Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्कुल डान्स आइडलः सैनिक स्कुलका इशानलाई उपाधि, पाए ५० हजार

हाम्रो कोशी आवाज
फाल्गुन २५ २०७६, आइतबार
धरानमा स्कुल डान्स आइडलः सैनिक स्कुलका इशानलाई उपाधि, पाए ५० हजार

धरानः धरानमा लागेको औद्योगिक व्यापार मेलामा आयोजित स्कुल डान्स आइडल २०७६ को उपाधि धरान–१३ स्थित सैनिक आवासीय माविका इशान विकले जितेका छन् ।
यस्तै, धरान–१२ सुनाखरी एकेडेमीकी विनिशा राई फस्ट रनरअप र धरान–१९ स्थित आवर होम बोर्डिङकी रिष्ता राई सेकेण्ड रनरअप बनिन् । जम्मा १० प्रतिस्पर्धीलाई पछि पार्दै उनीहरूले पुरस्कार जितेका हुन् । उपाधि जित्ने विशनले ५० हजार ५५१ रूपैयाँ, फस्ट रनर अपले २५ हजार ५५१ र सेकेन्ड रनरअपले १५ हजार ५५१ रूपैयाँ पुरस्कार पाए ।
प्रस्तुति, भेषभुषाको आधारमा १० जना छनौट भएका थिए । १० जनामध्ये विजेता घोषणा गरिएको हो । छानिएकाहरु सिद्धिका राई, सञ्जल राई, रिन्छिन गुरुङ, प्रज्वल राई, स्वेता राई, डिना लिम्बू, करिस्ता राई, इशान विक, तोषी सुनुवार, रिश्ता याक्खा, सोनिया राई, आस्था अर्याल, रोहण मगर, विनिशा राई र विमश पौडेल रहेका थिए ।
धरानको कक्षा ५ देखि १० कक्षा सम्मको विद्यार्थीहरुलाई समेटेर स्कुल डान्स आइडल २०७६ आयोजना गरिएको हो । औद्योगिक व्यापार मेलामा केही नयाँपन दिने अभिप्रायले स्कुले द्यिद्यार्थीहरु समेटेर कार्यक्रम आयोजना गरिएको संयोजक शिवराज श्रेष्ठले बताए ।

प्रकाशित मिति: फाल्गुन २५ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend