Hamro Koshi Aawaj

आइतबार, कार्तिक २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुख फेरौं, लुगाफाटो फेरौं अनि मनका पत्रहरू फेरौं, सबैमा शुभदशैं

हाम्रो कोशी आवाज
कार्तिक २ २०८३, आइतबार
मुख फेरौं, लुगाफाटो फेरौं अनि मनका पत्रहरू फेरौं, सबैमा शुभदशैं

नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही-चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ । अनि विस्तारै तिहार आउँदैछ । १६ श्राद्धले छोपेसँगै दशैं शुरु भइसकेको हुन्छ । तिहारसँगै नेपाल सम्वत् फेरिन्छ, नेवार समुदायको नयाँ वर्षलाई पनि म्हः पूजा गरेर चाडकै रूपमा मनाइन्छ । अनि छठ आउँछ । हामी चाडबाड, पर्व र उत्सवहरूमा रमाउने जाति हौं । हाम्रा प्रत्येक चाडबाड कुनै न कुनै खानेकुरासित जोडिएका हुन्छन्, अर्थात् चाडबाडहरू मुख फेर्ने अवसर हुन् ।
वास्तवमा फेर्नुपर्ने कुरा बाहिर मात्र छैनन् । बजारमा पाइने कुरा फेरेर हुने नयाँपनको अनुभूति त्यही सामानसित पुरानिँदै र थोत्रिँदै जान्छ । दिगो परिवर्तन त विचार र अभ्यासको परिवर्तन हो । सम्भवतः चाडबाडको सन्देश पनि यही हो– मुख फेरौं, लुगा फाटो फेरौं । तर, मनका फेर्नुपर्ने पत्रहरू पनि फेर्ने प्रयास गरौं । यसले सम्बन्धलाई प्रगाढ बढाउँदै लगोस् । भत्के-चर्केका सम्बन्धहरूलाई पनि टालौं र नयाँपन दिऔं । चाडबाडहरूमा रमाऔं तर त्यो रमाइलोपन चाडबाड सकिएपछि पनि लामो समयसम्म रहोस् । हामीलाई चाडबाडले नवीनता देऊन् । हाम्रो उल्लास र उत्साह दिगो बनोस् ।
दशैंलाई सद्भावको मात्र नभएर असत्यमाथि सत्यको विजयको प्रतीका रुपमा समेत मनाइने गरेको छ । दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रुपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वकदेखि मनाइँदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ । नयाँ कपडा फेर्ने, मिठा खानेकुरा खाने मात्र होइन आफन्तसँगको भलाकुसारी र भेटघाट दशैंमो सबैभन्दा आकर्षक पाटो हो । यसले आत्मियता बढाउन मद्दत गरेको छ । कोरोना कहर विस्तारै हट्दै जाओस् । सबैमा समृद्धितर्फ लो शुभआर्शिवाद मिलोस् । दशैं मनाउनेहरूको लागि यो अवसर शुभ रहोस्, सबैमा शुभ दशैं । साथै हाम्रा विज्ञापनदाता, पाठक, सहकर्मी, कर्मचारी तथा शुभचिन्तकहरूको पनि दशैं शुभ रहोस्, सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ।

प्रकाशित मिति: कार्तिक २ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको कोसेली के ?

    धरान उपमहानगरपालिकामा आउने पर्यटकलाई मायाको चिनोस्वरुप रुद्राक्षको माला साथै धरानको चित्रअङ्कित केही फोटो सामग्री दिइन्छ । अझै पनि यस्ता कुरालाई मात्रै जोड दिँदा अर्थात्...

    • १ बर्ष अगाडी
    • २ मिनेट पाठ
  • लागूऔषध दुर्व्यसन नियन्त्रणमा सबैको दायित्व

    अहिले लागूऔषध प्रयोगकर्ता र कारोबारको हिसाबले धरानमा चुनौती बन्दै गइरहेको छ । कानुनतः अर्थात् कानुनले लागूऔषध कारोबार र सेवनलाई जघन्य अपराध मान्छ । यस्तो अपराध गरे...

    • १ बर्ष अगाडी
    • ४ मिनेट पाठ
  • सम्पादकीयः डेंगु सङ्क्रमणः बेलैमा सचेत बनौं

    यो वर्ष वर्षायाममा सरदरभन्दा बढी पानी पर्ने र गर्मी पनि उच्च हुने प्रक्षेपणस“गै भएको पनि त्यस्तै नै छ । यस्तो मौसममा डेंगु सङ्क्रमण पनि थप...

    • १ बर्ष अगाडी
    • ३ मिनेट पाठ
  • हामी ७ औं वर्षमा

    हामी छैटौं वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरयौं भनेर यो हर्ष हाम्रा आदरणीय पाठकसँग बाँड्न पाउँदा खुसी छौं । १८ वर्षसम्म साप्ताहिकरुपमा प्रकाशित...

    • ४ बर्ष s अगाडी
    • ५ मिनेट पाठ
  • मनका पत्रहरू पनि फेरौं, शुभ दशैं

    धरानः दशैंको रौनक शुरु भइसकेको छ । अहिले नेपाली चाडबाडको याम हो । असार १५ मा दही चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ...

    • ४ बर्ष s अगाडी
    • २ मिनेट पाठ
  • बजारको मनलाग्दी नियन्त्रण गर

    बजारमा कालोबजारी, ठगीले गर्दा उपभोक्ताको ढाड सेक्दै गएको छ । चाडबाड नजिकिएसँगै व्यापारी सल्बलाएका छन् । साँच्चै भन्ने हो भने यतिबेला सबैभन्दा धेरै अन्यायमा परेको वर्ग...

    • ४ बर्ष s अगाडी
    • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend