने नजिक पुगेको इजिप्ट क्लासिक रेमोन्टाडाको शिकार हुँदै बाहिरियो ।

मेसीले ७९ औं मिनेटमा क्रस प्रहार गरे जसमा क्रिस्टियन रोमेरोले हेडरमार्फत् गोल गरे । चार मिनेटपछि उनले आफैँले उत्कृष्ट ‘फस्र्ट–टाइम’ सटमार्फत् दोस्रो गोल गरे; सो बल गोलपोस्टको बारमा ठोक्किएर भित्र छिरेको थियो । एन्जो फर्नान्डेजले उत्कृष्ट काउन्टरअट्याक’ माफैत् गरेको निर्णायक गोलमा मेसीको प्रत्यक्ष भूमिका नभए पनि, अर्जेन्टिनाको अहिलेसम्मको कमजोर प्रदर्शनलाई उकास्ने काममा ‘मेसी–प्रभाव’ नै निर्णायक बन्यो ।
मेसीले रिसलाई दृढ संकल्पमा परिणत गरेर देखाएका छन् । उनमा देखिन्थ्यो गौरवशाली क्रोधः आँखाको आँशुबाट देखिन्थ्यो ऊ बदलिन्छ । उनले देखाए आफ्नो भित्री शक्तिलाई जागृत गर्दै खेलको स्तरलाई अझ माथि लैजान सक्ने क्षमता । इजिप्टले आफूमाथि आइपरेका सबै चुनौतीहरूको डटेर सामना गर्दा उनीहरू दृढतापूर्वक रक्षापंक्ति सम्हालिरहेका थिए र तीखो ‘काउन्टर–अट्याक’ गरिरहेका थिए । उनीहरूलाई गोलकिपर मोस्ताफा शोबेइरको बलियो साथ थियो, जसले मेसीको पेनाल्टी रोक्नुका साथै अन्य धेरै उत्कृष्ट बचाउहरू गरेका थिए । अर्जेन्टिनाका खेलाडी र समर्थकहरू प्रेरणाका लागि मेसीतर्फ हेरिरहेका थिए ।
चार दिनको अन्तरालमा, अर्जेन्टिनाको विश्व च्याम्पियनसीपको उपाधि रक्षा गर्ने अभियानमा एक प्रकारको अस्तव्यस्तता देखिएको छ । पहिले केप भर्डेविरुद्ध अतिरिक्त समयपछि ३–२ को कठिन जित, र अहिले इजिप्टलाई पनि उही नतिजा (३–२) ले हराएको घटना ।
तर पनि १३ मिनेटको अन्तरालमा ३ गोल गर्दै अर्जेन्टिनालाई जीत दिलाएपछि मेस्सी निकै भावुक देखिए । पोर्चुगलका क्रिष्टियानो रोनाल्डो आफ्नो टिम स्पेनसँग १–० गोलले हारेपछि र ब्राजिलका नेइमार आफ्नो टिम नर्वेसँग २–१ हारेर विश्वकपबाट बाहिरिएका थिए भने मेस्सीको आँखामा पुनरागमन जीतको खुशीको आँशु थियो ।

