धरानः आगोले पोलेको पाँच वर्षीया नाबालिका देवी बराइलीको उपचार सहयोग गर्न पाँच हजार सहयोग दिइएको छ ।
देवी बराइलीको आमा लक्ष्मी बराइली र उमेश विकलाई हस्तान्तरण गरिएको छ । अस्पतालले छाला टाल्न (स्किन ग्राफ्टिङ) गर्नुपर्ने जसको लागि माछाको छाला लगाउनुपर्ने भएकोले जसका लागि ५० हजार लाग्ने भएको उनका आमाले बताइन् । त्यसैगरी सो अवधिमा आईसियुमा राख्नुपर्ने त्यसको चार्ज, त्यसका लागि औषधि खरिद लगायतको शुल्क सहित करिब २ लाख देखि ३ लाख रूपैयाँसम्म लाग्ने अनुमान गरिएको छ ।
उता आर्थिक संकलन गर्न एउटा समिति गठन भएको छ । विरामीबारे मिडियामा समाचार आएपछि बिरामीको उपचारको लागि आर्थिक सहयोग जुटाउन नौ सदस्यीय समिति गठन गरेको छ । नरेश विकको संयोजकत्वमा सदस्य कृष्ण लिम्बू, सागर सरगम चेम्जोङ, लिलिस पोमु, कुमार प्रधान, छत्रबहादुर कालिकोटे, नरेश राई, कुमारी लिम्बू, खड्ग लिम्बू रहेका छन् ।
समितिले अब आगामी दिनमा जम्मा गरेको रकम एकमुष्ट हस्तान्तरण गर्ने जनाएको छ । यस बीचमा बच्चाको उपचार गर्नको लागि सस्तोमा उपचार हुने सरकारी अस्पतालसँग समेत परामर्श गरिने समितिले जनाएको छ । सम्भवतः बिरामिलाई काठमाडौको कान्ति बाल अस्पतालमा लाने योजना बनाएको समितिले जनाएको छ ।
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ नडाहा सिमरवन चोककी बराइलीको गत माघ २२ गते आगलागी हुँदा उनी जलेकी थिइन् । आर्थिक अवस्थाका कारण थप उपचार हुन सकेको छैन ।
सहयोगी दाताहरुले उपचार सहयोग समितिका संयोजक नरेश विक क्षितिजको सम्पर्क नम्बर ९८०३७२३७८४, सागर सरगम चेम्जोङ ९८००९६००९६, लिलिस पोमुको ९८०५३७०८८९ नम्बरमा सम्पर्क गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।