Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोरोना भाइरसको सन्त्रास: विद्यालयमा वार्षिक परीक्षा चैत ५ गतेसम्म सकिसक्नुपर्ने !

हाम्रो कोशी आवाज
फाल्गुन २० २०७६, मंगलबार
कोरोना भाइरसको सन्त्रास: विद्यालयमा वार्षिक परीक्षा चैत ५ गतेसम्म सकिसक्नुपर्ने !

धरानः विद्यालयहरुले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा आगामी चैत ५ गतेसम्ममा सम्पन्न गरिसक्नुपर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालको संयोजकत्वमा आज बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा सो मितिसम्ममा सक्नेगरी सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको छ ।
सो निर्णयबमोजिम गर्ने गराउने कार्यमा सहजीकरण एवं समन्वय गरिदिन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र स्थानीय पालिकाहरुका सङ्घ, महासङ्घहरुलाई शिक्षा मन्त्रालयमार्फत अनुरोध गर्ने निर्णय गरिएको छ ।
त्यस्तै कोरोना भाइरस संक्रमणबाट सजगता अपनाउन सभा, समारोह, गोष्ठी, सेमिनार, वार्षिक उत्सव लगायतका भेला हुने प्रकृतिका कुनै पनि कार्यक्रमहरु विद्यालयले आयोजना नगर्न नगराउन पनि सूचित गर्ने निर्णय गरिएको छ । 

प्रकाशित मिति: फाल्गुन २० २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend