Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका निजी शिक्षालयका अध्यापकको नजरमा कोरोनाः भयभित होइन, संयमित बनौं, हुँदा खानेलाई राहत घोषणा होस्

हाम्रो कोशी आवाज
चैत्र १४ २०७६, शुक्रबार
धरानका निजी शिक्षालयका अध्यापकको नजरमा कोरोनाः भयभित होइन, संयमित बनौं, हुँदा खानेलाई राहत घोषणा होस्

Image may contain: 2 people, people standingडिवी श्रेष्ठ
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना संक्रमण (कोभिड १९) ले नेपाल र नेपालीलाई पनि प्रभावित गरिरहेको छ । जसको नियन्त्रण गर्नका लागि नेपाल सरकारले हालैका दिनहरूमा लिएका कदमहरू स्वागतयोग्य छन् । यस कोरोना भाइरसले मुख्यगरी चीन, इटाली र फ्रान्समा नराम्ररी मानवीय क्षति पुरयाएको छ भने विश्वका धेरै देशहरुमा यसको संक्रमण भेटिएको पुष्टि भएको छ ।
पछिल्लो समयमा हाम्रो देश नेपालमा पनि तीनजना संक्रमित व्यक्ति भएको जानकारी आएको छ । त्यसैले नेपालमा बस्ने सम्पूर्ण नागरिकहरुले पनि यसप्रति चासो र सतर्कता देखाउनु नितान्त जरुरी छ । नेपाल सरकारले नागरिकको हकमा जारी गरेको लक डाउन अर्थात् कफुर्यलाई पूर्णरुपमा पालना गर्नु भनेको संक्रमण फैलिन नदिनु नै हो । जुन कुरा हरेक नागरिकले अनिवार्य मनन, स्वीकार र पालना गर्नैपर्छ ।
हाम्रो देशमा संक्रमितहरुका लागि चाहिने सघन उपचार केन्द्र, भेन्टिलेटरको उपलब्धता अत्यन्त दयनीय अवस्थामा छ । त्यसैले कोरोना भाइरसविरुद्ध लड्न हामीसँग कफ्र्यु र आत्मविश्वास बाहेक अरु सशक्त विकल्प छँदै छैन । यसलाई निर्मूल पार्न विनाकाममा मानवीय आवतजावत र भिडभाडलाई रोक्नुपर्छ भने आवश्यक परेको खण्डमा सावधानी अपनाउँदै मानवीय भौतिक दुरी अनिवार्य कायम राख्नुपर्छ । जुन कुरा हामी नागरिकले बुझ्नैपर्छ र पालना गर्नैपर्छ ।
माथि उल्लेखित कुराहरु हृदयङ्गम गर्दै मनस्थिति दह्रो बनाऔं । यसले मानिसभित्र एक प्रकारको आत्मबल बढाउन सहयोग गर्दछ । जसले बाह्य परिस्थिति अर्थात् कोरोना जस्तो चुनौतीपूर्ण संक्रमणविरुद्ध सहजै लड्न र विजय हासिल गर्न आन्तरिक रुपले थप सक्षम बनाउँछ ।
कोरोनासग नडराऔं । पश्चिमा देशको तथ्यांकअनुसार ९८ प्रतिशतभन्दा बढी संक्रमितहरु क्वारेन्टाइनमा नै बसेर ठीक भएको उदाहरणहरु प्रशस्त छन् । इमान्दारिताका साथ सतर्कता अपनाऔं । क्वारेन्टाइनमा बस्ने तरिकाको सम्बन्धमा अरुलाई पनि सिकाऔं । हाम्रो सामूहिक प्रयासबाट आ– आफ्नो घरको क्वारेन्टाइनमा बसेर कोरोनालाई फैलिनबाट रोकौं ।
कुनैपनि जीवाणुको संक्रमणले केही मान्छेहरु मर्न सक्छन् । जुन हामीले स्वभाविक रुपमा लिन सक्नुपर्छ । हुन त जाडो मौसममा पनि रुघाखोकीको कारणले मान्छेहरु मरेका हुन्छन् । मात्र यति हो कि हामीसँग यसको जानकारी हुँदैन । कोरोनाको हकमा संक्रमण देखुन्जेलसम्म अर्थात् नियन्त्रणमा नआउन्जेलसम्म सम्भवतः नियमित कफर्यु हुनु जायज छ तर यसले ल्याउने सामाजिक तथा आर्थिक चुनौतीका बारेमा तपाई हाम्रो सरकार, जन प्रतिनिधि, राजनैतिक दल, टोल टोलका अगुवा, पत्रकार, रोजगारदाता कम्पनी, व्यवसायी तथा नागरिक समाजका अगुवाहरुको पनि भूमिका कुनै न कुनै रुपमा अनिवार्य देखिनुपर्छ । जुन संकटको घडीमा साहस बटुल्दै समन्वयकारी भूमिका निर्वाह गर्नु तपाई हाम्रो राष्ट्रप्रतिको निःशर्त जिम्मेवारी पनि हो ।
हुँदा खाने अर्थात् दैनिक ज्यालादारीमा आफनो र परिवारको जीवन निर्वाह गर्ने न्यून आय भएकाहरूका लागि राज्यले तुरून्तै विशेष आर्थिक प्याकेजको घोषणा गर्नुपर्छ । अन्यथा उनीहरूले रोगबाट बच्न खोज्दा भोक स्वीकार्नु पर्ने स्थिति आएमा आफैंमा डरलाग्दो हुन जान्छ । राज्यले यस्तो दोहोरो प्रतिकुल परिस्थितिको सामना गर्नु नपरोस् भन्ने कामना हामी सम्पूर्ण नागरिकहरुले गरौं । हामी सम्पूर्ण नागरिकहरुले के बुझ्नु जरुरी छ भने राज्यद्वारा लगाइएको कफर्यु हाम्रै जीवनको लागि हो । जीवन हाम्रो अस्तित्व हो । यो छ र न हामी खुशी छौं । त्यसैले कफ्र्युलाई नकारात्मकरूपमा नबुझौं । यतिबेला हामीले उच्च त्याग देखाउने समय हो । त्रेतायुगमा महामानव श्री रामले चौध वर्ष बनवासमा आफ्नो जीवन व्यतित गरे भने कलियुगमा भने हामीले किन नसक्ने ? आखिर चौध हप्ता पनि होइन । त्यसैले एक पटक प्राप्त भएको अमूल्य जीवन कायम राख्न क्वारेन्टाइनमा बस्न बसौं र अरुलाई पनि बस्न लगाऔं ।
सामाजिक सञ्जाललगायत अन्य माध्यमबाट समाजलाई भयभित नबनाऔं । यो संकटको घडीबाट पार पाउन संयमित हुँदै सकारात्मक सोचका साथ एक भएर अघि बढौं । मनैबाट सतर्कतालाई सभ्य बनाऔं । डाक्टर, नर्स र सुरक्षाकर्मीहरुको जिम्मेवारीतालाई सम्मान गरौं । अनि हामी पनि जिम्मेवार बनौं । नेपालीको जय होस् । नेपालको जय होस् ।
लेखकः धरानका निजी शिक्षालयका अध्यापक हुन् ।

प्रकाशित मिति: चैत्र १४ २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • धरानको विजयपुरः ‘माल पाएर चाल नपाएको’ ठाउँ

    -राजकुमार दिक्पाल केही सातादेखि ऐतिहासिक विजयपुर क्षेत्रलाई लिएर विवाद चर्किएको छ। स्वस्थ बहस र समाधानतर्फ अघि बढ्नुपर्ने विवाद झन् जटिल बन्दै गएको छ। सम्बन्धित पक्षहरूले...

    • ५ घण्टा अगाडी
    • ७ मिनेट पाठ
  • श्रमदानको ओज

    -बैकुण्ठ दाहाल नेपालको राजनीतिक इतिहासमा धेरै दलहरू स्थापना भए, धेरै नाराहरू उठे, तर आम नागरिकले चाहेको सुशासन, उत्पादनमुखी अर्थतन्त्र र श्रमको सम्मान अझै पनि पूर्णरूपमा...

    • ५ दिन अगाडी
    • ३ मिनेट पाठ
  • डिग्री पास छ तर सर्वसाधारणले पाउँदैनन् जागिर

    जताततै भूपू कर्मचारीको बिगबिगी धरानः सरकारी कार्यालयमा सरकारले प्राइभेट कम्पनीबाट गार्ड नियुक्त गरेको हुन्छ । यता, स्थानीय पालिकाले नगरप्रहरी राखेको हुन्छ । बैंक तथा वित्तिय...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ
  • नजानिँदो सत्ताको अस्थिर चक्रव्यूह

    -कृष्णबहादुर तामाङ “संसदीय अङ्कगणित र जोड घटाउले विकासको गतिलाई सधैँ बन्धक बनाउन सक्दैन । नेपालको सात दशक लामो राजनीतिक अस्थिरताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी विकल्प...

    • १ हप्ता अगाडी
    • ८ मिनेट पाठ
  • हामी १२ वर्षमा प्रवेश

    धरानः हाम्रो कोशी आवाज डटकम आफ्नो स्थापनाको ११ वर्ष पूरा गरी आज १२ औं वर्षमा प्रवेश गरेको छ । हामी छैटौं वर्ष पूरा गरी...

    • १ हप्ता अगाडी
    • ३ मिनेट पाठ
  • कथा: धुवाँले निलेको सपना

    -तोमनाथ उप्रेती मोरङको दक्षिणी भेग, रतुवामाई नगरपालिका महादेवाको बिहानको आफ्नै सुगन्ध थियो। असारको वर्षापछि धानका बोटहरूमा टल्किने शीतका थोपा मोतीझैँ देखिन्थे। पूर्वबाट उठेको घामको सुनौलो...

    • १ हप्ता अगाडी
    • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend