Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान त्यतिकै लकडाउन भएको होइन : विदेशबाट आएकाजति सबै खुलेर अस्पताल पुगौं

हाम्रो कोशी आवाज
चैत्र १३ २०७६, बिहिबार
धरान त्यतिकै लकडाउन भएको होइन : विदेशबाट आएकाजति सबै खुलेर अस्पताल पुगौं

Image may contain: 1 person, sunglasses, ocean, outdoor and water

अरुणकुमार प्रधान
खाडी मुलुकबाट चैत ६ गते नेपाल आएको एयर अरबिया फ्लाइट जी ९५३७ मार्फत् आएका व्यक्तिलाई कोरोना भएको पुष्टि भयो, त्यो भन्दा अघि चैत ४ गते कतार एयरवेज फ्लाइट नं. क्युआर ६५० मार्फत् फ्रान्सबाट आएकी युवतीलाई पनि कोरोना संक्रमण देखियो ।
१) पहिलो संक्रमण चीनबाट आएको
२) दोस्रो फ्रान्सबाट आएको
३) तेस्रो खाडी मुलुकबाट आएको नेपालीमा देखिएको छ ।
अब यो दुईवटा फ्लाइटमा आएको कति व्यक्ति सम्पर्कमा आए, कति आएनन् ? कति हस्पिटलमा छन् कति घरमा नै छन् । कति आएपछि समाज अनि परिवारको मान्छेसँग मजाले घुलमिल गरेर बसेको छन् । चैत ४ गते कतार एयरवेजबाट आएको व्यक्तिहरुको नामावली र नागरिकता नं. सहितको लिस्ट सरकारले सार्वजनिक गरिसकेको छ ।
हुन त यो बेलामा मानवताको नाताले भएपनि आफै सम्पर्कमा आउनुपर्ने हो । ती व्यक्तिहरु कति आउनुभयो अझ कति लुकेर वा अझ अटेर गरेर बस्नु भएको छ । खोइ हामीलाई लक्षण देखिएको छैन, किन जाने भन्दै हाम्रो नाम आयो भने समाजमा लाज हुन्छ भनेर बस्नु भएको छ । त्यसरी बस्ने व्यक्तिलाई सम्बन्धित उपनगरपालिका, नगरपालिका वा वडाले खोजेर तुरुन्त स्वास्थ जाँच गराइहाल्नुपर्छ । हुन त त्यस्ता व्यक्तिलाई खोज्नु नपरिकन आफै सम्पर्कमा जानुपर्ने हो तर हाम्रो समाज अझै पनि अशिक्षित छ, कोरोना संक्रमण भयो भनेर नाम आउँदा लाज हुन्छ, समाजमा नराम्रो दृष्टिले हेरिन्छ भन्ने अझै छन् ।
अझ विदेशमा भएका केही शिक्षित युवाहरुले मेरो कमेन्ट बक्समा नागरिकता नं. र नाम किन लेखेर परिचय खुलाएको भनेर कमेन्ट पनि गर्नु पनि भयो । म त भन्छु यदि कसैलाई कोरोना भाइरसको संक्रमण भयो भने वहाँ र वहाँको परिवार खुलेर आउनुपर्छ । हामीलाई यस्तो भएको छ भनेर झन यस्तो बेला परिचय लुकाउनु हुन्नँ । यसो गर्दा तपाईको परिवारको सम्पर्कमा आएका आफन्त, टोल समाजका व्यक्ति अनि साथिभाइहरु सचेत भएर वहाँहरु सेल्फ क्वारेन्टाइनमा बस्ने अनि स्वास्थ्य जाँच गर्न जानुहुन्छ र सरकारलाई पनि कुन क्षेत्रका व्यक्तिमा यस्तो संक्रमण देखिएको त्यो क्षेत्रलाई पूर्णरुपमा लक डाउन गरी आवश्यक प्रक्रिया बढाउन सजिलो हुन्छ ।
यदि तपाईले आफ्नो परिचय लुकाएर र आफू कोरोना संक्रमण भएको जाहाजबाट आएको विवरण लुकाएर बस्नु हुन्छ भने तपाईले आफ्नो टोल, समाज अनि देशको लागि एउटा आतंककारी झै गतिविधि गर्दै हुनुहुन्छ भन्ने सम्झनुस् । भुसमा लागेको आगो झै विस्तारै विस्तारै तपाईले आफ्नो परिवार, आफन्त, टोल, समाज र आफ्नो शहरलाई नै कोरोना संक्रमित बनाउँदै हुनुहुन्छ । तपाईको एउटा सानो भुलले सारा शहर अनि देशलाई नै ठूलो जोखिम अवस्थामा पुरयाउँदै हुनुहुन्छ भन्ने बुझ्नुस ।
यो अवस्थामा सरकारको मात्र मुख ताक्नु राम्रो होइन । अहिले हाम्रो देशमा भएका स्वस्थ्यकर्मीहरुले आफूलाई उच्च जोखिममा राखेर हामीलाई सेवा दिदै हुनुहुन्छ । वहाँहरूलाई आवश्यक पर्ने पिपिइ र कीट पनि पर्याप्त मात्रमा छैनन् भने हामी नागरिक हौ । न हाम्रो देशमा पर्याप्त मात्रामा आइसुलेसन छन्, न आइसियु नै छन् । भोलि इटाली जस्तो अवस्था भयो भने हामी हस्पिटलमा नै नपुगी हाम्रो अन्त्य हुन्छ । अस्पतालमा बेड हुँदैनन्, हामीलाई परीक्षण गर्ने डाक्टरको अभाव हुन्छ, हामी उपचार नपाएर छटपटिरहेको हुन्छौ । एकपल्ट कल्पना गर्नुहोस् त त्यो अवस्था कति भयवाह हुनेछ । तसर्थ हामीले सरकारले गरेको अहिलेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्दै आफ्नो परिचय न लुकाई आफू आएको मिति, फ्लाइट र एयरलाइन्सको नाम सहित तुरुन्तै नजिकको प्रहरी चौकी, अस्पताल वा आफ्ना वडा अनि नगरपालिकाका सम्बन्धित व्यक्तिहरुलाई फोन गरेर जानकारी गराउनु नै एउटा सच्चा नागरिकको कर्तव्य हुन आउँछ जुन कुरा हामीले तुरुन्तै लागू गरिहाल्नु पर्छ । हामीले एउटा जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै कोरोनाबाट आफू पनि बचौ र अरुलाई पनि बचाउन सकिन्छ ।
अनि अहिले नगरपालिका तथा गाविसहरुले जताततै क्वारेन्टाइन बनाउने होडमा आवश्यक पूर्वाधार नपुरयाइ र सम्बन्धित विज्ञसँग सल्लाह नगरी क्वारेन्टाइन निर्माण गरे जस्तो लाग्यो । हाल देखिएको क्वारेन्टाइनमा, मानौ ५ जना व्यक्ति राखियो त्यसमा एकजना संक्रमित अरु ४ जना स्वस्थ्य रहेछन् अब उनीहरुलाई सँगै राख्दा ती स्वस्थ्य व्यक्ति पनि संक्रमीत हुने ठूलो जोखिम देखिन्छ । तसर्थ काम देखाउन भनेर हतार गरेर होइन विचार गरेर क्वारेन्टाइन बनाउनुपर्छ ।
उपाय
सबैभन्दा सजिलो शहर भित्र भएका होटलहरु अहिले बन्द अवस्थामा छन्, त्यसमा भएका कोठमा एटेच ट्वाइलेट बाथरुम हुन्छन् र सबै कोठा छुट्टाछुट्टै हुन्छन् तसर्थ यो अझै सुरक्षित हुन्छन् जस्तो लाग्छ । तसर्थ स्थानीय तहले स्थानीय तहका होटल एशोसिएसन तथा होटलहरुसँग समन्वय गरेर क्वारेन्टाइन बनाउनेतिर विचार पुरयाउने कि ? कोरोनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं ।

प्रकाशित मिति: चैत्र १३ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ६ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend