धरानः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । नयाँ नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गरिने छ ।
सरकारले पाठ्यपुस्तकमा पनि नयाँ नक्सा अद्यावधिक गर्ने भएको छ । यस अघि पाठ्यक्रम तथा अन्य प्रशासनिक काममा प्रयोग हुँदै आएको नक्सामा नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छैन ।
शिक्षामन्त्री गिरिराज मणि पोखरेलले राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यालयहरुलाई लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नक्सा सिकाउन आग्रह गरेका थिए । अब भने नयाँ नक्सा बमोजिम नै निसान छापहरु र सरकारी कामकाजमा प्रयोग गरिने नक्सा, पाठ्यपुस्तक र सार्वजनिक प्रयोगमा ल्याइने नक्सा अध्यावधिक हुने भएको छ ।