Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

देशभरका अस्पतालका सबै सेवा बन्द हुने

हाम्रो कोशी आवाज
साउन १२ २०८३, मंगलबार
देशभरका अस्पतालका सबै सेवा बन्द हुने

धरानः देशभरका अस्पतालमा मंगलबार आकस्मिक बाहेकका सबै सेवा बन्द हुने भएको छ ।
चिकित्सकहरू आन्दोलित बनेसँगै देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको हो । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको हातपातको विरोधमा चिकित्सकहरू आन्दोलित भएका हुन्।
नेपाल चिकित्सक संघले उक्त घटनाको विरोधमा अस्पतालमा सेवा बन्द गरिएको विज्ञप्तिमार्फत जनाएको छ । ”चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि राज्यले गरेको दमनको विरोधमा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्दछौँ,” चिकित्सक संघको विज्ञप्तिमा भनिएको छ ।
नारायणी अस्पतालमा बिरामीको मृत्युपछि चिकित्सकमाथि हातपात गर्दा डा. प्रमोद रामको टाउकोमा चोट लागेको छ । उक्त घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गर्दै कारबाही गर्न संघले माग गरेको छ ।

प्रकाशित मिति: साउन १२ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend